Ntc summer Offer
Khabar Dabali ९ आश्विन २०८१ बुधबार | 25th September, 2024 Wed
NIMB

सात महिनामा भित्रियो रू छ खर्ब ८९ अर्ब विप्रेषण

खबरडबली संवाददाता

काठमाडौ । चालु आर्थिक वर्षको सात महिनाको अवधिमा रू छ खर्ब ८९ अर्ब ८८ करोड बराबरको विप्रेषण भित्रिएको छ । 

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको सात महिनाको विवरण अनुसार विप्रेषण आप्रवाह २७ दशमलब एक प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह चार दशमलब चार प्रतिशतले घटेको थियो । 

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६ दशमलब चार प्रतिशतले वृद्धि भई पाँच अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह पाँच दशमलब तीन प्रतिशतले घटेको थियो । 

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ० लिने नेपालीको सङ्ख्या ५७ दशमलब तीन प्रतिशतले वृद्धि भई तीन लाख १४ हजार सात सय ६७ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा १० दशमलब एक प्रतिशतले वृद्धि भई एक लाख ६७ हजार सात सय आठ बराबर पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या दुई सय ६५ दशमलब नौ  प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर २५ दशमलब दुई  प्रतिशतले वृद्धि भई रु सात खर्ब ५९ अर्ब ११ करोड पुगेको छ । 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर तीन दशमलब सात प्रतिशतले घटेको थियो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

छविलाल जोशीको आजको बयान सकियो

पोखरा । जोशी सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन आरोपमा पक्राउ परेका गोर्खा मिडियाका सञ्चालकछविलाल जोशीको पहिलो दिनको बयान सकिएको छ । म...

इजरायलको आक्रमणमा लेबनानमा ५५८ जनाको मृत्यु

काठमाडौँ । लेबनानमा इजरायलले सोमबारदेखि गरेको आक्रमणमा अहिलेसम्म ५५८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । लेबनानका स्वास्थ्यमन...

कांग्रेसको थारू विभागमा १० सदस्य मनोनित

काठमाडौँ । नेपाली कांग्रेसको थारू विभागमा १० सदस्य मनोनयन गरिएको छ । मंगलबार पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य योगेन्द्र चौधरी प्रमुख रह...

दुर्गा प्रसाईँ वीर अस्पतालबाट डिस्चार्ज, सिंहदरबारको हिरासतमा राख्ने

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ वीर अस्पतालबाट डिस्चार्ज भएका छन् । असोज ६ मा पक्राउ परेका प्रसाईँलाई उच्च रक्तचाप र मुटुसम्बन्धी समस्या देख...

नेपालले प्रजनन स्वास्थ्य र सुरक्षित मातृत्वका क्षेत्रमा प्रगति गरिरहेको छः परराष्ट्रमन्त्री राणा

अमेरिका। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले प्रजनन स्वास्थ्य र सुरक्षित मातृत्वका क्षेत्रमा प्रगति गरिरहेको जानकारी दिएको छिन् । संयुक्...

जसपा नेपालले बनायो ८ सदस्यीय सचिवालय

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले ८ सदस्यीय सचिवालय गठन गरेको छ ।  असोज २, ३ र ४ गते पार्टी केन्द्रीय कार्यकारिणी समि...

आलुको उत्पादन क्षेत्र बढाउन ५० प्रतिशत अनुदानमा बिउ वितरण

रुकुमपश्चिम। रुकुमपश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर १० का किसानलाई अनुदानमा आलुको बिउ वितरण गरिएको छ । कृषि विकास कार्यालय रुकुमपश्चिमले ५० प्रतिशत...

नेपालगन्ज भन्सार, नाका र आइसिपीको स्थलगत अनुगमन

नेपालगन्ज। प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको संसदीय टोलीले नेपालगन्जस्थित भन्सार कार्यालय, नेपाल भारत नाका र...

कञ्चनपुर कारागारमा क्षमताभन्दा बढी कैदी

कञ्चनपुर । कञ्चनपुर जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दीलाई राखिँदा व्यवस्थापनमा चुनौती देखिएको छ । महिला र पुरुषका लागि १२५ जना बन्दी राख्ने क्...

चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाई कार्यान्वयन गर्न निर्देशन

काठमाडौं । निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाई कार्यान्वयन गर्न निर्देशन द...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy