Ntc summer Offer
Khabar Dabali ९ आश्विन २०८१ बुधबार | 25th September, 2024 Wed
NIMB

प्रदेशले पहिलो कार्यकालमै टोल–टोलमा विकास र बजेट पुर्याएको छ– पूर्वमुख्यमन्त्री राई

खबरडबली संवाददाता
काठमाडौँ । कोसी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईले देशमा तीन तहको सरकारसहितको शासन प्रणाली सञ्चालनमा आएसँगै गाउँ–गाउँमा विकास र बजेट पु¥याउन सफल भएको बताएको छन्।
 
प्रदेश सरकारको अभ्यास, उपलब्धि र चुनौतीबारे राष्ट्रिय समाचार समिति ९रासस०को जिज्ञासामा उनले विगतमा केन्द्रीकृत राज्य प्रणालीमा राजधानी र सहरमा मात्रै सीमित विकास र बजेट अहिले प्रदेश सरकारले पहिलो कार्यकालमै  टोल–टोलमा पु¥याएको उल्लेख गरे ।
 
पूर्वमुख्यमन्त्री राईले भने, “प्रदेशका लागि विनियोजित बजेट अत्यन्तै सानो छ । कार्य क्षेत्र र अधिकार पनि अत्यन्तै थोरै छ । जनताको अपेक्षानुसार काम गर्न सक्ने बजेट नै छैन । सङ्घीय संरचनाभित्र अनेकौ राम्रा विषय छन् त्यसमध्ये पनि राम्रो भनेको बजेट र विकासको दामासाहीकरण भएको छ ।”
 
सङ्घीय संरचनाजस्तो ढङ्गले हुनुपर्ने थियो त्यो नभएको उल्लेख गर्दै उनले बजेट र अधिकार तल बढी हुनपर्नेमा त्यसमा कञ्जुस्याइँ भएको टिप्पणी गरे । पूर्वमुख्यमन्त्री राईले भन े, “अहिले पनि केन्द्रमै धेरै बजेट र अधिकार छ । तल सीमित बजेट र थोरै अधिकार छ, त्यसले सङ्घीय प्रणाली जति प्रभावकारी हुनुपथ्र्यो त्यो नभएर सङ्घीयताप्रति नै प्रश्न उठ्ने खालको स्थिति बनेको छ ।”
 
प्रदेश संरचनाले हासिल गरेको उपलब्धिलाई कसरी लिनुभएको छ भन्ने प्रश्नको जिज्ञासामा उहाँले प्रदेशबारे बाहिर जेजस्तो चर्चा गरिए तापनि उपलब्धि प्रशस्त भएको दाबी गरे। पूर्वमुख्यमन्त्री राईले भने, “प्राकृतिक प्रकोपलगायत आपत्त–विपत्तमा तत्काल राहत र उद्धारका काम छिटो–छरितो भएको छ ।  प्रदेशले प्रत्येक जिल्लामा खानेपानी, सिँचाइ, विद्यालय, खेलमैदान, पुलदेखि पक्की सडकसम्म काम गरेको छ, हामीले यसलाई राम्रो उपलब्धिका रुपमा लिन सक्छौँ ।”
 
एक अर्को प्रसङ्गमा उहाँले पुँजीगत खर्चतर्फ कोसी प्रदेशमा हामीले अघिल्लो वर्ष ८७ प्रतिशत बजेट खर्च गरेका थियौँ । केन्द्रको एउटा मन्त्रालयको भन्दा समग्र प्रदेशको बजेट थोरै छ । बजेट न्यून भएकाले थोरै काम गर्नुपर्ने बाध्यताले समस्या पारेको छ भने।
  
नेता राईले भने, “केन्द्रको कानुनमा आश्रित भएर तल कानुन बनाउनुपर्छ तर सङ्घ तथा स्थानीय तहसँग समन्वय र जोड्ने कानुनी प्रावधान नै छैन । औपचारिकतामा मात्र सीमित देखिन्छ । अनिवार्य अनुदानबाहेक स्थानीय तहलाई जोड्ने अरु उपाय नभएकाले सघ र प्रदेशको ऐनले मिलाउन पर्ने देखिन्छ ।”
 
केन्द्रले अब पनि सवै काम गर्छु भनेर लोभ राख्न  नहुने बताउँदै उहाँले राष्ट्रिय सुरक्षा, अन्तर्राष्ट्रिय सम्बन्ध र मौद्रिक नीतिबाहेक अरु अधिकार, विकास निर्माण र बजेट तल सुम्पिनुपर्नेमा जोड दिए । एक प्रसङ्गमा उनले भने, “शान्ति सुरक्षाको दायित्व प्रदेशको हो । अहिलेसम्म प्रमुख जिल्ला अधिकारी र प्रहरी सङ्घ मातहत नै रहनु व्यवहारिक होइन । प्रदेश प्रहरी एकल अधिकार सूचीमा स्पष्ट लेखेको छ । अझै त्यो कार्यान्वयन भएको छैन, सच्याउन जरुरी छ ।”
 
यसैबीच, कोसी प्रदेशसभा सदस्य रमेशकुमार बस्नेतले सङ्घीयता आफैँमा असल शासन व्यवस्था भएकाले हामीले नयाँ अभ्यास गर्दै एक कार्यकाल सफलतापूर्वक पूरा गरेको प्रतिक्रिया दिए। उनले भने, “सङ्घीयता नयाँ अभ्यास भएकाले केही कमी–कम्जोरी भए । खासगरी वित्तीय पक्षमा विकेन्द्रीत नभएकाले असजिलो र अप्ठेरो भएको हो । धेरै प्रशासनिक संरचना र  खर्चका कुरा गरिए पनि अहिले जनताको घर दैलोमा सरकार पुगेको छ, यो ठूलो उपलब्धि हो ।”
 
“विगतमा स–सना  योजना माग्न राजधानी धाउन पर्ने बाध्यता रहेकामा अहिले वडा समितिको निर्णयबाट लाखौ बजेट विनियोजन र करोडौका योजनाका काम अघि बढिरहेको बताउँदै सदस्य बस्नेतले भने, “योजना निर्माणमा  जनताको पहुँच बढेको छ, अझै विकेन्द्रीत गरेर प्रदेश सरकार जानुपर्छ ।”
 
उहाँले कार्यालय, जनशक्ति र पूर्वाधारबिना गठन भएको प्रदेश सरकारले हालसम्म प्राप्त गरेका काम र उपलब्धि आफैँमा गौरव गर्न लायक रहेको भनी प्रशंसा गरे । नगरपालिका पूर्वअध्यक्षसमेत रहेका सदस्य बस्नेतले जनताको अपेक्षा र समृद्धिका नारालाई सम्बोधन हुने बजेट व्यवस्थापनले मात्र सङ्घीयता र जनहित हुने सुझाव दिए। 
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

छविलाल जोशीको आजको बयान सकियो

पोखरा । जोशी सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन आरोपमा पक्राउ परेका गोर्खा मिडियाका सञ्चालकछविलाल जोशीको पहिलो दिनको बयान सकिएको छ । म...

इजरायलको आक्रमणमा लेबनानमा ५५८ जनाको मृत्यु

काठमाडौँ । लेबनानमा इजरायलले सोमबारदेखि गरेको आक्रमणमा अहिलेसम्म ५५८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । लेबनानका स्वास्थ्यमन...

कांग्रेसको थारू विभागमा १० सदस्य मनोनित

काठमाडौँ । नेपाली कांग्रेसको थारू विभागमा १० सदस्य मनोनयन गरिएको छ । मंगलबार पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य योगेन्द्र चौधरी प्रमुख रह...

दुर्गा प्रसाईँ वीर अस्पतालबाट डिस्चार्ज, सिंहदरबारको हिरासतमा राख्ने

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ वीर अस्पतालबाट डिस्चार्ज भएका छन् । असोज ६ मा पक्राउ परेका प्रसाईँलाई उच्च रक्तचाप र मुटुसम्बन्धी समस्या देख...

नेपालले प्रजनन स्वास्थ्य र सुरक्षित मातृत्वका क्षेत्रमा प्रगति गरिरहेको छः परराष्ट्रमन्त्री राणा

अमेरिका। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले प्रजनन स्वास्थ्य र सुरक्षित मातृत्वका क्षेत्रमा प्रगति गरिरहेको जानकारी दिएको छिन् । संयुक्...

जसपा नेपालले बनायो ८ सदस्यीय सचिवालय

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले ८ सदस्यीय सचिवालय गठन गरेको छ ।  असोज २, ३ र ४ गते पार्टी केन्द्रीय कार्यकारिणी समि...

आलुको उत्पादन क्षेत्र बढाउन ५० प्रतिशत अनुदानमा बिउ वितरण

रुकुमपश्चिम। रुकुमपश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर १० का किसानलाई अनुदानमा आलुको बिउ वितरण गरिएको छ । कृषि विकास कार्यालय रुकुमपश्चिमले ५० प्रतिशत...

नेपालगन्ज भन्सार, नाका र आइसिपीको स्थलगत अनुगमन

नेपालगन्ज। प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको संसदीय टोलीले नेपालगन्जस्थित भन्सार कार्यालय, नेपाल भारत नाका र...

कञ्चनपुर कारागारमा क्षमताभन्दा बढी कैदी

कञ्चनपुर । कञ्चनपुर जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दीलाई राखिँदा व्यवस्थापनमा चुनौती देखिएको छ । महिला र पुरुषका लागि १२५ जना बन्दी राख्ने क्...

चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाई कार्यान्वयन गर्न निर्देशन

काठमाडौं । निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाई कार्यान्वयन गर्न निर्देशन द...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy