Khabar Dabali १२ श्रावण २०८३ मंगलवार | 28th July, 2026 Tue
Investment bank

प्रदेशले पहिलो कार्यकालमै टोल–टोलमा विकास र बजेट पुर्याएको छ– पूर्वमुख्यमन्त्री राई

खबरडबली संवाददाता
काठमाडौँ । कोसी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईले देशमा तीन तहको सरकारसहितको शासन प्रणाली सञ्चालनमा आएसँगै गाउँ–गाउँमा विकास र बजेट पु¥याउन सफल भएको बताएको छन्।
 
प्रदेश सरकारको अभ्यास, उपलब्धि र चुनौतीबारे राष्ट्रिय समाचार समिति ९रासस०को जिज्ञासामा उनले विगतमा केन्द्रीकृत राज्य प्रणालीमा राजधानी र सहरमा मात्रै सीमित विकास र बजेट अहिले प्रदेश सरकारले पहिलो कार्यकालमै  टोल–टोलमा पु¥याएको उल्लेख गरे ।
 
पूर्वमुख्यमन्त्री राईले भने, “प्रदेशका लागि विनियोजित बजेट अत्यन्तै सानो छ । कार्य क्षेत्र र अधिकार पनि अत्यन्तै थोरै छ । जनताको अपेक्षानुसार काम गर्न सक्ने बजेट नै छैन । सङ्घीय संरचनाभित्र अनेकौ राम्रा विषय छन् त्यसमध्ये पनि राम्रो भनेको बजेट र विकासको दामासाहीकरण भएको छ ।”
 
सङ्घीय संरचनाजस्तो ढङ्गले हुनुपर्ने थियो त्यो नभएको उल्लेख गर्दै उनले बजेट र अधिकार तल बढी हुनपर्नेमा त्यसमा कञ्जुस्याइँ भएको टिप्पणी गरे । पूर्वमुख्यमन्त्री राईले भन े, “अहिले पनि केन्द्रमै धेरै बजेट र अधिकार छ । तल सीमित बजेट र थोरै अधिकार छ, त्यसले सङ्घीय प्रणाली जति प्रभावकारी हुनुपथ्र्यो त्यो नभएर सङ्घीयताप्रति नै प्रश्न उठ्ने खालको स्थिति बनेको छ ।”
 
प्रदेश संरचनाले हासिल गरेको उपलब्धिलाई कसरी लिनुभएको छ भन्ने प्रश्नको जिज्ञासामा उहाँले प्रदेशबारे बाहिर जेजस्तो चर्चा गरिए तापनि उपलब्धि प्रशस्त भएको दाबी गरे। पूर्वमुख्यमन्त्री राईले भने, “प्राकृतिक प्रकोपलगायत आपत्त–विपत्तमा तत्काल राहत र उद्धारका काम छिटो–छरितो भएको छ ।  प्रदेशले प्रत्येक जिल्लामा खानेपानी, सिँचाइ, विद्यालय, खेलमैदान, पुलदेखि पक्की सडकसम्म काम गरेको छ, हामीले यसलाई राम्रो उपलब्धिका रुपमा लिन सक्छौँ ।”
 
एक अर्को प्रसङ्गमा उहाँले पुँजीगत खर्चतर्फ कोसी प्रदेशमा हामीले अघिल्लो वर्ष ८७ प्रतिशत बजेट खर्च गरेका थियौँ । केन्द्रको एउटा मन्त्रालयको भन्दा समग्र प्रदेशको बजेट थोरै छ । बजेट न्यून भएकाले थोरै काम गर्नुपर्ने बाध्यताले समस्या पारेको छ भने।
  
नेता राईले भने, “केन्द्रको कानुनमा आश्रित भएर तल कानुन बनाउनुपर्छ तर सङ्घ तथा स्थानीय तहसँग समन्वय र जोड्ने कानुनी प्रावधान नै छैन । औपचारिकतामा मात्र सीमित देखिन्छ । अनिवार्य अनुदानबाहेक स्थानीय तहलाई जोड्ने अरु उपाय नभएकाले सघ र प्रदेशको ऐनले मिलाउन पर्ने देखिन्छ ।”
 
केन्द्रले अब पनि सवै काम गर्छु भनेर लोभ राख्न  नहुने बताउँदै उहाँले राष्ट्रिय सुरक्षा, अन्तर्राष्ट्रिय सम्बन्ध र मौद्रिक नीतिबाहेक अरु अधिकार, विकास निर्माण र बजेट तल सुम्पिनुपर्नेमा जोड दिए । एक प्रसङ्गमा उनले भने, “शान्ति सुरक्षाको दायित्व प्रदेशको हो । अहिलेसम्म प्रमुख जिल्ला अधिकारी र प्रहरी सङ्घ मातहत नै रहनु व्यवहारिक होइन । प्रदेश प्रहरी एकल अधिकार सूचीमा स्पष्ट लेखेको छ । अझै त्यो कार्यान्वयन भएको छैन, सच्याउन जरुरी छ ।”
 
यसैबीच, कोसी प्रदेशसभा सदस्य रमेशकुमार बस्नेतले सङ्घीयता आफैँमा असल शासन व्यवस्था भएकाले हामीले नयाँ अभ्यास गर्दै एक कार्यकाल सफलतापूर्वक पूरा गरेको प्रतिक्रिया दिए। उनले भने, “सङ्घीयता नयाँ अभ्यास भएकाले केही कमी–कम्जोरी भए । खासगरी वित्तीय पक्षमा विकेन्द्रीत नभएकाले असजिलो र अप्ठेरो भएको हो । धेरै प्रशासनिक संरचना र  खर्चका कुरा गरिए पनि अहिले जनताको घर दैलोमा सरकार पुगेको छ, यो ठूलो उपलब्धि हो ।”
 
“विगतमा स–सना  योजना माग्न राजधानी धाउन पर्ने बाध्यता रहेकामा अहिले वडा समितिको निर्णयबाट लाखौ बजेट विनियोजन र करोडौका योजनाका काम अघि बढिरहेको बताउँदै सदस्य बस्नेतले भने, “योजना निर्माणमा  जनताको पहुँच बढेको छ, अझै विकेन्द्रीत गरेर प्रदेश सरकार जानुपर्छ ।”
 
उहाँले कार्यालय, जनशक्ति र पूर्वाधारबिना गठन भएको प्रदेश सरकारले हालसम्म प्राप्त गरेका काम र उपलब्धि आफैँमा गौरव गर्न लायक रहेको भनी प्रशंसा गरे । नगरपालिका पूर्वअध्यक्षसमेत रहेका सदस्य बस्नेतले जनताको अपेक्षा र समृद्धिका नारालाई सम्बोधन हुने बजेट व्यवस्थापनले मात्र सङ्घीयता र जनहित हुने सुझाव दिए। 
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनसरी घटनाको विरोधमा सिरहाको गोलबजारमा प्रदर्शन, पूर्व–पश्चिम राजमार्ग केहीबेर अवरुद्ध

सिरहा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाको विरोधमा सिरहाको गोलबजारमा प्रदर्शन गरिएको छ। ...

सुनसरी घटनापछि गृह मन्त्रालयमा सुरक्षा समितिको बैठक, शान्ति–सुरक्षाबारे रणनीति तय गरिँदै

काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ। गृह मन्त्रालयमा गृहमन्त्रीको अध्यक्षतामा सुरु भएको बैठक...

असारसम्मको बिजुली खपतमा भ्याट नलाग्ने, साउन १ देखि मात्र लागू हुने

काठमाडौं । आन्तरिक राजस्व विभागले २०८३ असार महिनासम्म खपत भएको विद्युत् सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट पार्दै यससम्बन्धी अन्योल हटाउ...

अमेरिकी नागरिकसहित अध्यागन विभागका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। अध्यागमन विभागको गैरपर्यटक शाखाका तत्कालीन कम्प्युटर अपरेटर (वरिष्ठ अध्यागमन सहायक) राजिव महतो र अमेरिकी नागरिक डिन जे रोबिन्सनविरुद्ध भ्रष्...

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालतले संघीय संसद्का सदस्यलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरुद्ध दायर रिट निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ। न्य...

सरकारी वार्ता टोली र डा. केसीबिच सहमतिको मस्यौदा तयार

धनगढी। अनशनरत प्राध्यापक डा. गोविन्द केसी र सरकारी टोलीबिच भएको वार्ताबाट आठ बुँदे सहमतिको मस्यौदा तयार पारिएको छ ।  आइतबार सहमति हुन नसकेपछि आज फे...

सुनसरीको देवानगन्ज घटनाप्रति मानव अधिकार आयोगको चासो

काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप तथा त्यसक्रममा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु र नौ जना घाइते भएको घटनाबारे राष्ट्रिय मान...

सुनसरी घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ : भीष्मराज आङ्देम्बे

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनसरीको देवानगञ्जमा भएको घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर...

सुनसरीमा सामाजिक सद्भाव कायम गर्न सबै पक्ष एकमत

विराटनगर । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि शान्ति–सुरक्षा र सामाजिक सद्भाव कायम गर्न राजनीतिक दल, जनप्रतिनिधि तथा सरोकारवालाहरूबीच सर्वपक्...

माधव नेपाललाई मनाउन प्रचण्ड कोटेश्वरमा, सत्ता समीकरणबारे छलफल

काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहसंयोजक माधव नेपालसँग भेटवार्ता गरेका छन्। नेपाल निवास कोटेश्वर पुगेका प्रचण्डले पछिल्लो राजनीति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending