Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

फौजदारी न्याय प्रणालीमा सुधारको प्रयास

खबरडबली संवाददाता

काठमाडौँ । बढ्दो प्रविधिको प्रयोगसँगै मुलुकमा नयाँ शैलीका अपराध पनि बढिरहेको छ । परिवर्तित अपराधको शैलीअनुसार अपराध अनुसन्धान, अभियोजन र न्याय निरुपणमा पनि सुधार गर्न जरुरी देखिँदै आएको छ । 

अपराधको अनुसन्धान प्रभावकारी हुन सकेन भने न्याय सम्पादनमै असर पर्ने हुँदा त्यसको अनुसन्धान, अभियोजन र प्रभावकारी न्याय निरुपणका लागि फौजदारी न्याय प्रणालीमै सुधारको प्रयास थालिएको छ ।

फौजदारी न्याय प्रणालीमा देखिएका समस्यालाई समाधान गर्दै थप नतिजामुखी बनाउन अपराधको अनुसन्धानकर्ता नेपाल प्रहरी, अभियोजनकर्ता महान्यायाधिवक्ताको कार्यालय र न्याय निरुपण निकाय न्यायालयले संयुक्त पहल थालेका छन् । 

प्रविधिको दुरुपयोगसँगै हुने गरेका चुनौतीको सामनाका लागि दक्ष जनशक्ति निर्माण गर्दै अपराध अनुसन्धान, अभियोजन र न्याय निरुपणलाई थप प्रभावकारी र नतिजामुखी बनाउन तीनवटै निकाय सहमत भएका छन् ।

त्यसका लागि केही दिनअघि मात्रै काठमाडौँमा विषय विज्ञसहितको सहभागितामा एक कार्यशालासमेत सम्पन्न गरिएको थियो । सोही कार्यशालाको निष्कर्षलाई आधार मानेर सुधारका काम अघि बढाइने प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) टेकबहादुर तामाङले जानकारी दिए ।

उनका अनुसार तीनवटै निकायका प्रतिनिधि र विषय विज्ञसहितको कार्यशालाले फौजदारी न्याय प्रणालीको सुधारका लागि ३५ बुँदे साझा धारणा तय गरेको छ । 

जसमा छिटो छरितो न्याय सम्पादन, प्रविधिको चुनौती सामना गर्न जनशक्ति तथा स्रोतसाधनको विकास, प्रमाणमुखी अनुसन्धान, सेवा विशिष्टिकरण, वस्तुनिष्ठ अभियोजन, मानवअधिकारको संरक्षण गर्दै अपराध अनुसन्धान, अभियोजन र न्याय निरुपणमा प्रविधिको उच्चतम प्रयोग गर्नेलगायतका विषयहरु समावेश गरिएको छ । उक्त साझा प्रतिबद्धतापत्रमा टेकेर फौजदारी न्याय प्रणालीमा देखिएका समस्या समाधान  गरिने तामाङले बताए । 

फौजदारी न्याय प्रणालीलाई प्रभावकारी बनाउ सर्वाेच्च अदालतका रजिष्ट्रार विमल पौडेलले प्रस्तुत गरेको सरकारवादी फौजदारी मुद्दाहरुको न्याय निरुपणको अवस्था, नयाँ चुनौती, न्यायपालिकाको रणनीति तथा फौजदारी न्याय प्रशासनका सरोकारवाला निकायसँग अदालतको अपेक्ष, महान्यायाधिवक्ताको कार्यालयका तर्फबाट नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मीले प्रस्तुत गरेको सरकारवादी फौजदारी न्याय प्रशासनमा अभियोजनको अवस्था, नयाँ चुनौती, सुधारका रणनीति तथा फौजदारी न्याय प्रशासनका सरोकारवाला निकायसँग अभियोजनकर्ताको अपेक्षाका विषयमा कार्यपत्र नै प्रस्तुत गरेका थिए ।

यस्तै नेपाल प्रहरीको तर्फबाट प्रहरी उपरीक्षक सुरेश काफ्लेले समेत अपराध अनुसन्धानको अवस्था, नयाँ चुनौती,  सुधारका लागि प्रयोग गरिएका रणनीति र फौजदारी न्याय प्रशासनमा सरोकारवालासँगको अपेक्षाका विषयमा प्रस्तुत गरेको कार्यपत्रमाथि छलफल  गरी संयुक्त धारणा निर्माण गरिएको हो ।

महान्यायाधिवक्ता कार्यालयका नायब महान्यायाधिवक्ता डा टेकहादुर घिमिरे, उच्च अदालतका न्यायाधीश हेमन्त रावल, अवकाशप्राप्त प्रहरी महानिरीक्षक प्रकाश अर्याल, नेपाल ल क्याम्पसका सहायक क्याम्पस प्रमुख डा रमेश पराजुलीले विज्ञकारुपमा दिएको सुझावसमेतलाई समावेश गरी प्रतिवेदनसमेत तयार पारेर फौजदारी न्याय प्रणालीमा समयसापेक्ष सुधारका लागि माथिल्लो निकायमा बुझाइने पनि एआइजी तामाङले जानकारी दिए । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रिय सभामा तालमेलको गृहकार्य गरिरहेका कांग्रेस-एमाले प्रतिनिधिसभामा के गर्लान् ?

काठमाडौं । नेकपा एमालेका एक उपाध्यक्षले आगामी प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन हुन सक्ने आशयको अभिव्यक्ति दिएपछि फागुन २१ गतेको चुना...

विभाजनको बाटोतर्फ कांग्रेस

काठमाडौं । महाधिवेशन विषयमा शीर्षस्थ नेताबीच टक्कर बढ्दै जाँदा नेपाली कांग्रेस विभाजननजिक पुगेको छ । संस्थापनपक्षले महाधिवेशन रोक्ने र इतरसमूहले जसरी ...

निर्माणाधीन राजमार्गमा दुर्घटना बढे

झापा । निर्माणाधीन एसियाली राजमार्गको मेचीनगर–६ स्थित पालिया पुलमा बिहीबार राति मालवाहक ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ३३ वर्षीया लक्ष्मी सा...

विद्युत प्राधिकरणले माग्यो २६६ कर्मचारी (विज्ञापनसहित)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २६६ जना कर्मचारी भर्नाका लागि आवेदन खुलाएको छ। शुक्रबार विज्ञापन प्रकाशन गर्दै दसौंदेखि पाँचौं तहका विभिन्न पदहरू...

महामन्त्रीको कदमले कांग्रेसमा तरंग, केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ। शुक्रबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पा...

महामन्त्रीले विशेष महाधिवेशनको कुरा उठाउनु उचित होइन : शेखर कोइराला

म पनि विशेष महाधिवेशन चाहन्छु, तर नियम र कार्यविधिअनुसार केन्द्रीय समितिले निर्णय गरोस्

चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द

मुस्ताङ । हिउँदयाम मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा सञ्चालित शैक्षिक संस्था दुई महिनाका लागि बन्द भएका छन् । यहाँस्थित माथिल्लो...

निर्वाचन : ६२ दिन बाँकी, सामग्री ढुवानीका लागि आवेदन दिन आयोगको आग्रह

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि अत्यावश्यक सामग्री ढुवानीका लागि सम्बद्ध पक्षलाई आग्रह गरेको छ । ...

तराईमा हुस्सुको प्रभाव- उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा...

आर्थिक क्रियाकलाप अघिल्लो वर्षकोभन्दा सकारात्मक: राष्ट्र बैंक

काठमाडौँ। गत आर्थिक वर्षकोभन्दा चालु आव २०८२/८३ मा मुलुकको आर्थिक वृद्धिदर कमजोर हुने अनुमानकाबिच नेपाल राष्ट्र बैंकले यस वर्ष अघिल्लो वर्षकोभन्दा आर्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending