Khabar Dabali १९ जेष्ठ २०८३ मंगलवार | 2nd June, 2026 Tue
Investment bank

खोटाङमा करेन्ट तथा विस्फोटक पदार्थ प्रयोग गरेर माछा मार्न प्रतिबन्ध

खबरडबली संवाददाता

खोटाङ । खोटाङको रावाबेँसी गाउँपालिकाले आफ्नो सीमा क्षेत्रका नदी तथा खोलामा करेन्ट तथा विस्फोटक पदार्थ प्रयोग गरेर माछा मार्न रोक लगाएको छ । दूधकोसी र रावाखोलामा अवैध तरिकाले करेन्ट तथा विस्फोटक पदार्थ प्रयोग गरेर माछा मार्ने गरेको गुनासो आएपछि गाउँपालिकाले सूचना जारी गर्दै नदी तथा खोलामा करेन्ट तथा विस्फोटक पदार्थ प्रयोगमा रोक लगाएको हो । 

करेन्ट र ब्लाष्टिङको प्रयोग गर्दा नदी तथा खोलामा भएका सबै किसिमका जलचरको अस्तित्व नै समाप्त हुने र पर्यवरणमा क्षति पुग्ने भएकाले सो कार्यमा रोक लगाउनुपरेको रावाबेँसी गाउँपालिका प्रमुख फटिककुमार श्रेष्ठले बताए । “माछा मार्नेक्रममा करेन्ट तथा ब्लाष्टिङ प्रयोगले माछासँगै जलचरसमेत पूर्णरुपमा नष्ट हुन्छ”, उनले भने, “आगामी दिनमा माछा मार्ने क्रममा नदी तथा खोलामा करेन्ट र विस्फोटक पदार्थ प्रयोग गरेको पाइएमा कानुनबमोजिम कडा कारबाही गरनेछ ।”  

रावाखोलामा धेरैजसो अन्यत्रबाट आउने व्यक्तिले माछा मार्नेक्रममा करेन्ट तथा विस्फोटक पदार्थ प्रयोग गर्ने गरेको गाउँपालिकाले जनाएको छ । दूधकोसीमा भने स्थानीय बासिन्दाले नै विष लगाउनुका साथै ब्लाष्टिङ हानेर माछा मार्ने गरेको बताइएको छ । 

जिल्लाको उत्तरी क्षेत्रमा बग्ने रावाखोलामा पाइने असला माछा देशभर प्रसिद्ध छ । रावाखोलामा पाइने असला माछाको सिकुटी राजधानी काठमाडौँलगायत विभिन्न सहर तथा बजारमा निर्यात हुने गरेको छ ।  रावाखोलाको माछा मारेर स्थानीय बासिन्दाले राम्रो आयआर्जनसमेत गर्दै आएका छन् । सावाखोला आसपास गर्ने कुभिण्डे, खार्पा, लामीडाँडा, हौँचुर, जालपालगायतका स्थानीय बासिन्दाले माछा मार्ने व्यवसाय गर्दै आएका छन् । 

रावाखोलामा प्रतिकेजी रु छ सय मा बिक्री हुँदै आएको असला माछाको सुकुटी जिल्लामै प्रतिकेजी रु तीन हजार पाँच सयमा बिक्री हुने स्थानीय बासिन्दाले बताएका छन् । जिल्लका रावाखोलासँगै तापखोला, साप्सुखोला, बुँवाखोला, टुवाखोला, देखुमखोलालगायतमा असला माछा पाउने गरेको छ । यसअघि केपिलासगढी गाउँपालिकाले पनि स्थानीय खोलामा करेन्ट तथा विस्फोटक पदार्थ प्रयोग गरेर माछा मार्न रोक लगाएको थियो । गाउँपालिकाले करेन्ट तथा विस्फोटक पदार्थ प्रयोग गर्न रोक लगाएपछि स्थानीय खोलामा असला माछासमेत वृद्धि भएको स्थानीय बासिन्दाले जानकारी दिएका छन् । 

गत वर्ष जनता समाजवादी पार्टी (जसपा) खोटाङले गठन गरेको सुरक्षा दलले माछा मार्नेक्रममा स्थानीय खोलामा विष लगाउने, करेन्ट लगाउने र ब्लाष्टिङ गर्नेलगायतका गतिविधिलाई रोक लगाउन सम्बन्धित पक्षलाई लगाउन आग्रह गरेको थियो । विष, करेन्ट र ब्लाष्टिङको प्रयोग गर्दा खोलामा भएका सबै किसिमका जलचरको अस्तित्व नै समाप्त हुने र कतिपय अवस्थामा करेन्ट लाग्दा मान्छेको ज्यान नै जाने गरेको उदारण प्रस्तुत गर्दै सुरक्षा दलले पर्यावरणको संरक्षण गर्दै माछाबाट आर्थिक उपार्जनमा टेवा पुग्ने किसिमका कार्यक्रम सञ्चालन गर्न जिल्लास्थित स्थानीय सरकार, जिल्ला प्रशासन र सुरक्षाकर्मीको ध्यानाकर्षण गराएको हो ।

सुरक्षा दलले स्थानीय खोला तथा नदीमा पाइने माछालाई आयआर्जनको माध्यमका रुपमा विकास गर्ने खालका कार्यक्रम सञ्चालन गर्न स्थानीय सरकारसमक्ष माग गरेको थियो । स्थानीय खोलामा पाइने माछालाई जैविक विविधतामा असर नपुग्ने गरी उचित समयमा सही विधि अपनाएर मार्ने र आर्थिक आयआर्जनमा टेवा पुग्ने गरी जनचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएको थियो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कृष्णबहादुर महरासँग १ लाख धरौटी माग्ने आदेश

काठमाडौं । विशेष अदालतले पूर्वसभामुख कृष्णबहादुर महरासँग भ्रष्टाचार मुद्दामा एक लाख रुपैयाँ धरौटी माग्ने आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष सुदर्श...

संसद्मा अमर्यादित गतिविधिको छानबिन गर्न तीन सदस्यीय समिति गठन

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले आइतबार प्रतिनिधिसभा बैठकमा भएको अमर्यादित गतिविधिको छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेका छन्। सोमबार प्रतिन...

विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक मंगलबारसम्म स्थगित

काठमाडौं । विपक्षी दलहरूले निरन्तर अवरोध जारी राखेपछि प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको छ। सभामुख डोलप्रसाद (डीपी) अर्यालले बैठक म...

दिल्ली विमानस्थलमा भाजपा नेताहरूले गरे रवीलाई स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने पाँचदिने भ्रमणका लागि भारत पुगेका छन्। भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रण...

महिलामाथि कुटपिट गरेको आरोपमा रास्वपाका स्थानीय नेता पक्राउ

जाजरकोट । एक महिलामाथि हातपात तथा कुटपिट गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्थानीय नेता मोहन विक्रम शाही पक्राउ परेका छन्। पक्रा...

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति गम्भीर र आपत्तिजनक : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाल–भारत सीमा सम्बन्धी दिएको अभिव्यक्तिलाई गम्भीर र ...

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा नेकपाको जोड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले नेपाल र भारतबीचको सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिएको छ । राष्ट्रिय हितका वि...

समस्या समाधानमा विपक्षीको साथ नपाएको सभामुख अर्यालको गुनासो गुनासो

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल (डीपी) ले संसद्मा देखिएका समस्या समाधानका प्रयासमा विपक्षी दलहरूको साथ नपाएको गुनासो गरेका छन्। प...

राष्ट्रिय सभा बैठक भोलिसम्मका लागि स्थगित

काठमाडौं । सांसदहरूको निरन्तर अवरोधपछि राष्ट्रिय सभा बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिप्रति आपत्ति जना...

संवेदनशील विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति निन्दनीय र घोर आपत्तिजनक : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले संसद्मा दिएको अभिव्यक्तिलाई निन्दनीय र घोर आपत्तिजनक भएको टिप्पणी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending