महोत्तरी । महोत्तरीको गौशालामा कृषि उपज बिक्री केन्द्र स्थापना हुने भएको छ । “न समयमा बीउ, मल पाइन्छ, न सिँचाइको भरपर्दो उपाय, तैपनि जेनतेन बाली उब्जाउँदैछौँ”, गौशाला–४ का ६० वर्षीय चन्द्रमान तामाङले भने, “यसरी उब्जाइएको बस्तुले पनि राम्रो बजार कहिल्यै पाएका थिएनौँ, बल्ल कृषि उपज बिक्री केन्द्र बन्ने भएछ ।” केन्द्र बनिसकेपछि आफ्नो उत्पादन बेच्न र भण्डारण गर्न सहज हुने जनाइएको छ ।
जिल्लामै फलफुल (आँप, लिची) र तरकारी उत्पादनको ‘पकेट क्षेत्र’ मानिएको गौशाला नगर क्षेत्रमा उपज भण्डारण र सङ्कलन तथा बिक्री केन्द्र नहुँदा किसानलाई समस्या हुँदै रहेको थियो ।
किसानले व्यहोरिरहेका समस्यालाई मध्यनजर गरेर नै गौशाला–५ बजार छेउमै मडहा नदीको किनारमा केन्द्र निर्माण गरिन लागिएको गौशालाकाका नगरप्रमुख डा दीपेन्द्र महतोले जानकारी दिए ।
“सरकारबाट केन्द्र निर्माणका लागि रकम प्राप्त भएको छ, हामीले ठाउँ छनोट गरिसकेका छौँ, निर्माणको ठेक्का बन्दोबस्त पनि लागिसकेको छ”, उनले भने, “अबका १८ महिनाभित्र अत्याधुनिक कृषि उपज सेन्टर निर्माण सम्पन्न भइसक्नेछ ।” केन्द्र निर्माणका लागि सरकारले रु सात करोड ८१ लाख ३४ हजार तीन सय ७६ को ठेक्का बन्दोबस्त गरिसकेको उनले स्पष्ट पारे ।
केन्द्र निर्माणका लागि काठमाडौँस्थित सान्दोर्जे निर्माण सेवाले कार्यादेश पाएको छ । कृषि उपजको व्यापार गर्नेलाई समेत केन्द्र निर्माणले सहज बनाउने नगरप्रमुख डा महतोको भनाइ छ । नगरका विभिन्न १२ वडा क्षेत्रका करिब ५० भन्दा बढी बस्ती विभिन्न मौसमी–बेमौसमी तरकारी उत्पादनका लागि उम्दा मानिन्छन् ।
त्यसैगरी आँप र लिचीसहितका फलपूmलको पनि गौशाला नगर क्षेत्र पकेट क्षेत्र रहँदै आएको छ । केन्द्र निर्माणले तरकारी र फलफुल किसान बढी लाभान्वित हुने कृषि ज्ञान केन्द्र महोत्तरी जलेश्वरका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत डा रामचन्द्र यादव बताउँछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - ०९:३२
काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नक्खु कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...
पौष ४ गते, २०८२ - ०९:११
मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...
पौष ४ गते, २०८२ - ०९:०६
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केट...
पौष ४ गते, २०८२ - ०८:०९
म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ। निर्माणस्थलमा चलाइएका डोजरले पा...
पौष ४ गते, २०८२ - ०७:५६
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ । पार्टी...
पौष ४ गते, २०८२ - ०७:५३
काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्...
पौष ४ गते, २०८२ - ०७:५०
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बह...
पौष ४ गते, २०८२ - ०७:४२
काठमाडौँ। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मान...
पौष ४ गते, २०८२ - ०७:२०
काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले...
पौष ३ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...




प्रतिकृया लेख्नुहोस्: