चितवन । चालु आर्थिक वर्षको आठ महिनामा जिल्लामा दुई सय १४ दुर्घटना भएका छन् । जिल्लामा भएका दुर्घटनामा परी ४९ जनाको मृत्यु भएको छ ।
ती दुर्घटनामा परी चार सय एक घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । जिल्लामा भएका दुर्घटनामध्ये सबैभन्दा धेरै भित्री सडकमा दुर्घटना भएको कार्यालयको तथ्याङ्कले देखाएको छ ।
तथ्याङ्कअनुसार भित्री सडकमा एक सय छ वटा दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ । पूर्वपश्चिम लोकमार्गमा ४८, नारायणगढ–मुग्लिन सडकखण्डमा ३७, पृथ्वी राजमार्गमा १४ र शहरी सडकखण्डमा नौ दुर्घटना भएको कार्यालयले जनाएको छ ।
कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजकुमार तामाङका अनुसार सवारी दुर्घटनामा परी मृत्यु हुनेमा सबैभन्दा बढी पुरुष रहेका छन् । चालीस पुरुषको मृत्यु भएको उनले जानकारी दिए । त्यस्तै पाँच महिला, दुई बालक र दुई बालिकाको पनि दुर्घटनामा परी मृत्यु भएको छ ।
घाइतेमध्ये एक सय २४ गम्भीर र दुई सय ७७ सामान्य रहेका छन् । दुर्घटनामा तीन सय २४ सवारी साधन परेको कार्यालयको तथ्याङ्कले देखाएको छ । दुर्घटनामा सबैभन्दा बढी एक सय ६५ मोटरसाइकल परेका छन् । जिपकार ५०, ट्रक ट्याङ्कर ४१, बस १९, शारीरिक शक्तिबाट चल्ने सवारी साधन १५, टेम्पो ११, माइक्रो बस आठ, टिपर पाँच, ट्याङ्कर छ र अन्य चार वटा रहेका छन् । तामाङले सवारी दुर्घटना घटाउनका लागि मानवीय त्रुटि न्यूनीकरण गर्न सचेतनाका कार्यक्रम सञ्चालन गर्ने योजनामा रहेको बताए ।
मानवीय त्रुटिसँगै मेकानिकल समस्या समाधानका लागि यातायात व्यवसायीसँग छलफल गरिँदै आएको उनको भनाइ छ । सडकका कारण पनि सवारी दुर्घटना हुने गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: