Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

हराउँदै चैते दसैँको मौलिकता

खबरडबली संवाददाता

बागलुङ । 

यो पैसो कैलेलाई, चैते दसैँलाई 

त्यो पनि मागे दिन्न कसैलाई

चैते दसैँ मेलाका लागि खर्च गर्न एक वर्षदेखि रकम जम्मा गरिन्थ्यो भन्ने गतिलो प्रमाणको रुपमा छ यो गीत ।  एक दशकअघिसम्म परम्परागत चैते दसैँको छुट्टै रौनकता थियो । लोक गायक टीका क्षत्रीको ‘चैते दसैँ मेलैमा, झर्छ आँसु छुट्ने बेलैमा’ भन्ने गीत सबैको मुखमा कण्ठस्थ थियो ।

मेलामा यानी माया, सालैजो, झ्याउरे गीत गुन्जिन्थे भने, स्थानीय उत्पादनको व्यापार राम्रो फष्टाउथ्यो । अहिले रेकर्ड गरिएका आधुनिक गीतले पाका पुस्तालाई चैते दसैँ फेरिएको महसुस हुन्छ । बढ्दो आधुनिकतासँगै पहिलाको चैते दसैँ र अहिलेको चैते दसैँमा व्यापक परिवर्तन आएको स्थानीय ८५ वर्षीया दुर्गा आचार्यले बताउछन् ।  

पहिला ठेका, डाला, नाङ्ला, आँसी, बाउसा, सेल रोटी विभिन्न अन्नको कारोबार भएपछि पछिल्लो समय आधुनिक उपकरण, प्लाष्टिकका भाडाकुँडा तथा आधुनिक खेलौनाको बढी कारोबार हुने गरेको छ । लिङ्गे पिङ र चर्खे पिङ्गको सट्टा आधुनिक पिङ सञ्चालनमा छन् ।
     
“उ बेला चैते दसैँलाई भनेर खर्च जोहो गर्ने चलन थियो, मेलामा स्थानीय उत्पादनको मात्रै कारोबार हुन्थ्यो, राडी, कम्बललगायत लत्ताकपडाको कारोबार हुन्थ्यो”, आचार्यले भने, “एक वर्षलाई पुग्ने गरी स्थानीय उत्पादन खरिद गरेर स्थानीयले लैजान्थे, अहिले त प्लाष्टिकका सामग्रीको बढी कारोबार हुन्छ, स्थानीय उत्पादनले प्राथमिकता पाउँदैन, बढ्दो आधुनिकतासँगै चैते दसैँको मौलिकता फेरिएको पाइन्छ ।”

पहिलाको चैतेदसैँ र अहिलेको चैतेदसैँको कुनै तुलाना हुँदैन । त्यो बेलाको चैतेदसैँमा रेरेरे गीत गाउने, घरेलु उत्पादनको खरिद–बिक्री गर्ने चलन थियो । उनले भने, “अहिले मेलामा आधुनिक गीतमा नाच गान हुन्छ, लोकदोहरी गीतसमेत खस्केको छ, पहिला चैते दसैँमा दोहोरी गाएकै भरमा यहाँका थुप्रै कलाकार राष्ट्रिय कलाकार भएका छन्, अहिले त नाँच गान, खानपिन, रमाइलो मात्रै छ, स्थानीय उत्पादन देखिनै छाडे, फ्याट्टफुट्ट देखिएका मादल, डाला, नाङ्ला र ठेकासमेत बिक्री भएको पाइँदैन, गिहालेपनि प्रयोग गर्न नभएर सजाउन मात्रै लगेको पाइन्छ ।”

पहिला मेलाको नाममा यही एउटा चैतेदसैँ भए पनि पछिल्लो समय गाउँ–गाउँमा विभिन्न मेला तथा महोत्सव आयोजना हुन थालेपछि चैतेदसैँ मेलाको रौनकतामा कमी आएको स्थानीय राधिका रानामगरले बताइन्। बागलुङ कालिका मन्दिरमा आउने दर्शनार्थीको खरिद–बिक्रीका लागि मेला लागेपछि अहिले यसलाई चैत्राष्टमी मेलाको नाम दिइएको छ ।

बागलुङ कालिका भगवती मन्दिर नेपालकै प्रसिद्ध शक्तिपीठ हो । यहाँ छिमेकी मुलुक भारतबाट पनि हजारौँ दर्शनार्थी आउने गर्दछन् । “हिन्दू धर्ममा कालिका भगवतीको महत्वूर्ण स्थान छ, जसमध्ये नेपालमै कालिका मन्दिरमा बागलुङ कालिका प्रसिद्ध छ”, रानाले भने, “कालिका मन्दिरसँगै जोडिएको छ चैतेदसैँ मेला बागलुङको ब्राण्ड बन्दै गएकामा दुई मत छैन तर पछिल्लो समय यस मेला गीतसङ्गीत र खानामा मात्रै सिमित भएको पाइन्छ ।”

यही चैत १३ देखि १७ गतेसम्म चल्ने चैतेदसैँ मेला नाचगान, दोहोरी गीत, खानाका परिकार तथा रमाइलो मेलामा मात्रै सीमित भएको कतिपयको गुनासो छ । मन्दिर वरपर पाल टाँगेर स्थानीय उत्पादन, कोदो, मकै, धान, चामल, भाँङ्गो, डाला, नाङ्ला, ठेका, हँसिया, बाउसा, मान्द्रो, थुन्से, मादल भाँडाकुँडालगायत दैनिक उपभोग्य वस्तु खरिद–बिक्री हुने गरेकोमा अहिले खेलौना सामग्री र मदिरा र खानाका परिकार मात्रै बिक्री–वितरण हुने गरेको पाइएको छ ।

त्यो चैतेदसैँ र अहिलेको नाच गान, खानपिन, लत्ताकपडा, रमाइलो मेलासहितको अहिलेको चैतेदसैँ धेरै अन्तरवस्तु फरक पाइएको छ । मेलामा मौलिक तथा स्थानीय उत्पादनलाई निःशुल्क कक्ष र यातयात खर्चको व्यवस्थापन गरे पनि स्थानीय उत्पादनप्रति स्थानीयको रुचि घट्दै आधुनिक सामग्रीमा आकर्षण बढेको पाइएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले  बताए।

“चैतदसैँमा अहिले घरेलु उत्पादन सामग्री देख्नै दुर्लभ भइसकेको छ, हामीले ठेका, डाला उत्पादन गर्नेहरुलाई फोन गरेर बोलाउन थालेका छौँ, उनीहरुको व्यापार नभए यातयात खर्चसमेत आयोजकले व्यवस्थापन गर्छ”, खड्काले भने, “तर बढ्दो आधुनिकता, प्रविधिको प्रयोगका कारण मेलालाई प्रत्यक्ष असर पर्दै आएको स्वीकार छ ।”

मेला बागलुङको पहिचानसँग जोडिएको र परम्पराकालदेखि मेला लाग्ने भए पनि विस्तारै आधुनिकताका कारण मेलाको मौलिकता हराउँदै गएको छ । पच्चीस वर्षदेखि कालिका  मन्दिरमा डाला र नाङ्ला लिएर व्यापार गर्दै आएका बागलुङको बडिगाड गाउँपालिकाको ससिराम साम्दाखाडीले अबको केही वर्षमा यिनै डाला र नाङ्लासमेत देख्न नपाइने बताए । 

“करिब २५ वर्ष भयो होला, निगालोको चोयाँबाट बनेका डाला, नाङ्ला लिएर बागलुङ बजार आएको पहिला बोकेर ल्याइन्थो, अहिले यातयातका साधनमा ल्याइन्छ, पहिला डाला र नाङ्ला बेचेर वर्षभरि खान पाइन्थ्यो, अहिले परम्परा धान्ने मात्रै काम भएको छ, पहिला जस्तो चैते दसैँको मौलिकता छैन”, उनले भने, “स्थानीय उत्पादनलाई राज्यले हेरेन, छोरा नातिले अर्कै काम समाल्न थाले, स्थानीय उत्पादनको व्यापार छैन, आफू बुढो हुन लागियो, सक्ने बेलासम्म मेलामा आउने होे ।” ठेका ठेकी बनाउने परम्परासमेत पुस्तान्तरणको अभावमा लोप भएर गइरहेको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending