Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

वैदेशिक रोजगारीमा जाने युवालाई दुःख नदिनुस् : प्रधानमन्त्री

खबरडबली संवाददाता

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीमा जाने युवालाई अनावश्यक दुःख नदिन निर्देशन दिएको छन् । 

गृह मन्त्रालय मातहतको विकास समस्या समाधान समितिको बैठकलाई आज सम्बोधन गर्दै उनले वैदेशिक रोजगारीमा जाँदा युवाले अनेकौँ समस्या भोग्नुपरेको गुनासो आएको भन्दै सो निर्देशन दिएको हो  

“वैदेशिक रोजगारीमा जाने युवाले पासपोर्ट बनाउँदा, स्वास्थ्य परीक्षण गर्दा, अभिमुखीकरण तालिम लिँदादेखि अध्यागमनसम्म पाउने दुःख जटिल छ”, उनले भने, “कानुन र विधिअनुसार हुने कुनै पनि काम नरोकियोस् । दुःख दिने, आलटाल गर्ने, ढिलासुस्ती गर्ने कामको अनुगमन र नियन्त्रण होस् ।”

प्रधानमन्त्रीले मन्त्रालयका वार्षिक स्वीकृत बजेट तथा कार्यक्रमका बाँकी काम समयमै सम्पन्न गर्न, मुलुकको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण तथा विकास निर्माणमा सहजीकरण गर्न समेत निर्देशन दिए। 

उनले भने, “विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, सेवा प्रवाह र सुशासन कायम गर्ने सवालमा आगामी दिनमा लाग्नुहुने नै छ । साथै केही विषयमा अझ सक्रियताका साथ कार्यसम्पादन गर्न पनि म निर्देशित गर्दछु ।” 

गृह प्रशासनसँग सम्बन्धित विद्यमान नीति तथा कानुनलाई समसामयिक बनाउनेतर्फ आफू लाग्न र कार्य सञ्चालनसँग सम्बन्धित निर्देशिका, दिग्दर्शन र कार्यविधि तर्जुमा एवं परिमार्जन तत्काल गर्न उनले निर्देशन दिए । 

“देशको अर्थतन्त्रमा देखा परेका समस्यासँगै लघुवित्त तथा सहकारी र बैंक तथा वित्तीय क्षेत्रमा बचतकर्ता र ऋणिका तर्फबाटसमेत व्यक्त भएका आक्रोश एवं केही अवाञ्छित गतिविधि, स्वतन्त्र विद्यार्थी युनियनको चुनाव लगायतका विषयमा सबै सुरक्षा निकायले गम्भीरतापूर्वक मनन गरी समग्र शान्ति सुरक्षाको भरपर्दो व्यवस्था मिलाउन निर्देशन दिन्छु”, उहाँले भने । 

मन्त्रालयले अपराध नियन्त्रण, अनुसन्धान र अभियोजनलाई छिटोछरितो र विश्वसनीय बनाउनुपर्ने भन्दै उहाँले आपराधिक घटना नियन्त्रणका साथै माफिया, बिचौलिया, दलाली, घुसखोरीजस्ता बेथिति र विसङ्गतिको अन्त्य गर्नेतर्फ ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेनसँग संसद् पुनर्स्थापनाबारे छलफल भएको हो: अरूसँग के भइरहेको छ, मलाई थाहा भएन: सुनिल शर्मा

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहसँग संसद् पुनर्स्थापनाका विषयमा छलफल भएको बताएका छन्। ल...

रवि लामिछाने र बालेन शाहबीच वान–टु–वान वार्ता सुरु

काठमाडौं । वैकल्पिक राजनीतिक शक्ति निर्माणको छलफलमा जुटेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर ब...

बालेन र कुलमानबीच चुनावी सहकार्यबारे छुट्टै छलफल

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उज्यालो नेपालका संरक्षक तथा पूर्व मन्त्री कुलमान घिसिङसँग आगामी निर्वाचनमा सहकार्यबारे छुट्टै छलफल...

सिन्धुलीको तिनपाटनमा बोलेरो दुर्घटना, चालकसहित ६ जना घाइते

काभ्रेपलाञ्चोक। सिन्धुलीको तिनपाटन गाउँपालिका–६ गडाम्रेमा बोलेरो पिकअप गाडी दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्। गडाम्रेबाट चकमकेतर्फ जाँद...

पार्टी निर्माणमा बालेनको दौडधुप: एकैदिन सम्भव सिरोहियादेखि ऋषि धमलासँग छुट्टाछुट्टै भेटघाट

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ राजनीतिक दलमार्फत अघि बढ्ने तयारीस्वरूप ३० जनाभन्दा बढी नेता, अभियन्ता, कलाकार तथा सञ्चारकर्म...

रवि लामिछाने र बालेन शाहबीच आज निर्णायक भेटवार्ता हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच आज भेटवार्ता हुने भएको छ। सोमबार...

पेटभित्र २९ वटा कोकिन लुकाएर तस्करी गर्ने थाइ महिला काठमाडौँमा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले पेटभित्र कोकिन लुकाएर तस्करी गर्ने एक थाइ नागरिकलाई पक्राउ गरेको छ। लाओसबाट बैंकक हुँदै काठमाड...

मुस्ताङ भन्सार कार्यालय : साँघुरा कोठाबाट अर्बको राजस्व जुट्छ

मुस्ताङ। लोमान्थाङ गाउँपालिका–२, छोसेरमा रहेका होटल बन्द गरी व्यवसायी जाडो छल्न बेंसी झरेपछि मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्कासहित कर्मचारील...

मार्तडी कोल्टी सडकमा दुर्घटनाको जोखिम बढ्दै

बाजुरा । बाजुराको सदरमुकाम मार्तडी–कोल्टीमा रहेको ४२ किलोमिटर सडक अझै कालोपत्रे हुन सकेको छैन । सो सडक कालोपत्रे नहुँदा धनगढी, अत्तरिया, महेन्द्रनगर, ...

रमेश लेखकलाई आयोगमा बयान दिन कांग्रेस नेताहरूको सुझाव

काठमाडौं । पूर्व गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता रमेश लेखकलाई जाँचबुझ आयोगमा बयान दिन पार्टीका नेताहरूले सुझाव दिएका छन्। बुधबार पार्ट...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending