Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

कैलालीका ६ हजार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिँदै

खबरडबली संवाददाता

कैलाली । कैलालीका करिब ६ हजार जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिने भएको छ । यार्ड नेपालले जिल्लामा रहेका सामुदायिक तथा गुठी विद्यालयमा कक्षा ९ सम्म अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिने भएको हो । 

यार्ड नेपालका अध्यक्ष वंशीराम चौधरीले विद्यार्थीले आर्थिक अभावका कारण विद्यालय छाड्नुपर्ने वातावरण नआओस् भन्नका लागि छात्रवृत्ति प्रदान गरिरहेको बताए । उनले ताइवानमा रहेको चुजी च्यारिटी फाउन्डेसनको आर्थिक सहयोगमा जिल्लाका तीन वटा पालिकामा छात्रवृत्ति वितरणको कार्यक्रम चलिरहेको बताए ।

उनका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र कैलारी गाउँपालिकामा छात्रवृत्तिको कार्यक्रम चलिरहेको छ । उहाँले हालसम्म करिब दुई हजार पाँच सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिसकिएको जानकारी दिए । “नयाँ शैक्षिक सत्र आइरहेको छ, यो समयमा आर्थिक अभावकै कारण धेरैजसो बालबालिकाले विद्यालय छाड्ने अवस्था आउने गर्दछ”, उनले भने, “त्यसैले यो समयमा बालबालिकालाई शैक्षिक सामग्री खरिद गरी विद्यालय छाड्नुपर्ने अवस्था नआओस् भन्नाका लागि हामीले छात्रवृत्ति वितरण गरिरहेका छौँ ।”

उनले कापी कलम तथा ड्रेस किन्न नसक्दा विद्यालय छोडेर विदेशतिर जाने परिपाटीको अन्त्यका लागि कार्यक्रम फलदायी हुने विश्वास लिएको बताए । उनका अनुसार छात्रवृत्ति कार्यक्रमले विद्यार्थीमा पढ्ने हौसला समेत प्रदान हुनेछ । नेपाल सरकारको नियमअनुसार प्रत्येक विद्यालयमा स्थानीय पालिकाको समन्वयमा दलित, जनजाति, गरिब, जेहेन्दार तथा छात्रा विद्यार्थीको छनोट गरिएको चौधरीको भनाइ रहेको छ । 

प्रत्येक विद्यार्थीलाई छात्रवृत्तिस्वरुप रु एक हजार पाँच सय प्रदान गरिएको बताउँदै उनले थोरै रकम भए पनि केही हदसम्म विद्यार्थीका आवश्यकता परिपूर्ति हुने अपेक्षा लिएको बताए । शुक्रबार गोदावरी नगरपालिकामा एक कार्यक्रमको आयोजना गरी गोदावरीमा छात्रवृत्ति वितरण कार्य सुरु गरिएको छ । नगरप्रमुख वीरेन्द्र भट्टको प्रमुख आतिथ्यमा दुर्गालक्ष्मी नमूना माध्यमिक विद्यालयबाट छात्रवृत्ति वितरणको कार्य सुरु गरिएको हो । 

कार्यक्रममा नगरप्रमुख भट्टले शिक्षाको क्षेत्रमा एक मात्र नमूना विद्यालयका रुपमा रहेको दुर्गालक्ष्मीले गोदावरीलाई चिनाउने प्रयास गरिरहेको बताए । उनले देशको आर्थिक स्थिति जर्जर अवस्थामा हुँदा अपेक्षाअनुरुप आर्थिक सङ्कलन नभइरहेको अवस्थामा छात्रवृत्ति प्रदान गर्दा विद्यार्थीलाई राहत हुने बताए । उनले आर्थिकमन्दीका समयमा बालबालिकाको उज्जवल भविष्यका लागि नयाँ शैक्षिक सत्रमा कपी किताब र ड्रेस किन्न छात्रवृत्तिको रकमले सहुलियत हुने विश्वास व्यक्त गरे ।

गोदावरीमा करिब एक हजार दुई सयदेखि एक हजार पाँच सयको हाराहारीमा विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिने बताइएको छ । यार्ड नेपालले धनगढीका करिब ७३, गोदावरीका ५० र कैलारीका एक दर्जन जति विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिरहेको छ । जसमा सामुदायिक विद्यालय र गुठीद्वारा सञ्चालित विद्यालय समावेश गरिएका छन् । 

कैलाली जिल्लाका युवा मिलेर २०६७ सालमा स्थापना भएको यार्ड नेपाल स्वयंसेवक संस्थाका रुपमा रहेको छ । शिक्षा क्षेत्रमा काम गर्दै आइरहेको यसले छात्रवृत्तिको कार्यक्रमका साथै प्रजनन तथा यौन स्वास्थ्य शिक्षासम्बन्धी धनगढी, गोदावरी र कृष्णपुर नगरपालिकामा काम गरिरहेको यार्डका अध्यक्ष वंशीराम चौधरीले बताए । त्यसका साथै टीकापुर र भजनी नगरपालिकामा डिजिटल स्टोरी टेलिङ तथा डिजिटल एजुकेशनसम्बन्धी १५ वटा विद्यालयमा उक्त संस्थाले काम गर्ने बताइएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उच्च शिक्षाको लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्नु जरुरी: प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले शिक्षामा लगानी बढाउनु जरुरी रहेको बताएको छिन्। बिहीबार त्रिभुवन विश्व विद्यालयको दीक्षान्त समारोहलाई सम्बोध...

बालेनसँगको वार्ता सकेर निस्किए रवी

काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन्द्र शाहसँग वार्ता गरेर हालै निस्किएका छन्। वार्ता ललितपुरको ज्वागलस्थित मेयर शाहका सहय...

भित्र बालेन शाह र रवि लामिछानेबीच वार्ता, बाहिर बढ्न थाल्यो भिड

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहका सहयोगी कुमार बेनको ललितपुर ज्वागलस्थित घरअगाडि बिहीबार दिउँसो भिड बढेको छ। यस दिन बेनको घरभ...

बालेन शाह र रवि लामिछानेबीच छलफलमा अमरेशकुमार सिंह पनि पुगे

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेबीच जारी छलफलमा पूर्वसांसद अमरेशकुमार सिंह पनि पुगेका छन्। यसअघि...

देशका चर्चित व्यक्तिहरू नशामा लट्ठिन्छन्, हाम्रा युवामा यस्तो प्रवृत्ति छैन: ओली

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा देशमा चर्चामा रहेका केही व्यक्तिहरू नशामा लट्ठिने अवस्था भेटिने टिप्पण...

रवि लामिछाने र बालेन भित्र छलफलमा: गेटमा ताला लगाइदिएर सुदनले भने- सहमति नभएसम्म खोल्दैनौं

काठमाडौँ । फागुन २१ गते हुने निर्वाचनमा सहकार्यको प्रयास स्वरुप रास्वपाका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबिच छलफल भइरहेको...

सिन्धुपाल्चोक १ बाट माधव सापकोटाको एकल नाम सिफारिस

काठमाडौँ । नेकपा(माओवादी केन्द्र) ले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं। १, सिन्धुपाल्चोकबाट आगामी निर्वाचनका लागि माधव सापकोटाको एकल नाम सिफारिस गरेको ...

कुमार बेनको निवासमा बालेन,रवि, कुलमान र सुदनबीच अर्थपूर्ण भेटवार्ता हुँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच आज अर्थपूर्ण भेटवार्ता हुने भएको ...

बालेनसँग संसद् पुनर्स्थापनाबारे छलफल भएको हो: अरूसँग के भइरहेको छ, मलाई थाहा भएन: सुनिल शर्मा

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहसँग संसद् पुनर्स्थापनाका विषयमा छलफल भएको बताएका छन्। ल...

रवि लामिछाने र बालेन शाहबीच वान–टु–वान वार्ता सुरु

काठमाडौं । वैकल्पिक राजनीतिक शक्ति निर्माणको छलफलमा जुटेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर ब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending