Khabar Dabali १९ जेष्ठ २०८३ मंगलवार | 2nd June, 2026 Tue
Investment bank

एक सामुदायिक विद्यालय जहाँ ५२ जिल्लाका विद्यार्थी पढ्छन्

खबरडबली संवाददाता

गलकोट । बर्दिया राधापुर नगरपालिका-९ कि शैलाजा थारु बागलुङको धौलागिरि बहिरा आवासीय माध्यामिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत छिन् । सोही विद्यालयको कक्षा ३ मा बाजुरा जगन्नाथ गाउँपालिका-१ का भविन्द्र विष्ट पनि पढ्छन् ।

थारु र विष्ट मात्रै होइन बागलुङ रामरेखाको यस विद्यालयमा ५२ जिल्लाका दुई सय ९५ विद्यार्थी अध्ययरत रहेको प्रधानध्यापक रेशमबहादुर श्रीसले जानकारी दिए ।

विद्यालयमा अधिकांश सुस्तश्रवण भएका विद्यार्थी अध्ययन गरिरहेका छन् । कूल विद्यार्थीमध्ये ९० प्रतिशत बहिरा रहेको प्रधानध्यापक श्रीसको भनाइ छ । बहिरा विद्यार्थीले अध्ययन गर्ने यस विद्यालयमा स्थानीय सरकारले समेत चासो दिन आवश्यक रहेको उनको भनाइ छ ।

‘दरबन्दी अनुसारका शिक्षक छैनन्, शिक्षण विधिसमेत फरक हुने भएकाले जनशक्तिको अभाव छ’, उनले भने, ‘हामीलाई १८ जना शिक्षक आवश्यक भए पनि अहिले जम्मा सात जना मात्रै छौँ ।’

विद्यालयले आन्तरिक स्रोतबाट शिक्षक, नर्स, कर्मचारी, ड्राइभर र सुरक्षागार्डको व्यवस्थापन मिलाएको छ । अपाङ्गता भएका विद्यार्थीलाई अध्यापन गराउन सरकारले पनि विशेष प्राथमिकता दिनुपर्ने उनले जोड दिए ।

विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सरकारबाट प्राप्त हुने आवासीय सुविधाका लागि दिइने मासिक रकम पनि पर्याप्त नभएको बताए । ‘चामल प्रतिबोरा एक हजार तीन सय हुँदा मासिक चार हजार दिन सुरु भएको हो’, उनले भने, ‘अहिले प्रतिबोरा दुई हजार पुगिसक्यो तर रकम बढ्न सकेको छैन ।’

प्रधानध्यापक श्रीसका अनुसार हाल कक्षा ९ र १० मा कम्प्युटर इञ्जिनियङ समेत पढाइ हुन थालेको छ । प्राविधिक धारतर्फ तीन वर्षे डिप्लोमा कप्युटर इञ्जिनियरिङको पढाइसमेत भइरहेको उनको भनाइ छ ।

विद्यालयले आठ वर्षदेखि आन्तरिक स्रोतबाटै विद्यालय नर्स कार्यक्रम लागू गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा समाजसेवी केबी राना मगरले बताए । रानाका अनुसार विद्यालयमा डोल्पा, कैलाली, अर्घाखाँची, कञ्चनपुर, बाँके, नुवाकोट र झापालगायत विभिन्न जिल्लाबाट बहिरा विद्यार्थी अध्ययनका लागि आउने गरेका छन् ।

रानाले विद्यालयले २०६४ सालदेखि अपाङ्गता भएका, अभिभावक तथा समाजबाट अपहेलित भएका विद्यार्थीलाई अध्यापन गराउन सुरु गरेको बताए । विद्यालयले राज्यबाट आउने तलब तथा आवासीय सुविधा बाहेक वार्षिक १९ लाख अतिरिक्त खर्च भइरहेको बताएको छ ।

बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धनप्रसाद पोख्रेलले यस्ता विद्यालय र अन्य सामुदायिक विद्यालयलाई हेर्ने नीति परिवर्तन आवश्यक रहेको बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुदूरपश्चिमका मुख्यमन्त्री शाहविरुद्ध बहुमत प्रदेशसभा सदस्यको हस्ताक्षर

धनगढी। सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसको संसदीय दलको नेतृत्व परिवर्तनको प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ । दलका नेता तथा मुख्यमन्त्री कमलबह...

विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित, भोलि सवा १२ बजेसम्मका लागि सारियो

काठमाडौं। विपक्षी दलहरूको निरन्तर अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित गरिएको छ। राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले बैठक स्थगित भएको घोषणा गर्दै...

मन्त्रिपरिषद्‍ बैठकका चार निर्णय, ओजोन तह संरक्षण सम्झौता अनुमोदन

काठमाडौँ। सरकारले संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम (युनेप) अन्तर्गत ओजोन तहलाई हानि पुर्‍याउने पदार्थको व्यवस्थापन र न्यूनीकरणसम्बन्धी मोन्ट्रि...

सीमा विवादबारे प्रधानमन्त्रीले बोलेको नै सत्य हो, आवश्यक परे फेरि जवाफ दिनुहुन्छ: सरकारको प्रवत्ता

काठमाडौं । सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्री बालेन शाह सीमा विवादलगायतका विषयमा आवश्यक परे पुन: संसदमा उपस्थित भएर जवाफ दिन तयार रहेको बत...

कार्की आयोग प्रतिवेदन : सुरक्षा संयन्त्रबारे अध्ययन गर्न गठित समितिको म्याद ४५ दिन थप

काठमाडौँ। सरकारले जेनजी आन्दोलनकाक्रममा भदौ २३ र २४ गते भएको घटनाको जाँचबुझ गर्न गठित आयोगको समय थप गरेको छ। मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले...

सशस्त्र प्रहरीका डीआईजी अञ्जनी पोखरेल एआईजीमा बढुवा

काठमाडौं । सशस्त्र प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) अञ्जनी कुमार पोखरेललाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरिएको छ। मंगलबार बसेको मन...

सुधन गुरुङमाथि छानबिनका लागि थप पाँच दिन म्याद थप

काठमाडौं । तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुधन गुरुङ माथि भइरहेको छानबिनका लागि थप पाँच दिनको समय थप गरिएको छ। ...

अतिरिक्त स्वास्थ्य सचिव पदका लागि दुई जनाको नाम सिफारिस

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत अतिरिक्त स्वास्थ्य सचिव (१२औँ तह)को रिक्त एक पदका लागि दुई जनाको नाम सिफारिस गरिएको छ। स...

भाजपा कार्यालयमा रवि लामिछानेलाई भव्य स्वागत, औपचारिक राजनीतिक भेटघाट सुरु

काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आजबाट औपचारिक राजनीतिक भेटघाट सुरु गरेका छन्। सत्तारुढ भ...

अमेरिकी डलरसहित चिकित्सक पक्राउ

चितवन । गैरकानुनी तवरले अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी)को सञ्चय तथा कारोबार एवं डिजिटल माध्यमबाट ठगी गरेको अभियोगमा प्रहरीले २९ वर्षका डा पप्पुकुमार य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending