काठमाडौं । ललितपुरको नख्खु–भैंसेपाटी सडक खण्डको काम सुरु भएको ६ वर्ष भयो । अहिलेसम्म सडकले नयाँ स्वरुप पाउन सकेको छैन । त्यही बाटो पार गरेर दैनिक मन्त्रीदेखि विदेशी राजदूतसहित दर्जनौं भीआईपी ओहोरदोहोर गर्छन् ।
तर बाटोको बारेमा के भइरहेको छ भन्ने कसैलाई जानकारी छैन । बाटो निर्माण हुनुभन्दा पछि शुरु भएको भैंसेपाटीमा नयाँ मन्त्री क्वार्टर, मुख्यमन्त्री र प्रदेश प्रमुखको आवास निर्माण सम्पन्न हुने चरणमा पुगेको छ ।
सडकको दुरावस्था हेर्न उपप्रधान तथा भौतिक योजना तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ उक्त क्षेत्रमा दुईपटक पुगेका छन्। चार दिनअघि उनी दोस्रोपटक दलबलसहित सो सडकखण्ड पुगेका थिए । मन्त्री श्रेष्ठले तत्काल सडक कालोपत्रे गर्न निर्देशन दिँदै फर्कने गरेका छन्। तर उपलब्धि हुन सकेको छैन ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोषिमा कार्कीले सो बाटोको बारेमा आफूले दैनिकजसो फलोअप गरिरहेको बताइन् । उनले भनिन्– ‘म यो क्षेत्रको सांसद भएपछि प्रतिनिधिसभामा विशेष समय लिएर सो सडक खण्डको बारेमा बोलेको थिएँ । तत्काल भौतिक योजना तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले टेलिफोन गरी सो सडकको निर्माण भइरहेको बताउनुभएको थियो, अहिले काम भइरहेको छ । हामीले वैशाखसम्म काम सक्ने आश्वासन पाएका छौं ।’
हरेक साँझ बिहान सोही बाटो हिँड्ने गरेकी सांसद डा. कार्कीले शुरुमा ठेकेदार र अहिले सडकको कारण समस्या भएको बताइन्। उनले भनिन्– ‘समस्यै समस्या थियो, अहिले समाधान भइसकेको छ । सरकारले करिब २ करोड रुपियाँ बजेट विनियोजन गरेर पानीको पाइपलाइनको काम शुरु गरेको छ । त्यसलगत्तै सडकको काम शुरु हुन्छ ।’
उनले सडक निर्माणको विषयमा दबाब दिन आफूले सडक विभाग, मन्त्रालय, सिडियो र स्थानीय तहलाई निरन्तर दबाब जारी राखेको बताइन् । सडक कालोपत्रे नगर्दा स्थानीयलगायत आम सर्वसाधारणले ठूलो समस्या भोगिरहेका छन् ।
‘हामीले पटकपटक अनुरोध गरिरहेका छौं, बाटोमा हिँड्न सक्ने अवस्था छैन, अब बनाउँछौं भन्छन् तर कहिले बन्छ भन्न सक्ने अवस्थामा छैन’ –ललितपुर महानगरपालिका–१८ का वडा अध्यक्ष दामोदर खड्काले भने । ३ किलोमिटर उक्त सडक भत्काएर बनाउन थालेको वर्षौ बित्दा पनि कसैले बोल्न सकेका छैनन् । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २६ गते, २०८० - ०९:२८
वाशिङ्टन डिसी । नेपाल संयुक्त राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद्को सदस्यमा निर्वाचित भएको छ। नेपाल सन् २०२४ देखि २०२६ सम्मका लागि सदस्यमा निर्वाच...
जेष्ठ २६ गते, २०८० - ०९:१३
म्याग्दी । म्याग्दी र पर्वत जिल्लाको सिमाना भएर बग्ने कालीगण्डकी नदीमा बेलीब्रिज जडान गर्ने योजना लक्ष्यअघि नै निर्माण सकिएको छ । म्याग्दीको बेनी नगरप...
जेष्ठ २६ गते, २०८० - ०९:०६
झापा । झापाको बिर्तामोड नगरपालिकाको नगर अस्पताल भवन शिलान्यास गरिएको छ । बिहीबार एक कार्यक्रमका बीच नगरप्रमुख पवित्रा महतारा प्रसाईँले भवनको शिलान्यास...
जेष्ठ २६ गते, २०८० - ०८:४०
काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पमाथि ह्वाइट हाउस छोडेपछि गोप्य दस्तावेजहरूको व्यवस्थापनलाई लिएर औपचारिक रूपमा अभियोग दायर गरिएको छ। ...
जेष्ठ २६ गते, २०८० - ०८:३३
मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित ऐतिहासिक धार्मिकस्थल इच्छाकामना माता माईको मन्दिर भक्तजनका लागि खुला गरिएको छ । मन्दिर पुनःनिर्माण सम्...
जेष्ठ २६ गते, २०८० - ०७:५५
काठमाडौं । निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको निर्णयबारे सर्वदलीय छलफल गर्ने भएको छ। संविधानविपरीत जिल्ला निर्वाचन कार्या...
जेष्ठ २६ गते, २०८० - ०७:४९
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले तराई भेगमा तापक्रम अझै केही दिन नघट्ने जनाएको छ। शुक्रवार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी महाशाखाले अझै केही...
जेष्ठ २६ गते, २०८० - ०७:३९
कैलाली । कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेज सञ्चालनको प्रारुपमै अलमल देखिँदा स्थानीयवासीमा चिन्ता र चासो बढेको छ । अलमलका बीच मेडिकल कलेज...
जेष्ठ २६ गते, २०८० - ०७:३१
पोखरा । गण्डकी प्रदेश सरकारले ‘प्रदेश सरकारको साझेदारी, बाँझो रहन्न खेतबारी’ अभियान सञ्चालन गर्ने भएको छ । सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति...
जेष्ठ २६ गते, २०८० - ०७:२७
सुवास नेम्वाङको आग्रह- कसैमाथि लक्षित गरी गालीगलौज गरिनुहुन्न, शिष्ट हुनुस्
प्रतिकृया लेख्नुहोस्: