काठमाडौं । बैंकिङ प्रणालीमा तरलता सहज हुँदै गएपछि नेपाल राष्ट्र बैंकले बजारमा पैसा पठाउने मौद्रिक औजार रिपोको ब्याजदर पनि घट्न थालेको छ । नेपाल राष्ट्र बैंकले बिहीवार जारी गरेको १४ दिन अवधिको १५ अर्ब रुपैयाँ बराबरको रिपोमा औसत ७ दशमलव ७९ प्रतिशत ब्याजदर कायम भएको छ ।
यो चालू आर्थिक वर्ष ९आव० कै दोस्रो न्यून ब्याजदर हो । यो वर्ष राष्ट्र बैंकले १३ पटक रिपो जारी गरी २ खर्ब ९६ अर्ब ५० करोड रुपैयाँ बजारमा पठाएको छ । यसमा सबैभन्दा बढी पुस १५ गतेको रिपोमा औसत ८ दशमलव ५७ प्रतिशत ब्याजदर कायम भएको थियो । उक्त रिपोमा बैंकहरूले अधिकतम १० दशमलव १० प्रतिशतसम्म ब्याज बोलकबोल गरेका थिए ।
माघ ५ गते रिपोको ब्याजदर ७ दशमलव ५८ प्रतिशतसम्म ओर्लिएको थियो । बिहीवारको रिपोका लागि बैंकहरूले गरेको बोलकबोलमा अधिकतम ब्याजदर पनि ८ दशमलव ५० प्रतिशत मात्र छ । बिहीवार १६ ओटा बैंक, वित्तीय संस्थाले ६४ ओटामात्र बोलकबोल पेश गरेका छन् ।
चालू आवको मौद्रिक नीतिमा अन्तरबैंक ब्याजदर बैंकदरभन्दा २ प्रतिशत विन्दुले तलमाथि हुँदा रिपोररिभर्स रिपो जारी गर्नुपर्ने उल्लेख छ । बुधवार बजारमा अन्तरबैंक ब्याजदर ७ दशमलव शून्य १ प्रतिशत रहे पनि केन्द्रीय बैंकले रिपो जारी गरेर बजारमा पैसा पठाएको हो ।
राष्ट्र बैंकले यसअघि फागुन १८ गते १४ दिनको रिपोमार्फत २० अर्ब रुपैयाँ तरलता प्रवाह गरेको थियो । उक्त रिपो परिपक्व भएकै दिन १५ अर्ब रुपैयाँको रिपो जारी गरेको हो । प्रणालीमा साधारण तरलता अभावको अवस्थामा पनि मौद्रिक व्यवस्थापन विभागले रिपोररिभर्स रिपो जारी गर्न सक्ने प्रावधान छ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ३ गते, २०८२ - ०९:३२
काठमाडौं । तत्कालीन राजा वीरेन्द्रले विश्वमै प्राकृतिक र जैविक विविधता संरक्षणको सन्देश दिन स्थापना गरेको मानिने राष्ट्रिय प्रकृति संरक्षण कोष गणतन्त्...
चैत्र ३ गते, २०८२ - ०९:२८
चितवन । हरेक वर्ष चैतेदसैँको समयमा हुने विक्रमबाबा पूजाको चितवनमा तयारी सुरुआत गरिएको छ । यस वर्ष चैत ५ गते देखि १९ गतेसम्म पूजा गर्ने तयारी गरिएको हो...
चैत्र ३ गते, २०८२ - ०७:५२
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले शुक्रवार इरानको समुद्री तटबाट केही दूरीमा रहेको एउटा सानो टापुमा बमबारी गरिएको बताए। इरानको तेल निर्य...
चैत्र ३ गते, २०८२ - ०७:४३
काठमाडौं । जेन–जी आन्दोलनमा सिंहदरबार, राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीनिवास बालुवाटार जोगाउन नसकेको भन्दै ती निकायको सुरक्षामा खटिएका सैनिक अधिकार...
चैत्र ३ गते, २०८२ - ०७:३९
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि विभागले चैते धानको समर्थन मूल्य तोक्न अध्ययन थालेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्...
चैत्र ३ गते, २०८२ - ०७:३६
बागलुङ । बागलुङको ढोरपाटनमा फैलिएको दादुरा सङ्क्रमण नियन्त्रणका लागि सबै वडाका बालबालिका र किशोरकिशोरीलाई खोप लगाइएको छ । पालिकाको नौवटै वडामा स्वास्थ...
चैत्र ३ गते, २०८२ - ०७:३२
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहनुका साथै हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी र बागमती प्रदेशका ...
चैत्र ३ गते, २०८२ - ०७:२२
म्याग्दी । सुक्खायामसँगै म्याग्दीमा डढेलोको जोखिम बढेको छ । आगोको जथाभावी प्रयोगले वनजङ्गलमा डढेलोको जोखिम बढेको हो । आगलागीका घटनाले वनजङ्गलसँगै, वन्...
चैत्र ३ गते, २०८२ - ०७:२१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि आजदेखि अभिमुखीकरण सुरुआत गर्दैछ । दुईदिने सो अभिमु...
चैत्र ३ गते, २०८२ - ०७:१६
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमणदर बर्सेनि बढ्दै गएपछि ३५ वर्षमाथिका नागरिकलाई लक्ष्य गरी खोप अभियान सञ्चाल...


प्रतिकृया लेख्नुहोस्: