Ntc summer Offer
Khabar Dabali ९ आश्विन २०८१ बुधबार | 25th September, 2024 Wed
NIMB

काठमाडौँ महानगरपालिकालाई सार्वजनिक बस व्यवस्थापनमा सकस

खबरडबली संवाददाता

काठमाडौँ । मुलुकको सङ्घीय राजधानीमा रहेको काठमाडौँ महानगरपालिकालाई बस व्यवस्थापनमा सकस परेको छ ।

देशका अधिकांश जिल्लाबाट यात्रु बोकेर काठमाडौँ आउने सार्वजनिक यातायातलाई व्यवस्थापन गर्नका लागि गोङ्गबुस्थित नयाँबसपार्क र पुरानो बसपार्क सञ्चालनमा आए पनि सार्वजनिक बस बसपार्कभित्र छिर्न नमान्दा बस व्यवस्थापनमा सकस भएको हो । पुरानो बसपार्क भने अहिले सञ्चालनमा आएको छैन ।

काठमाडौँ उपत्यकाभित्र प्रवेश गर्ने सार्वजनिक सवारी साधनलाई व्यवस्थित तथा पार्किङ गर्नका लागि काठमाडौँ महानगरपालिकाले विसं २०५६ मा ल्होत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरी नयाँ बसपार्क सञ्चालनमा ल्याए पनि कतिपय सार्वजनिक बस नयाँ बसपार्क छिर्न नमान्दा सार्वजनिक बस सञ्चालनमा सकस भएको हो ।

विशेषगरी अहिले काठमाडौँबाट पृथ्वी राजमार्गअन्तर्गत पोखरा, लमजुङ, बागलुङ, म्याग्दीलगायतका क्षेत्रमा चल्ने माइक्रोबस गोङ्गबुदेखि नयाँ बसपार्क बीचको मुख्य सडक छेउबाट चल्ने गरेका छन् । यस्तै, धादिङ, रसुवा नुवाकोट जाने सवारी साधन माछापोखरी र गोरखा चल्ने माइक्रोबस बालाजु क्षेत्रबाट चल्ने गरेका छन् ।

गोङ्गबु चोकदेखि बालाजु चोकसम्मको दुई किलोमिटर दूरीमा नयाँ बसपार्क सञ्चालनमा रहे पनि अधिकांश माइक्रोबस तथा ठूला बस सडक छेउबाटै सञ्चालन हुँदै आएका छन् । ट्राफिक प्रहरीले काठमाडौँ महानगरपालिका, यातायात व्यवसायी, यातायात व्यवस्था विभागलगायत सरोकारवाला निकायसँगको छलफलमा रातिको समयमा सञ्चालन हुने सवारी साधनलाई नयाँ बसपार्कबाट सञ्चालन गर्ने निर्णय गरे पनि कतिपय सवारी साधन भने अहिले पनि चक्रपथ वरपरका सडकबाट सञ्चालन हुँदै आएका छन् ।  

जनकपुर, वीरगञ्ज, बारा, पर्सालगायतका क्षेत्रमा चल्ने रात्रिकालीन सवारी साधन अहिले पनि गौशालाबाट चल्दै आएका छन् । यस्तै, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा र रामेछाप चल्ने सवारीसाधन पुरानो बसपार्क हुँदै कोटेश्वर सडक किनाराबाट सञ्चालन हुँदै आएका छन् । चितवन, नवलपरासी क्षेत्रमा चल्ने माईक्रोबस कलङ्की र हेटौँडा चल्ने सुमोबस बल्खुबाट चल्दै आएका छन् ।

सार्वजनिक यातायातलाई व्यवस्थित गर्नका लागि काठमाडौँ महानगरपालिकाले वडा नं २६ गोङ्गबुस्थित विष्णुमति खोला किनारामा एक सय ६१ रोपनी क्षेत्रफलमा झण्डै दुई हजार सार्वजनिक सवारी साधन अट्न मिल्ने पार्किङ बनाए पनि कडा नीति नहुँदा अधिकांश सवारी साधन सडकबाटै सञ्चालन हुँदै आएका छन् ।

काठमाडौँ महानगरपालिकाका यातायात विज्ञ जगतमान श्रेष्ठ सबै सार्वजनिक सवारी साधनलाई नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्ने गरी काठमाडौँ महानगरपालिकाले गृहकार्य थालिरहेको बताउछन् ।

“काठमाडौँ महानगरपालिकाले लामो तथा छोटो दूरीका सार्वजनिक सवारी साधन पार्किङका लागि नयाँबसपार्कमा एक सय ६१ रोपनी जग्गा उपलब्ध गराएको छ, सबै सवारी साधन बसपार्कभित्रबाट सञ्चालन हुनुपर्छ”, उनी भन्छन् ।

बसपार्कमा सवारी साधन नअटाए त्यसको विकल्प खोजिने उनको भनाइ छ । काठमाडौँ महानगरपालिकाले महानगरपालिकाभित्रको ट्राफिक जाम घटाउन र निजी सवारी साधन पार्किङका लागि आवश्यक अध्ययन गरिरहेको श्रेष्ठ बताउछन्।

हाल चक्रपथ विस्तार आयोजनाअन्तर्गत कलङ्कीदेखि बालाजु–चाबहिल हुँदै कोटेश्वरसम्म दोस्रो चरणको काम भइरहेकाले सडकबाट बस सञ्चालन गर्न कठिनाइ भइरहेको व्यवसायी बताउँछन् । लमजुङ माईक्रोबस कम्पनीका कर्मचारी विष्णु खत्री नयाँ बसपार्कभित्र माइक्रोबस लैजाँदा माइक्रोबसले बोक्ने यात्रु ठूला बसले बोक्दा माइक्रोबसले यात्रु नपाउने डरले आफूहरुलाई बसपार्कभित्र जान समस्या परेको बताउछन् । “हामीलाई सडकबाट माइक्रोबस गुडाउने रहर छैन, नयाँ बसपार्कभित्र ठूला बस र माईक्रोबसका लागि छुट्टाछुट्टै पार्किङको व्यवस्था हुनुपर्छ”, उनी भन्छन् ।

काठमाडौँको चक्रपथ वरपर मुख्य सडकमा टिकट काउन्टर र जथाभावी बस पार्किङ गर्दा उपत्यकाको ट्राफिक व्यवस्थापनमा समेत समस्या हुने गरेको छ ।  काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार लामो दूरीका सवारी साधन चक्रपथको बाटो भएर ओहोरदोहोर गर्दा ट्राफिक व्यवस्थापनमा असहज हुने गरेको हो ।

कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्ट लामो दूरीका सवारी साधन चक्रपथ वरपर सडकमा पार्किङ गर्दा उपत्यकाको ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको बताउछन्। “लामो तथा छोटो दूरीका सवारी साधन गोङ्गबुस्थित नयाँ बसपार्क र पुरानो बसपार्कबाट सञ्चालन हुनुपर्छ, साँघुरो सडकमा जथाभावी सवारी पार्किङ गर्दा लामो समयसम्म सवारी जाम हुने गरेको छ”, उनी भन्छन् ।

प्रवक्ता भट्ट चक्रपथ वरपरका ठाउँमा जथाभावी पार्किङ गर्ने सवारी साधनलाई ट्राफिक प्रहरीले उच्च निगरानी राखी कारबाही गर्दै आएको बताउछन्। ट्राफिक प्रहरी कार्यालयका अनुसार हाल काठमाडौँ उपत्यकामा १९ लाख हाराहारीमा सवारीसाधन सञ्चालनमा छन् भने एक हजार पाँच सय हाराहारीमा ट्राफिक जनशक्ति कार्यरत छन् ।

पछिल्लो समय राजधानी काठमाडौँलगायत देशभर निजी तथा सार्वजनिक सवारी साधनको सङ्ख्या वृद्धि हुँदा र बाटोको विस्तार नहुँदा ट्राफिक व्यवस्थापनमा चुनौती थपिँदै गएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

छविलाल जोशीको आजको बयान सकियो

पोखरा । जोशी सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन आरोपमा पक्राउ परेका गोर्खा मिडियाका सञ्चालकछविलाल जोशीको पहिलो दिनको बयान सकिएको छ । म...

इजरायलको आक्रमणमा लेबनानमा ५५८ जनाको मृत्यु

काठमाडौँ । लेबनानमा इजरायलले सोमबारदेखि गरेको आक्रमणमा अहिलेसम्म ५५८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । लेबनानका स्वास्थ्यमन...

कांग्रेसको थारू विभागमा १० सदस्य मनोनित

काठमाडौँ । नेपाली कांग्रेसको थारू विभागमा १० सदस्य मनोनयन गरिएको छ । मंगलबार पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य योगेन्द्र चौधरी प्रमुख रह...

दुर्गा प्रसाईँ वीर अस्पतालबाट डिस्चार्ज, सिंहदरबारको हिरासतमा राख्ने

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ वीर अस्पतालबाट डिस्चार्ज भएका छन् । असोज ६ मा पक्राउ परेका प्रसाईँलाई उच्च रक्तचाप र मुटुसम्बन्धी समस्या देख...

नेपालले प्रजनन स्वास्थ्य र सुरक्षित मातृत्वका क्षेत्रमा प्रगति गरिरहेको छः परराष्ट्रमन्त्री राणा

अमेरिका। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले प्रजनन स्वास्थ्य र सुरक्षित मातृत्वका क्षेत्रमा प्रगति गरिरहेको जानकारी दिएको छिन् । संयुक्...

जसपा नेपालले बनायो ८ सदस्यीय सचिवालय

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले ८ सदस्यीय सचिवालय गठन गरेको छ ।  असोज २, ३ र ४ गते पार्टी केन्द्रीय कार्यकारिणी समि...

आलुको उत्पादन क्षेत्र बढाउन ५० प्रतिशत अनुदानमा बिउ वितरण

रुकुमपश्चिम। रुकुमपश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर १० का किसानलाई अनुदानमा आलुको बिउ वितरण गरिएको छ । कृषि विकास कार्यालय रुकुमपश्चिमले ५० प्रतिशत...

नेपालगन्ज भन्सार, नाका र आइसिपीको स्थलगत अनुगमन

नेपालगन्ज। प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको संसदीय टोलीले नेपालगन्जस्थित भन्सार कार्यालय, नेपाल भारत नाका र...

कञ्चनपुर कारागारमा क्षमताभन्दा बढी कैदी

कञ्चनपुर । कञ्चनपुर जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दीलाई राखिँदा व्यवस्थापनमा चुनौती देखिएको छ । महिला र पुरुषका लागि १२५ जना बन्दी राख्ने क्...

चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाई कार्यान्वयन गर्न निर्देशन

काठमाडौं । निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाई कार्यान्वयन गर्न निर्देशन द...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy