Ntc
Khabar Dabali २४ जेष्ठ २०८० बुधबार | 7th June, 2023 Wed

विकासको पर्खाइमा ‘सूर्य ओढार’

खबरडबली संवाददाता

कपिलवस्तु । अर्घाखाँची–कपिलवस्तुको सीमा नजिकै पर्छ सूर्य ओढार। बाणगङ्गा क्षेत्रको पूर्व–पश्चिम राजमार्गबाट उत्तरी क्षेत्रको जङ्गली एरिया कटेर सूर्य ओढार पुग्न सकिन्छ। विगतमा खासै चर्चामा नआएको यो स्थान पछिल्लो समय  चर्चामा आएको छ।

कपिलवस्तुसँगै सीमा जोडिएको अर्घाखाँचीको शीतगङ्गा नगरपालिका वडा नं १४ पावरा–विक्रम गाउँ नजिकै छ सो स्थान रहेको छ। स्थानीयले सूर्य ओढारका रूपले चिन्ने गरे पनि यसको महत्व बुद्धसँग जोडिन पुगेको जनाइएको छ।

बुद्धसँग सम्बधित रहेर यसको खोज र अनुसन्धानमा लाग्नुभएका पोमनारायण पौडेल सूर्य ओढारका रूपमा चिनिने यो स्थान बुद्धको देशनालय रहेको बताउँछन्। 

लुम्बिनी बौद्ध विश्वविद्यालयका विद्यार्थीसमेत रहेका उनी भन्छन्, ‘कपिलवस्तु महावन क्षेत्र हो, जसअन्तर्गत यस ठाउँ बुद्धले त्यस बेलाका देवता र दानवलाई देशना गरेको हिसाबले यो ठाउँ महत्वपूर्ण छ। शाक्यमुनी गौतम बुद्धले जेष्ठ पूर्णिमाको राति यहाँ देशना गर्नुभएको थियो।’

महासमय सूत्र बुद्धकालीन समयमा सुनाउने सूत्र हो। बुद्धले बुद्धत्व प्राप्त गरेको पवित्र कपिलवस्तु भूमिमा देवतादेखि दानवसम्मलाई महासमय सूत्र सुनाउने गर्थे। त्यो सुनाउने स्थान कपिलवस्तु महावन हो। यो महावनलाई व्याख्या गरिएअनुसार पर्वत शृङ्खला नजिकै, एक नदी र गुफा क्षेत्र रहेको बौद्धग्रन्थमा उल्लेख रहेको उनले बताए।

उनका अनुसार त्रिपिटकमा गरिएको ब्याख्याअनुसार कपिलवस्तु महावनमा बुद्धले देशना गरेको र जहाँ युगान्दर पर्वत, भागीरथि नदी र एक गुफा रहेको भन्ने छ। यो स्थान कपिलवस्तुका अन्य कुनै स्थानमा नभएकाले ब्याख्या गरिएअनुसार सबै कुरा यहाँ मिलेको उनले दाबी गरे।

सूर्य ओढार पहाड नजिकै छ। यसको नजिकै भागीरथि नदी (बाणगङ्गा) बग्छ भने एक गुफा यसलाई सूर्य ओढारका नामले चिनिन्छ। बौद्धग्रन्थमा उल्लेख भएअनुसार यस ठाउँको खोज र अनुसन्धानमा विद्वानहरू लागिपरेका छन्। विपस्यनाका वरिष्ठ सहायक आचार्य अक्कलध्वज गुरुङका अनुसार कपिलवस्तु महावन भागीरथि नदीको आसपास भएको बताए।

जीवनभर बुद्धका अध्ययनमा लाग्नुभएका अनुसार कपिलवस्तु महावनमा बुद्धले गरेको देशनालयस्थल सूर्य गुफा नै हो।

बुद्धले २९ वर्ष विताएको तिलौराकोट र बुद्धले बुद्धत्व प्राप्त गरी फर्केर आएको कुदानको ठीक उत्तरमा यो क्षेत्र पर्छ। तिलौराकोटमा हाल उत्खनन भइरहेको छ। यसक्रममा बौद्धकालीन संरचना थप भेटिने क्रममा छन्। 

पौराणिककालमा भागीरथी नदीले चिनिएको बाणगङ्गा नदी नजिकै रहेको तिलौराकोट र बुद्धले देशना गरेको उत्तर क्षेत्रको भागीरथी नदी नजिकै सूर्य गुफा परेका कारण यसको तथ्यलाई थप पुष्टि गरेको शीतगङ्गा नगरपालिकाका पूर्व उपप्रमुख टीका रेश्मीले बताए।

पावरा–विक्रमका गाउँलेहरूले सूर्य उदाएको देखिएपछि यस ठाउँलाई सूर्य ओढार नामकरण गरेका थिए। स्थानीयबाहेक खासै चर्चामा नआएको यो गुफा बुद्धसँग जोडिएपछि थप चर्चामा आएको छ। बुद्धको खोज र अनुसन्धान भइरहँदा कतिपय किताबमा उल्लेख भएका तथ्य खोज्ने अभियानमा अभियान्ता लागिपरेका छन्। 

यसले सूर्य ओढारको क्षेत्रलाई बुद्धको देशनालयसँग जोडेको हो। फागुनको दोस्रो हप्ता यहाँ ४० भिक्षुलगायत दर्शनौँको सङ्ख्यामा बौद्ध अनुयायी आएका थिए। उनीहरूले यसलाई थप पुष्टि गर्ने आधार खोजेका थिए।

बहुसङ्ख्यक थाईलगायत विभिन्न देशका भिक्षु उपस्थित रहेको त्यस दिन सूर्य ओढारको अवलोकन गर्नुका साथै आगामी दिनमा यहाँ गर्नुपर्ने विकासबारे चर्चा गरिएको थियो। यसको प्रचार–प्रसारको मुख्य अगुवाइ शीतगङ्गा नगरपालिकाका पूर्व उपप्रमुख रेश्मीले गरेका थिए। यसको विकास र प्रचार–प्रसारका लागि भिक्षुलगायत बुद्धका अनुयायीको अवलोकन महत्वपूर्ण रहेको उनले जनाए। 

भिक्षुसँगै आएका बौद्ध अनुयायीले यहाँको अवलोकन गर्दै वास्तविकता पत्ता लगाउने कोसिस गर्नु यस क्षेत्रका लागि महत्वपूर्ण अवसर भएको उनले बताए। 

बाणगङ्गा नगरपालिका–८ निवासीसमेत रहनुभएका पोमनारायण पौडेलले सूर्य ओढारसम्म पुग्ने बाटोको विकास महत्वपूर्ण रहेको बताउनुभयो । त्यहाँ पुग्ने बाटो कच्ची भएको र थप बाटो विस्तार गर्न जङ्गली क्षेत्र रहेकाले वनसँग समन्वय गरी बाटोको थप विस्तार गर्नुपर्नेमा उनको जोड छ।

देशनालयका लागि त्यहाँ पुग्ने भिक्षुलाई बस्ने प्रबन्ध नभएकोसमेत उनले बताए। ‘खुला आकाशमुनि ध्यान गर्दा घामपानी, हावाहुरी र वर्षाले प्रभाव पार्ने हुँदा केही संरचना तत्काल निर्माण गर्नुपर्छ’ उनले भने।

पावरा विक्रमका स्थानीय भीमबहादुर बुढाले आँखै अगाडि रहेको क्षेत्रको विकासका लागि आफूहरू कम्मर कसेर लाग्ने बताए। बुद्धकालीन सभ्यतासँग जोडिएको भूगोल भएकाले यसको विकास के–कसरी गर्न सकिन्छ सरोकारवालासँग मिलेर अगाडि बढ्ने उनले जनाए। रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्री प्रचण्ड किन गए खप्तड ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आज प्रसिद्ध धार्मिक पर्यटकीय स्थल खप्तड गएका छन्। आजदेखि सुरु हुने तीन दिने खप्तड आध्यात्मिक सम्मेलनको उद्घाटन...

कोशीमा एमाले नेतृत्वको सरकार ढल्ने निश्चित ! निर्णायक भएपछि राप्रपाको नजर मुख्यमन्त्रीमा

माओवादीले थाल्यो समर्थन फिर्ता लिएर आफ्नै नेतृत्वमा सरकार गठनको पहल

सन्दीप लामिछाने गए दक्षिण अफ्रिका

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पिनर सन्दीप लामिछाने दक्षिण अफ्रीका प्रस्थान गरेका छन्।  सन्दीप सोमबार राति दक्षि...

गलेश्वरको आम्दानी ११ महिनामा करोड नाघ्यो

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा चालू आर्थिक वर्षको ११ महिनाका अवधिमा १ करोडभन्दा बढी आम्दानी भएको छ । भक्तजनको आगमनसँ...

संसद्का दुवै सदनको बैठक बस्दै, बजेटमाथिको छलफल जारी रहने

काठमाडौं । संघीय संसद् अन्तर्गत दुवै सदनको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजेबाट सुरु हुनेछ । बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को राजस्व र...

नागरिकता विधेयकबारे लोसपा- राष्ट्रपतिको कदम ऐतिहासिक, सर्वोच्चको आदेशप्रति असन्तुष्टि

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकतासम्बन्धी विधेयक कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेकाम...

अर्थ मन्त्रालयको प्रष्टीकरण- बजेट बनाउन अनधिकृत व्यक्तिको संलग्नता छैन

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को आर्थिक विधेयक तर्जुमा कुनै पनि अनधिकृत व्यक्तिको संलग्नता नरहेको स्पष्ट पारेको छ ।  मन्त्रालयले ...

लुम्बिनीमा पाँच महिनामा चार लाख ७० हजार पर्यटक भित्रिए

लुम्बिनी । पछिल्लो समय आन्तरिक पर्यटकसँगै लुम्बिनीमा भारतीय र तेस्रो मुलुकका पर्यटक आउनेक्रम बढेको छ । यसै क्रममा पछिल्लो पाँच महिना अर्थात् २०२३ को ज...

देउवालाई गगनको जवाफ- नेतृत्वले गरेका गलत निर्णयको समर्थन गर्न सकिँदैन

दाङ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी नेतृत्वले गरेका गलत निर्णयको समर्थन गर्न नसकिने बताएका छन् । उनले नेतृत्वका गलत निर्णयविरुद्...

शिक्षा मन्त्रालयमा बजेटको ७५ प्रतिशत तलब भत्तामा खर्च

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयअन्तर्गत विनियोजन गरेको बजेटमध्ये झण्डै ७५ प्रतिशत तलब भत्तामा खर्च हुने भएको छ ।  करिब साढे ३ लाखक...

अरु धेरै
Right path detel page
Vianet Nepal Internet

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Salt Trending Detail Page