महोत्तरी । महोत्तरीको गौशालामा कृषि उपज बिक्री केन्द्र स्थापना हुने भएको छ । “न समयमा बीउ, मल पाइन्छ, न सिँचाइको भरपर्दो उपाय, तैपनि जेनतेन बाली उब्जाउँदैछौँ”, गौशाला–४ का ६० वर्षीय चन्द्रमान तामाङले भने, “यसरी उब्जाइएको बस्तुले पनि राम्रो बजार कहिल्यै पाएका थिएनौँ, बल्ल कृषि उपज बिक्री केन्द्र बन्ने भएछ ।” केन्द्र बनिसकेपछि आफ्नो उत्पादन बेच्न र भण्डारण गर्न सहज हुने जनाइएको छ ।
जिल्लामै फलफुल (आँप, लिची) र तरकारी उत्पादनको ‘पकेट क्षेत्र’ मानिएको गौशाला नगर क्षेत्रमा उपज भण्डारण र सङ्कलन तथा बिक्री केन्द्र नहुँदा किसानलाई समस्या हुँदै रहेको थियो ।
किसानले व्यहोरिरहेका समस्यालाई मध्यनजर गरेर नै गौशाला–५ बजार छेउमै मडहा नदीको किनारमा केन्द्र निर्माण गरिन लागिएको गौशालाकाका नगरप्रमुख डा दीपेन्द्र महतोले जानकारी दिए ।
“सरकारबाट केन्द्र निर्माणका लागि रकम प्राप्त भएको छ, हामीले ठाउँ छनोट गरिसकेका छौँ, निर्माणको ठेक्का बन्दोबस्त पनि लागिसकेको छ”, उनले भने, “अबका १८ महिनाभित्र अत्याधुनिक कृषि उपज सेन्टर निर्माण सम्पन्न भइसक्नेछ ।” केन्द्र निर्माणका लागि सरकारले रु सात करोड ८१ लाख ३४ हजार तीन सय ७६ को ठेक्का बन्दोबस्त गरिसकेको उनले स्पष्ट पारे ।
केन्द्र निर्माणका लागि काठमाडौँस्थित सान्दोर्जे निर्माण सेवाले कार्यादेश पाएको छ । कृषि उपजको व्यापार गर्नेलाई समेत केन्द्र निर्माणले सहज बनाउने नगरप्रमुख डा महतोको भनाइ छ । नगरका विभिन्न १२ वडा क्षेत्रका करिब ५० भन्दा बढी बस्ती विभिन्न मौसमी–बेमौसमी तरकारी उत्पादनका लागि उम्दा मानिन्छन् ।
त्यसैगरी आँप र लिचीसहितका फलपूmलको पनि गौशाला नगर क्षेत्र पकेट क्षेत्र रहँदै आएको छ । केन्द्र निर्माणले तरकारी र फलफुल किसान बढी लाभान्वित हुने कृषि ज्ञान केन्द्र महोत्तरी जलेश्वरका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत डा रामचन्द्र यादव बताउँछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: