काठमाडौं । पुस १० गते प्रधानमन्त्री भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज दोस्रो पटक विश्वासको मत लिँदैछन् । यसअघि पुस २६ गते विश्वासको मत लिँदा उनले संसदमा उपस्थित २७० मध्ये २६८ जना सांसदको मत पाएका थिए ।
दुई महिनामै सत्ता समीकरण फेरिँदा एमाले र राप्रपा सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि संवैधानिक बाध्यताअनुसार प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।
एमाले नेतृत्वको सात दलीय गठबन्धन भत्काएर चुनावअघिकै गठबन्धन ब्युँताएका प्रचण्डलाई दश दलीय गठबन्धनको साथ छ । गठबन्धनमा माओवादीसहित कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी, जनमत, नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय जनमोर्चा, आम जनता पार्टीले विश्वासको मत दिने भएका छन् ।
तर, सरकारबाट बाहिरिएपछि अझै समर्थन कायम राखेको प्रतिनिधिसभाको चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टीले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको छ । रास्वपाको प्रतिनिधिसभामा १९ जना सांसद छन् ।
कांग्रेस, रास्वपा र नेकपा एसले आजै बैठक बसेर प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेका छन् । योसँगै प्रधानमन्त्रीको पक्षमा ११ दल खुलेका छन्।
प्रचण्ड नेतृत्वको सरकारले संविधानको रक्षा, समृद्धि, स्थिरतालाई केन्द्रमा राखेर कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिन लागेको पार्टी प्रवक्ता प्रकाशशरण महतले बताए ।
कांग्रेस, नेकपा एससहित गठबन्धनमा सामेल अन्य साना दलले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने निश्चित छ । अहिले एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेमकिपामात्रै प्रधानमन्त्रीको विपक्षमा उभिने देखिएको छ ।
एमालेको ७८, राप्रपाको १४ र नेमकिपाको १ जना सांसदले विश्वासको मत नदिने निश्चित छ ।
प्रधानमन्त्री प्रचण्डले कांग्रेसको ८७, माओवादीको ३२, रास्वपाको १९, जसपाको १२, नेकपा एसको १०, जनमतको ६, लोसपाको ४, नाउपाको ४, राजमो र आम जनता पार्टीका एक(एक सांसदले विश्वासको मत पाउनेछन् । यीबाहेक केही स्वतन्त्र सांसदको पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने आकलन गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: