बागलुङ । बागलुङको बडिगाड गाउँपालिकाले चालु आर्थिक वर्षको चैत महिनाभित्र सक्ने गरी ९९ दशमलव ९ प्रतिशत आयोजना सम्झौता गरेको छ ।
गाउँपालिकाले चालु आवका लागि छुट्याइएका कुल तीन सय ३२ योजनामध्ये तीन सय २७ वटा योजना सम्झौता गरी काम सुरु गरेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले चैत मसान्तभित्र सबै योजना पूरा गर्ने गरी असोजदेखि नै आयोजना सम्झौता गरेको बताए ।
उनका अनुसार हालसम्म एक सय पाँच वटा योजना सम्पन्न भइ फरफारक पनि भइसकेका छन् । गाउँपालिकाले यस वर्ष सबैभन्दा बढी लगानी सडक निर्माणमा गरेको छ । अहिलेसम्म सडकले नजोडिएका गाउँमा सडक पु¥याउनेदेखि शैक्षिक क्षेत्रको सुधारमा जोड दिएको उनको भनाइ छ ।
“यस वर्ष समयमै योजना सम्झौता सुरु गरेकाले समयमै काम सुरु गर्न सक्यौ”, उनले भने, “साना ठूला सबै योजना अहिले निर्माणका चरणमा छन्, केही योजना सम्पन्न भइसकेका छन् ।” उहाँले अबको एक डेढ महिनामा सबै योजना सक्ने गरी काम भइरहेको बताए।
चालु आर्थिक वर्षका लागि बडिगाड गाउँपालिकाले रू ७७ करोड बजेट बिनियोजन गरेको छ । साना तथा पालिकाका गौरवका आयोजना यस वर्ष समेटिएको भण्डारीको भनाइ छ ।
गाउँपालिकाले यस वर्ष सबैभन्दा बढी बजेट पुरानोगाउँ–फोर्सा सडक वडा नम्बर ८ मा रू ४० लाख र किटेनीदेखि वडा नम्बर ३ जोड्ने सडकमा रू ४५ लाख बिनियोजन गरेको उहाँले जानकारी दिनुभयो ।
गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले नागरिकका आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर योजना बनाएको बताए । यस वर्ष शिक्षा, स्वास्थ्य, खानेपानी र मोटरबाटोलाई प्राथमिकतामा राखेको उनको भनाइ छ । चालु आवको हालसम्म मोटरबाटो नपुगेको वडा नम्बर ८ को फोर्सा गाउँमा सडक पु¥याउने गरी काम अघि बढेको उनले बताए ।
“नागरिकका पनि कैयन समस्या छन्, ती समस्यालाई क्रमशः समाधान गर्दै जानेछौँ, अहिलेसम्म केही गाउँ बस्तीहरु सडक सञ्जालले जोडिएका छैनन्”, अध्यक्ष अधिकारीले भने । उनका अनुसार हालसम्म चालु खर्चतर्फ ४० प्रतिशत र पुँजीगततर्फ २५ प्रतिशत खर्च भइसकेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ४ गते, २०८२ - ०७:४८
गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...
चैत्र ४ गते, २०८२ - ०७:३९
तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?
चैत्र ४ गते, २०८२ - ०७:२९
काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ। पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...
चैत्र ४ गते, २०८२ - ०७:२३
काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...
चैत्र ४ गते, २०८२ - ०७:१९
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...
चैत्र ४ गते, २०८२ - ०७:१६
भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...
चैत्र ४ गते, २०८२ - ०७:०९
दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...
चैत्र ४ गते, २०८२ - ०७:०७
चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...
चैत्र ४ गते, २०८२ - ०७:०१
काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...
चैत्र ४ गते, २०८२ - ०६:५७
रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...


प्रतिकृया लेख्नुहोस्: