काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सुनमा लाग्ने भन्सार शुल्क १० प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्याएपछि सुनचाँदी व्यवसायीहरूले सीमावर्ती बजार प्रभावित हुने र नेपाली उपभोक्ता भारतीय बजारतर्फ आकर्षित हुने चिन्ता व्यक्त गरेका छन्।
भारतले केही साताअघि सुनमा लाग्ने भन्सार दर ६ प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्याएपछि नेपालमा तस्करी बढ्न सक्ने भन्दै व्यवसायीहरूले समान दर कायम गर्न सरकारसँग माग गरेका थिए। तर सरकारले अपेक्षाभन्दा बढी वृद्धि गर्दै भन्सार दर २० प्रतिशत पुर्याएपछि नयाँ समस्या सिर्जना भएको व्यवसायीहरूको भनाइ छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइलीका अनुसार भारत र नेपालको सुनको मूल्यमा ठूलो अन्तर आउँदा विशेषगरी तराईका सीमावर्ती क्षेत्रका उपभोक्ता भारतीय बजारमा सुन खरिद गर्न आकर्षित हुन सक्छन्।
हाल नेपालमा सुनमा २० प्रतिशत भन्सार, १ प्रतिशत बैंक तथा व्यवसायी मार्जिन र ०.५ प्रतिशत सीप प्रवर्द्धन शुल्क लाग्ने व्यवस्था छ। भारतमा भने १५ प्रतिशत भन्सार र ३ प्रतिशत जीएसटी लाग्छ।
व्यवसायीहरूका अनुसार मूल्य अन्तर बढ्दै जाँदा सीमापार किनमेल गर्ने प्रवृत्ति बढ्ने र नेपाली सुन व्यवसाय प्रत्यक्ष रूपमा प्रभावित हुने जोखिम छ। उनीहरूले तत्काल भन्सार दर पुनरावलोकन गर्न तथा थपिएको सीप प्रवर्द्धन शुल्क हटाउन सरकारसँग माग गरेका छन्।
यसैबीच, अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार बढिरहेकाले नेपालमा सुनको माग ६०–६५ प्रतिशतसम्म घटिसकेको व्यवसायीहरूको दाबी छ। भारतमा पनि भन्सार वृद्धि भएपछि सुनको माग करिब ७० प्रतिशतसम्म घटेको बताइएको छ।
अर्थविद्हरूले भने सुनको मूल्य निर्धारण गर्दा विदेशी मुद्रा सञ्चिति, तस्करी नियन्त्रण र आन्तरिक बजारको सन्तुलनलाई ध्यान दिनुपर्ने बताएका छन्। उनीहरूका अनुसार नेपाल र भारतबीच सुनको मूल्यमा अत्यधिक अन्तर हुनु दुवै दृष्टिले जोखिमपूर्ण हुन सक्छ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको नौ महिनामा करिब २५ अर्ब ३१ करोड रुपैयाँ बराबरको सुन आयात भएको छ भने दैनिक २५ किलोग्रामसम्म सुन आयात गर्न पाइने व्यवस्था कायम छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ४ गते, २०८३ - ०७:४८
दक्षिण कोरिया । दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी सद्भाव, मित्रता र एकतालाई प्रवर्द्धन गर्ने उद्देश्यले चौथो ‘बिश्वकर्मा भलिबल कप–२०२६’ आयोज...
आषाढ़ ४ गते, २०८३ - ०७:३६
जनकपुरधाम । चर्को गर्मी र अनियमित विद्युत् आपूर्तिको दोहोरो मारमा परेका मधेसवासीको दैनिकी कठिन बन्दै गएको छ। दिनहुँ हुने अघोषित विद्युत् कटौतीले जनजीव...
आषाढ़ ४ गते, २०८३ - ०७:३०
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज टोरन्टो रंगशालामा सम्पन्न खेलमा घानाले पानामालाई १–० गोलअन्तरले पराजित गर्दै महत्वपूर्ण जित दर्ता गरेको छ। ...
आषाढ़ ४ गते, २०८३ - ०७:२७
बाँके । निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित रूपमा पानी छोड्न थालेपछि बाँकेका किसान खुसी भएका छन्। राप्तीसोनारी गाउँपालिका–२ अगैयास्थित राप...
आषाढ़ ४ गते, २०८३ - ०७:१५
काठमाडौं । अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने उद्देश्यसहित भएको अन्तरिम शान्ति सम्झौताका मुख्य बुँदाहरू सार्वजनिक भएका छन्। सम्झौतासँगै अमेरिकी रा...
आषाढ़ ४ गते, २०८३ - ०७:१०
काठमाडौं । सार्वजनिक पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्न गठन गरिएको आयोगले लक्ष्यअनुसार विवरण संकलन गर्न नसक्दा समय थपिँदासमेत काम सम्पन्न गर्न सकस हु...
आषाढ़ ४ गते, २०८३ - ०७:०७
काठमाडौं । वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण र श्रमिकका गुनासो सम्बोधनमा वैदेशिक रोजगार विभाग सक्रिय देखिएको छ। विभागले एकै दिन ९ जनालाई पक्र...
आषाढ़ ४ गते, २०८३ - ०७:०४
काभ्रे । अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति कार्य ‘बिटुमिन’ अभावका कारण दुई महिनादेखि प्रभावित बनेको छ। कालोपत्रे गर्ने मुख्य स...
आषाढ़ ४ गते, २०८३ - ०६:५८
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकको मुख्य एजेन्डा आगामी आर्थिक वर्षको बजेटसँग सम्बन्धित ‘विनियोजन विधे...
आषाढ़ ४ गते, २०८३ - ०६:५३
काठमाडौँ । संघीय संसदअन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ। बैठकमा स्थलगत अनुगमन, आगामी आर्थिक वर्षको बजेट तथा स्थानीय निर्वाचनको तयारीलगायत व...



प्रतिकृया लेख्नुहोस्: