काठमाडौं । नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा जाने भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा शनिबार बसेको पदाधिकारी बैठकमा खड्काको नेतृत्वमा जाने सहमति बनेको हो।
एमाले नेतृत्वको गठबन्धन भत्काएर माओवादीलाई पुरानै गठबन्धनमा फर्काउन खड्काले महत्वपूर्ण भूमिका खेलेका थिए। त्यसैले देउवाले खड्कालाई उपप्रधानसहित पार्टीको नेतृत्व गरेर पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पठाउन तयार भएका हुन्।
दश दलीय गठबन्धनमा कांग्रेसले ८ वटा मन्त्रालय पाउने लगभग सहमति भइसकेको छ। कांग्रेसबाट उपभापति खड्काले नेतृत्व गरेर सरकारमा जाने निश्चित भएको एक पदाधिकारीले बताए। उनले उपप्रधान तथा अर्थमन्त्रीकै रुपमा सरकारमा जान चाहेको बताइन्छ ।
सभापति देउवाले अर्थमन्त्रीमा प्रवक्ता प्रकाशशरण महतलाई पठाउने अडान लिए पनि उनी उपप्रधान तथा रक्षा मन्त्री बनेर पनि सरकारमा सहभागी हुने खड्का निकट स्रोत बताउँछ ।
साना पार्टीले अस्वभाविक दाबी गरेकाले कांग्रेसलाई ८ भन्दा बढी मन्त्रालय दिन नसक्ने प्रधानमन्त्री प्रचण्डले संकेत गरेको देउवाको ब्रिफिङ थियो ।
तर, कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले ठूलो दलको हैसियतले सम्मानजनक संख्या पाउनेगरी पार्टी सरकारमा सहभागी हुने बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २३ गते, २०८० - ०९:०९
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आज प्रसिद्ध धार्मिक पर्यटकीय स्थल खप्तड गएका छन्। आजदेखि सुरु हुने तीन दिने खप्तड आध्यात्मिक सम्मेलनको उद्घाटन...
जेष्ठ २३ गते, २०८० - ०८:४४
माओवादीले थाल्यो समर्थन फिर्ता लिएर आफ्नै नेतृत्वमा सरकार गठनको पहल
जेष्ठ २३ गते, २०८० - ०८:१८
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पिनर सन्दीप लामिछाने दक्षिण अफ्रीका प्रस्थान गरेका छन्। सन्दीप सोमबार राति दक्षि...
जेष्ठ २३ गते, २०८० - ०८:०८
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा चालू आर्थिक वर्षको ११ महिनाका अवधिमा १ करोडभन्दा बढी आम्दानी भएको छ । भक्तजनको आगमनसँ...
जेष्ठ २३ गते, २०८० - ०७:५५
काठमाडौं । संघीय संसद् अन्तर्गत दुवै सदनको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजेबाट सुरु हुनेछ । बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को राजस्व र...
जेष्ठ २३ गते, २०८० - ०७:४९
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकतासम्बन्धी विधेयक कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेकाम...
जेष्ठ २३ गते, २०८० - ०७:४२
काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को आर्थिक विधेयक तर्जुमा कुनै पनि अनधिकृत व्यक्तिको संलग्नता नरहेको स्पष्ट पारेको छ । मन्त्रालयले ...
जेष्ठ २३ गते, २०८० - ०७:३३
लुम्बिनी । पछिल्लो समय आन्तरिक पर्यटकसँगै लुम्बिनीमा भारतीय र तेस्रो मुलुकका पर्यटक आउनेक्रम बढेको छ । यसै क्रममा पछिल्लो पाँच महिना अर्थात् २०२३ को ज...
जेष्ठ २३ गते, २०८० - ०७:२६
दाङ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी नेतृत्वले गरेका गलत निर्णयको समर्थन गर्न नसकिने बताएका छन् । उनले नेतृत्वका गलत निर्णयविरुद्...
जेष्ठ २३ गते, २०८० - ०७:२२
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयअन्तर्गत विनियोजन गरेको बजेटमध्ये झण्डै ७५ प्रतिशत तलब भत्तामा खर्च हुने भएको छ । करिब साढे ३ लाखक...
प्रतिकृया लेख्नुहोस्: