Khabar Dabali २७ बैशाख २०८३ आईतवार | 10th May, 2026 Sun

माओवादी एकता प्रयासमा धक्का !

खबरडबली संवाददाता

काठमाडौँ । विस्तृत शान्तिसम्झौतापछि माओवादीबाट विभाजित भएर बनेका दलहरूबीचको एकता प्रयासमा धक्का लागेको छ। नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा व्यक्ति हत्याको मुद्दा दायर भएपछि उनीहरू एकै ठाउँमा उभिने प्रयासमा लागेका थिए। 

दाहालविरुद्ध मुद्दा लगाएर द्वन्द्वकालीन घाउ ब्युँताउन खोजेको भन्दै झस्किएका माओवादीका विभिन्न घटकका नेताहरूले एकै ठाउँमा बसेर प्रतिकार गर्ने उद्घोष गरेका थिए। तर संक्रमणकालीन न्यायबारे उनीहरूले मंगलबार गर्ने भनेको नागरिक अगुवा र बुद्धिजीवीसँगको अन्तक्र्रिया अचानक स्थगित भएको छ। 

कार्यक्रम समय र स्थान व्यवस्थापन हुन नसक्दा स्थगित भएको बताइए पनि माओवादीका विभिन्न घटकका नेताहरू नै आउन आनाकानी गरेपछि स्थगित गर्नुपरेको स्रोतको दाबी छ।

गत शुक्रबार बसेको माओवादी धारका पार्टीहरूको बैठकले विस्तृत शान्तिसम्झौताबारे संयुक्त पत्रकार सम्मेलन, नागरिक अगुवा तथा बुद्धिजीविसँग छलफल र अन्तक्र्रिया गर्ने निर्णय गरेको थियो। सोही निर्णयका आधारमा मंगलबारको कार्यक्रम तय भएको थियो। 

यसअघि माओवादी धारका पार्टीहरूले आइतबार संयुक्त पत्रकार सम्मेलन गरेका थिए। पत्रकार सम्मेलनमा मोहन वैद्य, गोपाल किराती, धर्मेन्द्र बास्तोला अनुपस्थित भएका थिए। नेकपा माओवादी केन्द्र, केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले स्थान र समय व्यवस्थापन गर्न नसकिएका कारण मंगलबारको अन्तरक्रिया कार्यक्रम स्थगित भएको बताए। 

स्रोतले भने एकआपसमा कुरा मिल्न नसक्दा अन्तक्र्रिया कार्यक्रम स्थगित भएको दाबी गर्दै यसले एकता प्रयासमा बाधा निम्त्याउन सक्ने बतायो। दाहालविरुद्ध सर्वोच्च अदालतमा व्यक्ति हत्याको मुद्दा परेपछि विभिन्न समूहमा विभक्त पूर्वमाओवादी नेताहरू एक ठाउँमा उभिने कसरतमा लागेका थिए। तर दुईवटा संयुक्त कार्यक्रम गर्न नपाउँदै उनीहरूको प्रयासमा धक्का पुगेको स्रोतले बतायो।

मुद्दामा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरिसकेको छ। फागुन २३ गते बसेको माओवादीका आठ घटकको बैठकले शान्तिप्रक्रियालाई टुंगो लगाउने विस्तृत शान्तिसम्झौतालाई नै धरापमा पार्ने काम हुन थालेको भन्दै संयुक्त रूपमा प्रतिवाद गर्ने निर्णय गरेको थियो। त्यसपछि २६ गते  बसेको दोस्रो बैठकले संयुक्त पत्रकार सम्मेलन र संक्रमणकालीन न्यायका विषयमा नागरिक अगुवासँग अन्तक्र्रिया गर्ने निर्णय गरेको थियो। तर संयुक्त पत्रकार सम्मेलनमा प्रस्तुत गरिने विज्ञप्तिको मस्यौदा भाषामा कुरा नमिलेपछि मोहन वैद्य, धर्मेन्द्र बास्तोला र गोपाल किराती अनुपस्थित भएका थिए। 

माओवादी केन्द्रका प्रवक्तासमेत रहेका उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा तयार मस्यौदालाई प्रधानमन्त्री दाहालले आफूअनुकूल बनाएपछि वैद्य, किराती र बास्तोला चिढिएका हुन्। ‘प्रधानमन्त्री दाहालले महराले बनाएको मस्यौदा संशोधन गरेको भन्दै उहाँहरू असन्तुष्ट हुनुहुन्छ,’ स्रोतले भन्यो। तर वैद्य, किराती र बास्तोलाले पत्रकार सम्मेलनमा अनुपस्थित हुनुको कारण खोलिसकेका छैनन्।

वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, बास्तोला नेतृत्वको नेकपा बहुमत र किराती नेतृत्वको माओवादी कम्युनिस्ट पार्टीले मंगलबारका लागि तय गरिएको कार्यक्रममा पनि उपस्थित हुन नसक्ने जानकारी नेकपा माओवादी केन्द्रलाई गराएका थिए।  

पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री दाहाल सहभागी नभएको विषयमा पनि वैद्यलगायतले असन्तुष्टि व्यक्त गरेको स्रोतको दाबी छ। पत्रकार सम्मेलनमा माओवादी केन्द्रका उपाध्यक्ष महरा, महासचिव देव गुरुङ, उपमहासचिव शक्तिबहादुर बस्नेत, सचिव देवेन्द्र पौडेललगायतका नेता उपस्थित थिए। पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहाल, वैद्य, किराती र बास्तोला सहभागी नभएपछि त्यसको औचित्यमा प्रश्न उठेको बताइएको थियो। यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending