काठमाडौ । सरकारका मन्त्री र अन्य उच्च पदस्थ कर्मचारीले अब उप्रान्त अतिआवश्यक अवस्थामा बाहेक वैदेशिक भ्रमण गर्न नपाउने भएका छन् । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गत फागुन ३० गतेको मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको जानकारी दिनुभयो ।
बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिवहरु एवं अतिरिक्त स्वास्थ्य सचिवहरुको वैदेशिक भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ ।
पूर्वमुख्यसचिव लीलामणि पौड्यालको संयोजकत्वमा गठित उच्चस्तरीय तलब सुविधा आयोगको प्रतिवेदन कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सविचको संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति गठन गर्ने निर्णय गरिएको छ ।
कोसी पम्प चन्द्र नहरको प्रणालीमा सुधारको लागि जग्गा प्राप्ति गर्न स्वीकृति दिएको छ । ‘द युनाइटेड नेशन २०२३ वाटर कन्फरेन्स’ विषयक कार्यक्रममा सहभागी हुन खानेपानीमन्त्रीलाई स्वीकृति दिएको छ । नेपाल र संय्ुक्त राज्य अमेरिकाबीच अध्ययन भिसा शुल्कमा एकरुपता कायम गर्ने निर्णय गरेको छ । नेपाली सेनाको एक महासेनानी र एक सहायक रथी पदमा बढुवा गरी पदस्थापन गरेको छ ।
बैठकले तल्लो लिखु जलविद्युत् आयोजनाको १३२ केभी प्रसारणलाइन निर्माणका लागि वन क्षेत्र उपयोग गर्न दिने, रामपुर स्वास्थ्यचौकी, उदयपुरलाई १० शय्याको आधारभूत अस्पतालमा स्तरोन्नति गर्नका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ ।
–––
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २५ गते, २०८१ - १५:२७
बागलुङ। बसाइँसराइका कारण बागलुङका कयौँ ग्रामीण बस्ती उजाडिँदै गएका छन् । गुणस्तरी शिक्षा, स्वास्थ्यलगायतका सुविधा खोज्दै बजार झर्नेको अहिले पनि लर्को ...
पौष २५ गते, २०८१ - १५:१०
तनहुँ। उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले संस्कृति र पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि सबै एकजुट हुनुपर्ने बताएको छन । तनहुँ उद्योग व...
पौष २५ गते, २०८१ - १४:४५
काठमाडौं। परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले काभ्रेपलाञ्चोकका बाढीपीडित गर्भवती तथा सुत्केरीलाई राहातस्वरुप कम्बल ९ब्लाङ्केट० वितरण गरेको छिन । ...
पौष २५ गते, २०८१ - १४:२२
रामपुर। शहीद बहुमुखी क्याम्पस रामपुरमा भएको महायज्ञमा चार करोड ४१ लाखभन्दा बढी दान सङ्कलन भएको छ । गत पुस १६ देखि २३ सम्म भएको धनधान्याञ्चल श्रीमद भाग...
पौष २५ गते, २०८१ - १४:०९
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछाने जोडिएको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी मुद्दामा जवाफी बहस सकिएक...
पौष २५ गते, २०८१ - १३:५९
डडेलधुरामा विमानस्थल बनाउन खोज्नु ठेक्कामा कमिसन खानु खोज्नु हो
पौष २५ गते, २०८१ - १३:४५
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले थुनामुक्त गरेमा सहकारी पीडितको रकम फिर्ता गर्ने पहल गर्ने जनाएका छन् । जिल्ला अदालत कास्...
पौष २५ गते, २०८१ - १३:३७
महोत्तरी। जनयुद्वको विषयमा चौतर्फी चर्चा भईरहेको वेला नेकपा कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लबले माओवादीहरु एक ठाँउमा बसेर जनयुद्व ...
पौष २५ गते, २०८१ - १३:३२
काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले कानुनी व्यवस्था परिवर्तन गरेरै भए पनि त्रिभुवन विश्वविद्यालयको सुधार गर्ने बताएको छिन । ...
पौष २५ गते, २०८१ - १३:१८
काठमाडौं। नेपाल वायुसेवा निगममा देखिएका समस्या र सुधारका उपाय अध्ययन गरी एक महिनाभित्र समितिलाई प्रतिवेदन पेश गर्न शिशिर खनालको संयोजकत्वमा उपसमिति गठ...
प्रतिकृया लेख्नुहोस्: