Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

सहकारीको आठ करोड ठगी गर्ने कार्यकर्ता जोगाउँदै गृहमन्त्री लेखक

एउटै कसुरमा अध्यक्ष थुनामा, पक्राउ पुर्जी जारी भए पनि तरुण नेता संरक्षणमा

खबरडबली संवाददाता

काठमाडौं । विराटनगर महानगरपालिका– ७ स्थित माछापुच्छ्रे बचत तथा ऋण सहकारीको आठ करोड ठगीमा अध्यक्ष अमलेश कर्ण कारागारमा छन् । तर, उक्त सहकारीमै दुई कार्यकाल सञ्चालक सदस्य रहेका कांग्रेस युवा संगठन तरुण दल मोरङका पूर्वअध्यक्ष प्रभाकर थापाले भने उन्मुक्ति पाएका छन् । 

माछापुच्छ्रे सहकारी ठगीमा थापाविरुद्ध पक्राउ पुर्जी जारी भए पनि उनी फरार छन् । तर, राजनीतिक शक्तिका आडमा उनलाई पक्राउ गर्न नसकिएको प्रहरी स्रोत बताउँछ । हाल कांग्रेसका नेता रमेश लेखक गृहमन्त्री छन् । फरार रहेको भनिएका थापा कांग्रेसका उच्च नेताहरूसँग नियमित सम्पर्कमै रहेको स्रोत बताउँछ ।

पक्राउ परेका कर्ण भने जिल्ला अदालत मोरङले २ असोजमा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएसँगै मोरङ कारागार चलान भएका थिए । उनी ०७४ मा विवेकशील साझा पार्टीको तर्फबाट मोरङ ४ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार तथा ०७९ को स्थानीय तह निर्वाचनमा सोही पार्टीबाट विराटनगर महानगरपालिकाको मेयर पदका उम्मेदवार बनेका थिए ।  

मोरङ प्रहरी प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले माछापुच्छ्रे सहकारी ठगी मुद्दामा पुरानो सञ्चालक समिति, नयाँ समिति, ऋणी र केही अडिटर गरी १२२ प्रतिवादी रहेको बताए । ‘पक्राउ परेका कर्णलाई जिल्ला अदालत मोरङले २ असोजमा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएसँगै उनी जिल्ला कारागार मोरङमा छन् । बाँकी अभियुक्त फरार छन्,’ उनले भने, ‘पक्राउ नपरेकाको नाम पनि मिसिलमा समावेश भएर गएको छ । फरारको खोजी भइरहेको छ ।’ 

माछापुच्छ्रे सहकारीले बचतकर्ता ठगेको भनेर तीन वर्षअघि नै कोशी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयमा उजुरी परेको थियो । कार्यालयका सूचना अधिकारी मनोज कार्कीका अनुसार कार्यालयले छानबिन समिति बनाएर अध्ययन पनि गरेको थियो । अध्ययनमा आठ करोड आठ लाख हिनामिना भएको भेटिएको सूचना अधिकारी कार्कीले बताए । ‘यो प्रारम्भिक अध्ययनमा देखिएको हो,’ उनले भने, ‘सहकारी चार करोड नोक्सानमा रहेको देखिन्छ ।’ 

उजुरी परेलगत्तै पटक–पटक छलफल गर्दा र पत्र काटेर ताकेता गर्दा पनि बचतकर्ताको बचत फिर्ता नगरेपछि जिल्ला प्रहरी कार्यालय मोरङलाई मुद्दा प्रक्रिया अघि बढाउन २० जेठ ०८० मा पत्र काटिएको उनले बताए । प्रहरीले अनुसन्धानका क्रममा लेखाविज्ञसमेत मागेकाले ११ असोजमा रजिस्ट्रारको कार्यालयले पत्र पठाएको बताए । 

०५७/५८ दर्ता भएको यो सहकारीमा ९०५ सेयर सदस्य रहेको प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयले जनाएको छ । सूचना अधिकारी कार्कीका अनुसार यो सहकारीमा विगतदेखि नै बचतकर्ताको बचत हिनामिना भएको देखिएको थियो । त्यसैले, वर्तमान र पूर्व दुवै समितिलाई अनुसन्धानको दायरामा ल्याउन पत्र लेखिएको उनले बताए । यो समाचार नयाँपत्रिका दैनिकबाट साभार गरिएको हो । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रिय सभामा तालमेलको गृहकार्य गरिरहेका कांग्रेस-एमाले प्रतिनिधिसभामा के गर्लान् ?

काठमाडौं । नेकपा एमालेका एक उपाध्यक्षले आगामी प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन हुन सक्ने आशयको अभिव्यक्ति दिएपछि फागुन २१ गतेको चुना...

विभाजनको बाटोतर्फ कांग्रेस

काठमाडौं । महाधिवेशन विषयमा शीर्षस्थ नेताबीच टक्कर बढ्दै जाँदा नेपाली कांग्रेस विभाजननजिक पुगेको छ । संस्थापनपक्षले महाधिवेशन रोक्ने र इतरसमूहले जसरी ...

निर्माणाधीन राजमार्गमा दुर्घटना बढे

झापा । निर्माणाधीन एसियाली राजमार्गको मेचीनगर–६ स्थित पालिया पुलमा बिहीबार राति मालवाहक ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ३३ वर्षीया लक्ष्मी सा...

विद्युत प्राधिकरणले माग्यो २६६ कर्मचारी (विज्ञापनसहित)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २६६ जना कर्मचारी भर्नाका लागि आवेदन खुलाएको छ। शुक्रबार विज्ञापन प्रकाशन गर्दै दसौंदेखि पाँचौं तहका विभिन्न पदहरू...

महामन्त्रीको कदमले कांग्रेसमा तरंग, केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ। शुक्रबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पा...

महामन्त्रीले विशेष महाधिवेशनको कुरा उठाउनु उचित होइन : शेखर कोइराला

म पनि विशेष महाधिवेशन चाहन्छु, तर नियम र कार्यविधिअनुसार केन्द्रीय समितिले निर्णय गरोस्

चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द

मुस्ताङ । हिउँदयाम मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा सञ्चालित शैक्षिक संस्था दुई महिनाका लागि बन्द भएका छन् । यहाँस्थित माथिल्लो...

निर्वाचन : ६२ दिन बाँकी, सामग्री ढुवानीका लागि आवेदन दिन आयोगको आग्रह

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि अत्यावश्यक सामग्री ढुवानीका लागि सम्बद्ध पक्षलाई आग्रह गरेको छ । ...

तराईमा हुस्सुको प्रभाव- उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा...

आर्थिक क्रियाकलाप अघिल्लो वर्षकोभन्दा सकारात्मक: राष्ट्र बैंक

काठमाडौँ। गत आर्थिक वर्षकोभन्दा चालु आव २०८२/८३ मा मुलुकको आर्थिक वृद्धिदर कमजोर हुने अनुमानकाबिच नेपाल राष्ट्र बैंकले यस वर्ष अघिल्लो वर्षकोभन्दा आर्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending