Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

रानी–जमरा–कुलरिया सिँचाइको काम आधा पनि भएन

खबरडबली संवाददाता

भजनी । आर्थिक वर्ष २०६८–६९ मा सुरु भएको राष्ट्रिय गौरव अन्तर्गतको आयोजना रानी जमरा कुलरिया सिँचाइको म्याद सकिन लाग्दा काम आधा पनि हुन सकेको छैन । निर्माण सुरु भएको एक दशकभन्दा बढी समय भइसक्दा पनि प्रगति भने न्यून अवस्थामा छ ।  कूल ३८ हजार तीन सय हेक्टरमा सिँचाइ सुविधा पुर्याउने उद्देश्यले सुरु भएको आयोजना निर्माणको म्याद आव २०८०–८१ मा सकिँदैछ । आयोजना विश्व बैंकको आर्थिक सहयोगमा निर्माण हुन लागेको हो । 

रानी, जमरा र कुलरिया गरी तीन खण्डमा काम भइरहेको आयोजनाको रानी र कुलरिया खण्डको कामको प्रगति सन्तोषजनक छैन । जमरा खण्डको कामले सुरुदेखि नै गति लिएको भए पनि रानी र कुलरिया क्षेत्रको कामबाट आयोजनाकै अधिकारी पनि सन्तुष्ट छैनन् । 

एउटै समयमा सुरु भएको कामको प्रगति हेर्दा रानीको १८ प्रतिशतमात्रै भएको छ भने कुलरिया खण्डमा २० प्रतिशत काम सम्पन्न भएको छ । सबैभन्दा बढी जमरा खण्डमा ६५ प्रतिशत काम सम्पन्न भएको आयोजनाका इञ्जिनियर प्रेम लासिवाको भनाइ छ । निर्माण कम्पनीको लापरबाहीका कारण काम सुस्त भएको आरोप लगाउँदै निर्धारित समयमा काम सम्पन्न नहुने उनको भनाइ छ । 

“सबै क्षेत्रमा एकैसाथ काम सुरु भएको हो, एउटा कम्पनीले ६५ प्रतिशत काम पूरा हुँदा दुई कम्पनीको कामको प्रगति ज्यादै न्यून छ”, उनले भने, “हामीले ताकेता गरिरहेका छौँ तर निर्माण कम्पनीले काम गर्न सकेको छैन ।” आयोजनाको काममा लागि तीनवटा निर्माण कम्पनीले ठेक्का पाएका छन् । जसअन्तर्गत रानी कुलोको ठेक्का गौरीशङ्कर निर्माण सेवा र जिभिभी भारतीय कम्पनीले संयुक्तरूपमा लिएका छन् । साथै जमराको ठेक्का रामेछाप निर्माण सेवा र कान्छाराम निर्माण सेवाले पाएका छन् भने कुलरिया खण्डमा हाइहिमालय हाइड्रो कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको छ । 

दुई वर्ष कोरोना सङ्क्रमणको कारणले काममा ढिलासुस्ती भएको र अहिले आर्थिक मन्दीका कारण काम गर्न समस्या भएको निर्माण कम्पनीहरुको दाबी छ ।  रामेछाप निर्माण सेवाका साइट इन्चार्ज छिरिङ शेर्पाले आयोजनाको काम सम्पन्न हुनसक्ने स्थिति  नदेखिएको स्वीकार गरे । “काम गर्दै आएका छौँ । सम्पन्न गर्नुपर्ने समय नजिकिँदै आएको छ । अझै करिब ३० प्रतिशतभनदा बढी काम बाँकी छ”, उनले भने, “काम गर्दै जाँदा आएका समस्याका कारण समयमा काम सक्न ढिलाइ भएको हो । कयौँ ठाउँमा डिजाइन नै परिवर्तन गर्दै काम गर्नुपर्ने स्थिति काम गर्दै जाँदा आयो ।” कम्पनीले मरा कुलो क्षेत्रको संरचना निर्माणका लागि रू ५४ करोडमा ठेक्का पाएको थियो ।

कुलरिया कुला क्षेत्रको कामको जिम्मा पाएको हाइहिमालय हाइड्रो कन्स्ट्रक्सनका साइट इन्चार्ज निर्भय रिसाल पनि सम्झौता म्यादभित्र काम सम्पन्न हुने सम्भावना नरहेको बताउँछन् । उनले काम ढिलो हुनुमा निर्माण कम्पनीको नभई आयोजना कार्यालयको दोष  देखाए ।  “काम किन ढिलो भयो भनेर हामीलाई होइन, आयोजना कार्यालयलाई राम्रोसँग थाहा छ । हाम्रो कारणले काममा ढिलाइ भएको छैन”, उनले भने, “कामका बारेमा कति प्रगति निकै कम भएको छ । त्यसमा काम गर्ने वातावरण आयोजना कार्यालयले बनाउन नसकेकै कारण काम हुन नसकेको हो ।”

निर्माण व्यवसायीका कारण आयोजनाको काम धरापमा पर्ने चिन्ता रानी जमरा कुलरिया सिँचाइ प्रणाली जल उपभोक्ता मूल समितिको छ । समितिका अध्यक्ष कुमारराज शाहीले निर्माण कम्पनी जिम्मेवार नबन्दा आयोजनाको काम समयमा सम्पन्न हुनसक्ने अवस्था नरहेको स्पष्ट पारे । उनले आयोजनाले काम गर्न ताकेता गर्दा पनि ठेकेदार कम्पनीले आयोजनालाई नटेरेको आरोप लगाए । “ठेकेदारले काम गर्दैन, आयोजना कार्यालयको निर्देशनको कार्यान्वयन हुँदैन । किसानले मूल समितिलाई आरोप लगाउँछन्”, अध्यक्ष शाहीले भने, “समस्या किसानलाई भएको छ । समयमा कुलोमा पानी ल्याउन पाएको छैन । समयमा खेती गर्न पाएको छैन ।”

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेन र जेन–जी अगुवाहरुबीच भेटवार्ता जारी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र जेन–जी अगुवाहरूबीच भेटवार्ता भएको छ। बिहीबार अपराह्न साढे ४ बजे उनीहरूबीच छलफल सुरु भए...

रवि, बालेन र कुलमानबीच आज साँझ फेरि भेटवार्ता हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), ऊर्जामन्त्री कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने...

काम गर्दा गर्दैपनि दिनदिनै गालीगलौज र राजीनामाको दबाब झेल्नुपरेको छ : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन–जी समूहबाट निरन्तर सरकार छोड्न दबाब आइरहेको गुनासो गरेकी छन्। बिहीबार बाह्रखरी कथा प्रतियोग...

बालेन शाह र बाबुराम भट्टराई बीच पनि भेटवार्ता

काठमाडौं । काठमाडौंका मेयर बालेन शाह र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। आज अपराह्न, भट्टराई ललितपुरस्थित छलफल स्थलमा अपराह्न...

रमेश लेखक जाँचबुझ आयोगमा बयान दिन जाने

काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले आफू जाँचबुझ आयोगमा बयान दिन जाने तयारीमा रहेको बताएका छन्। बिहीबार केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर...

बालेनलाई भेटेर केहि बेरमै निस्किए शिशिर खनाल

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग रास्वपा नेता शिशिर खनालले भेट गरेका छन्। नेता खनाल भेटका लागि ललितपुरको ज्वागलस्थित मेयर शाहका सह...

चितवन–३ बाट एकल रेनु दाहाल सर्वसम्मत उम्मेदवारमा सिफारिस

चितवन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललाई चितवन क्षेत्र नं. ३ बाट आगामी निर्वाचनका लागि सर्वसम्मत उम्मेदव...

रवि लामिछाने र बालेन शाहबीच फेरि छलफल हुने

काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच फेरि राजनीतिक छलफल हुने भएको छ। आगामी निर्वाचनमा सहकार्य गर्ने ...

रवि लामिछानेलाई प्रश्न: लौरो टेक्ने कि घण्टी बजाउने ?

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले काठमाडौंका मेयर बालेन शाहसँग वार्ता गरेका छन्। यो वार्ता ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको ...

उच्च शिक्षाको लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्नु जरुरी: प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले शिक्षामा लगानी बढाउनु जरुरी रहेको बताएको छिन्। बिहीबार त्रिभुवन विश्व विद्यालयको दीक्षान्त समारोहलाई सम्बोध...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending