काठमाडौं । विराटनगर महानगरपालिका– ७ स्थित माछापुच्छ्रे बचत तथा ऋण सहकारीको आठ करोड ठगीमा अध्यक्ष अमलेश कर्ण कारागारमा छन् । तर, उक्त सहकारीमै दुई कार्यकाल सञ्चालक सदस्य रहेका कांग्रेस युवा संगठन तरुण दल मोरङका पूर्वअध्यक्ष प्रभाकर थापाले भने उन्मुक्ति पाएका छन् ।
माछापुच्छ्रे सहकारी ठगीमा थापाविरुद्ध पक्राउ पुर्जी जारी भए पनि उनी फरार छन् । तर, राजनीतिक शक्तिका आडमा उनलाई पक्राउ गर्न नसकिएको प्रहरी स्रोत बताउँछ । हाल कांग्रेसका नेता रमेश लेखक गृहमन्त्री छन् । फरार रहेको भनिएका थापा कांग्रेसका उच्च नेताहरूसँग नियमित सम्पर्कमै रहेको स्रोत बताउँछ ।
पक्राउ परेका कर्ण भने जिल्ला अदालत मोरङले २ असोजमा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएसँगै मोरङ कारागार चलान भएका थिए । उनी ०७४ मा विवेकशील साझा पार्टीको तर्फबाट मोरङ ४ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार तथा ०७९ को स्थानीय तह निर्वाचनमा सोही पार्टीबाट विराटनगर महानगरपालिकाको मेयर पदका उम्मेदवार बनेका थिए ।
मोरङ प्रहरी प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले माछापुच्छ्रे सहकारी ठगी मुद्दामा पुरानो सञ्चालक समिति, नयाँ समिति, ऋणी र केही अडिटर गरी १२२ प्रतिवादी रहेको बताए । ‘पक्राउ परेका कर्णलाई जिल्ला अदालत मोरङले २ असोजमा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएसँगै उनी जिल्ला कारागार मोरङमा छन् । बाँकी अभियुक्त फरार छन्,’ उनले भने, ‘पक्राउ नपरेकाको नाम पनि मिसिलमा समावेश भएर गएको छ । फरारको खोजी भइरहेको छ ।’
माछापुच्छ्रे सहकारीले बचतकर्ता ठगेको भनेर तीन वर्षअघि नै कोशी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयमा उजुरी परेको थियो । कार्यालयका सूचना अधिकारी मनोज कार्कीका अनुसार कार्यालयले छानबिन समिति बनाएर अध्ययन पनि गरेको थियो । अध्ययनमा आठ करोड आठ लाख हिनामिना भएको भेटिएको सूचना अधिकारी कार्कीले बताए । ‘यो प्रारम्भिक अध्ययनमा देखिएको हो,’ उनले भने, ‘सहकारी चार करोड नोक्सानमा रहेको देखिन्छ ।’
उजुरी परेलगत्तै पटक–पटक छलफल गर्दा र पत्र काटेर ताकेता गर्दा पनि बचतकर्ताको बचत फिर्ता नगरेपछि जिल्ला प्रहरी कार्यालय मोरङलाई मुद्दा प्रक्रिया अघि बढाउन २० जेठ ०८० मा पत्र काटिएको उनले बताए । प्रहरीले अनुसन्धानका क्रममा लेखाविज्ञसमेत मागेकाले ११ असोजमा रजिस्ट्रारको कार्यालयले पत्र पठाएको बताए ।
०५७/५८ दर्ता भएको यो सहकारीमा ९०५ सेयर सदस्य रहेको प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयले जनाएको छ । सूचना अधिकारी कार्कीका अनुसार यो सहकारीमा विगतदेखि नै बचतकर्ताको बचत हिनामिना भएको देखिएको थियो । त्यसैले, वर्तमान र पूर्व दुवै समितिलाई अनुसन्धानको दायरामा ल्याउन पत्र लेखिएको उनले बताए । यो समाचार नयाँपत्रिका दैनिकबाट साभार गरिएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २० गते, २०८२ - ०८:१९
काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बुधवार साँझ ह्वाइट हाउसबाट राष्ट्रका नाममा सम्बोधन गर्दा इरान युद्धबारे विगतमा आफूले भन्...
चैत्र २० गते, २०८२ - ०८:१५
फागुनमा मूल्यवृद्धि दर एक वर्षयताकै उच्च, यसको प्रभाव देखिन दुई–तीन महिना लाग्ने
चैत्र २० गते, २०८२ - ०८:१०
दमौली । डुम्रे बेँसीसहर सडकअन्तर्गत तनहुँको भानु नगरपालिकाको कुकुदी– तुरतुरे खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ । भानु नगरपालिका–३ कुकुर्दीदेखि ...
चैत्र २० गते, २०८२ - ०८:०८
काठमाडौं । निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित भएका छन् । निर्वाचन समितिले घोषणा गरेको परिणामअनुसार पाण्डे ५१४ मत ल्याएर विजयी...
चैत्र २० गते, २०८२ - ०८:०२
पदाधिकारीकै आपत्तिपछि सचिवालय बैठकमा छलफल गरिने
चैत्र २० गते, २०८२ - ०७:५०
सुनसरी । पिपलको छहारीमुनि बिछ्याइएका प्लास्टिकका म्याट र बोरा । पिपलको रुखमा अड्याइएको बोर्डमा लेखिएको छ– ‘श्री पिपलबोटे खुला विद्यालय ।’ जहाँ नर्स...
चैत्र २० गते, २०८२ - ०७:४१
काठमाडौँ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले रु १४ खर्ब ४९ अर्ब ६५ करोडबराबरको विप्रेषण देशभित्र पठाएका छन् । नेपाल राष्ट्र बै...
चैत्र २० गते, २०८२ - ०७:३८
काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम छ । यसका कारण गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा साधारणतया बादल लाग...
चैत्र २० गते, २०८२ - ०७:२४
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एम्बुलेन्स सेवालाई वैज्ञानिक, व्यावहारिक र थप सहज बनाउँदै लानका लागि दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालनको तयारी था...
चैत्र २० गते, २०८२ - ०७:२३
जुम्ला । कर्णाली राजमार्ग सडकखण्डका वर्षौँदेखि अलपत्र अवस्थामा रहेको दश वटा रुग्ण ठेक्का एकैपटक सडक डिभिजन कार्यालयले तोड्ने प्रक्रिया सुरु गरेको छ । ...


प्रतिकृया लेख्नुहोस्: