बागलुङ । बागलुङको बडिगाड गाउँपालिकाले चालु आर्थिक वर्षको चैत महिनाभित्र सक्ने गरी ९९ दशमलव ९ प्रतिशत आयोजना सम्झौता गरेको छ ।
गाउँपालिकाले चालु आवका लागि छुट्याइएका कुल तीन सय ३२ योजनामध्ये तीन सय २७ वटा योजना सम्झौता गरी काम सुरु गरेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले चैत मसान्तभित्र सबै योजना पूरा गर्ने गरी असोजदेखि नै आयोजना सम्झौता गरेको बताए ।
उनका अनुसार हालसम्म एक सय पाँच वटा योजना सम्पन्न भइ फरफारक पनि भइसकेका छन् । गाउँपालिकाले यस वर्ष सबैभन्दा बढी लगानी सडक निर्माणमा गरेको छ । अहिलेसम्म सडकले नजोडिएका गाउँमा सडक पु¥याउनेदेखि शैक्षिक क्षेत्रको सुधारमा जोड दिएको उनको भनाइ छ ।
“यस वर्ष समयमै योजना सम्झौता सुरु गरेकाले समयमै काम सुरु गर्न सक्यौ”, उनले भने, “साना ठूला सबै योजना अहिले निर्माणका चरणमा छन्, केही योजना सम्पन्न भइसकेका छन् ।” उहाँले अबको एक डेढ महिनामा सबै योजना सक्ने गरी काम भइरहेको बताए।
चालु आर्थिक वर्षका लागि बडिगाड गाउँपालिकाले रू ७७ करोड बजेट बिनियोजन गरेको छ । साना तथा पालिकाका गौरवका आयोजना यस वर्ष समेटिएको भण्डारीको भनाइ छ ।
गाउँपालिकाले यस वर्ष सबैभन्दा बढी बजेट पुरानोगाउँ–फोर्सा सडक वडा नम्बर ८ मा रू ४० लाख र किटेनीदेखि वडा नम्बर ३ जोड्ने सडकमा रू ४५ लाख बिनियोजन गरेको उहाँले जानकारी दिनुभयो ।
गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले नागरिकका आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर योजना बनाएको बताए । यस वर्ष शिक्षा, स्वास्थ्य, खानेपानी र मोटरबाटोलाई प्राथमिकतामा राखेको उनको भनाइ छ । चालु आवको हालसम्म मोटरबाटो नपुगेको वडा नम्बर ८ को फोर्सा गाउँमा सडक पु¥याउने गरी काम अघि बढेको उनले बताए ।
“नागरिकका पनि कैयन समस्या छन्, ती समस्यालाई क्रमशः समाधान गर्दै जानेछौँ, अहिलेसम्म केही गाउँ बस्तीहरु सडक सञ्जालले जोडिएका छैनन्”, अध्यक्ष अधिकारीले भने । उनका अनुसार हालसम्म चालु खर्चतर्फ ४० प्रतिशत र पुँजीगततर्फ २५ प्रतिशत खर्च भइसकेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भाद्र १० गते, २०८२ - ०९:३१
झापा । झापाको बिर्तामोड नगरपालिका–७ स्थित बिरान टोलमा मंगलबार बिहान भीषण आगलागी हुँदा एक गोठ र घर जलेर नष्ट भएका छन्। प्राप्त जानकारीअनुसार, बिहान ...
भाद्र १० गते, २०८२ - ०९:२३
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हरितालिका तीजको अवसरमा शुभकामना दिँदै यस पर्व व्रत, संयम र आत्मअनुशासनसँग गहिरो रूपमा जोडिएको बताएका छन्। ...
भाद्र १० गते, २०८२ - ०९:०९
काठमाडौं । सरकारमा सहभागी दलले औपचारिक रूपमा सरकार छाडेको जानकारी गराइसकेपछि पनि विश्वासको मत नलिएकामा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको ...
भाद्र १० गते, २०८२ - ०८:५७
काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानाविरुद्धको पदअनुकूल आचरण नगरेको आरोपसहितको प्रस्ताव हाललाई अघि नबढाउने निर्णय गरेको छ। आ...
भाद्र १० गते, २०८२ - ०८:४६
झापा । यहाँस्थित कचनकवल गाउँपालिका–७ मा १७ वर्षीया किशोरीलाई ललाइफकाइ तथा डरत्रास देखाएर करणी प्रयास गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ...
भाद्र १० गते, २०८२ - ०८:४१
ताप्लेजुङ । मिक्वाखोला गाउँपालिका–५ यासा (लोदेन) स्थित छ्यो थाङ्गी छ्यो पोखरी पछिल्ला दिनमा पर्यटकको रोजाइमा पर्दै गएको छ । विस्तारै प्रचारप्रसार हुन ...
भाद्र १० गते, २०८२ - ०७:४५
काठमाडौं । आज हरितालिका अर्थात तीज पर्व मनाइँदैछ। भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने तीजमा हिन्दूधर्मालम्बी महिलाले महादेवको पूजा आराधना गर्छन्। तीजलाई...
भाद्र १० गते, २०८२ - ०७:३०
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीज पर्वलाई लैङ्गिक समानता र सामाजिक सशक्तीकरणको अवसरका रूपमा लिनुपर्ने बताएका छन्...
भाद्र १० गते, २०८२ - ०७:२७
महोत्तरी । मिथिला क्षेत्रमा आज चन्द्रमाको पूजा गरी चौरचन पर्व मनाइँदै छ । श्रद्धा र आस्थाको पर्वका रूपमा मानिएको चौरचनमा आज राति चन्द्रमाको पूजा गरिन्...
भाद्र १० गते, २०८२ - ०७:२१
तनहुँ । तनहुँमा एक जनामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको छ । भिमाद नगरपालिका–२ का ८० वर्षीय पुरुषमा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएक...
प्रतिकृया लेख्नुहोस्: