NTC Banar
Khabar Dabali १३ चैत्र २०७९ सोमबार | 27th March, 2023 Mon

मेलम्चीको विकल्पमा थप स्रोतको अध्ययन

खबरडबली संवाददाता

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकावासीलाई बाह्रै महिना पानी खुवाउने सुनिश्चितताका लागि मेलम्ची खानेपानी आयोजनाको विकल्पमा विभिन्न लिफ्टिङ र जलाशययुक्त आयोजनाको काम अगाडि बढाएको छ। 

खानेपानी मन्त्रालयका सचिव मणिराम गेलालले काठमाडौँ उपत्यकामा बाह्रै महिना खानेपानी सुनिश्चित गर्न मकवानपुरको सिस्नेरी, ललितपुरको ठोस्ने खोला र भक्तपुरको महादेव खोलाबाट पानी आपूर्ति गर्न योजना अगाडि बढाएको जानकारी दिए।

उनले भने “उपत्यकामा खानेपानी व्यवस्थापनलाई मेलम्चीमा मात्र भर पर्ने अवस्था छैन। भौगोलिक बनोट र बाढीपहिरोका कारण वा कुनै बेला सुरुङ मर्मत गर्नु पर्दा सो आयोजना बन्द गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले उपत्यकावासीलाई बाह्रै महिना पानी खुवाउन खानेपानीको नयाँ विकल्प खोज्न आवश्यक देखिएको छ।” उपत्यकाको जनसङ्ख्या दिनदिनै बढ्दै गएकाले पनि खानेपानीको नयाँ विकल्पमा मन्त्रालयले काम सुरु गरेको उनको भनाइ छ। 

गेलालका अनुसार सिस्नेरी खोलाको पानी आपूर्ति गर्ने योजनाको सम्भाव्यता अध्ययन भई अहिले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइरहेको छ। 

उपत्यका खानेपानी व्यवस्थापन बोर्डमार्फत सिस्नेरी खोला, खानेपानी तथा ढल व्यवस्थापन विभागमार्फत ठोस्ने खोला र भक्तपुरको महादेव खोलाबाट पानी ल्याउन अध्ययन भइरहेको छ। साढे सात करोड रुपियाँको लागतमा बिल्डिङ डिजाइन अथोरिटी (बीडीए) परामर्शदाताले आयोजनाको डीपीआर निर्माण गरिरहेको छ। यो समाचार गोरखापत्र दैनिकमा छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सम्पत्ति विवरण गोप्य राख्ने १५ हजार कर्मचारी र जनप्रतिनिधिलाई कारबाही सिफारिस

काठमाडौं । कानुनअनुसार तोकिएको निकायमा सम्पत्ति विवरण नबुझाउने राष्ट्रसेवक कर्मचारी तथा जनप्रतिनिधि गरी १५ हजार ४ सय ९ जनालाई कारबाही सिफारिस गरिएको छ...

सभामुखको अधिकार कटौतीको विपक्षमा उभिए पूर्वसभामुख ढुंगाना

काठमाडौं । सभामुखको अधिकार कटौतीको विरोधमा पूर्वसभामुख दमननाथ ढुंगाना पनि उभिएका छन् । ढुंगानाले सभामुखको अधिकार कटौती गरेर लोकतन्त्र संस्थागत हुन नसक...

देशका पहाडी भू-भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशका पहाडी भू-भागमा आंशिकदेखि स...

ब्याजदर घट्दा सरकारलाई सस्तोमा अल्पकालीन ऋण

काठमाडौं ।  बैंक, वित्तीय संस्थाहरूसँग तरलताको अवस्था सहज हुन थालेपछि सरकारको आन्तरिक ऋण सस्तो हुन थालेको छ । बैंकहरूले ब्याजदर घटाएर लगानी गर्न था...

कित्ताकाट खुलाउन पहल

रसुवा । गत असारको तेस्रो सातादेखि रोकिएको जमिनका कित्ताकाट  खुलाउन यहाँका पालिकाले पहल सुरुआत गरेका छन् । यसलाई कार्यान्वयन गर्न यहाँका पाँच गाउँपालिक...

मौसम पूर्वानुमान- चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायतका पहाडी भू–भागमा आंशिकदेखि स...

मोफसलका ‘आँखा बा’

चितवन । भरतपुर आँखा अस्पतालमा बिहान ९ नबज्दै ७७ वर्षे वृद्ध जोश-जाँगरका साथ प्रवेश गर्छन्। साँझ सबै चिकित्सक कर्मचारी बिदा भएर घरघर जाँदै गर्दा उनी अस...

विकासको पर्खाइमा ‘सूर्य ओढार’

कपिलवस्तु । अर्घाखाँची–कपिलवस्तुको सीमा नजिकै पर्छ सूर्य ओढार। बाणगङ्गा क्षेत्रको पूर्व–पश्चिम राजमार्गबाट उत्तरी क्षेत्रको जङ्गली एरिया कटेर सूर्य ओढ...

राहुल गान्धी बने मोदी र अदानीप्रति थप आक्रामक, अर्को निर्वाचनमा भाग लिन नपाउने

काठमाडौं । भारतको विपक्षी दल कंग्रेसका नेता राहुल गान्धीले आफ्नो सांसद पद खारेज गर्ने निर्णय राजनीतिक रूपमा अभिप्रेरित भएको बताएका छन्। गुजरातस्थित...

राष्ट्रपति रामचन्द्र पौडेल गोरखा जाँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आइतबार गोरखा जाने भएका छन्। नेपाली सेनाको हेलिकप्टरमार्फत राष्ट्रपति पौडेल बिहान साढे ९ बजे गोरखा जान लागेका हुन...

अरु धेरै
Dish home detelpage

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Dish home detel page1 Salt Trending Detail Page