काठमाडौँ । धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १० दशमलव ८७ अङ्कले घटेर एक हजार नौ सय आठ दशमलव ५५ अङ्कमा समेटिएको छ ।
सेन्सेटिभ इन्डेक्स एक दशमलव ६६ अङ्कले घटेर तीन सय ५९ दशमलव ४८ बिन्दुमा पुगेको छ । आज कारोबार भएका १३ उपसमूहमध्ये ११ उपसमूहको शेयर मूल्य घटेको छ भने दुई उपसमूहको शेयर मूल्य बढेको छ ।
बैंकिङ उपसमूह शून्य दशमलव ४२, विकास बैंक शून्य दशमलव ४४, वित्त शून्य दशमलव ९९, जलविद्युत् शून्य दशमलव ८०, लगानी शून्य दशमलव ५७, जीवन बीमा शून्य दशमलव ३६, उत्पादन शून्य दशमलव ७९, लघुवित्त शून्य दशमलव ९४, निर्जीवन बीमा शून्य दशमलव ०१, अन्य एक दशमलव ११ र व्यापार उपसमूह शून्य दशमलव २२ अङ्कले गिरावट आएको छ । होटल तथा पर्यटन शून्य दशमलव ५० र सामूहिक लगानी कोष शून्य दशमलव ४२ अङ्कले बढेको छ ।
आज विभिन्न कम्पनीका २७ लाख ५० हजार छ सय ५५ कित्ता शेयर रु ८९ करोड ९५ लाख ३२ हजार एक सय ३९ मा खरिदबिक्री भएका छन् । आज सुपरमाइ हाइड्रोपावरको शेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेको छ । यस्तै सिटिजन म्युचुअल फण्ड ६ दशमलव ८१, कालिञ्चोक दर्शन लिमिटेड ६ दशमलव ०८, आरएसडिसी लघुवित्त वित्तीय संस्था २ दशमलव ५७ र एनएलजी इन्स्योरेन्स कम्पनीको शेयर मूल्य दुई दशमलव ४१ प्रतिशतले बढेको छ ।
नेप्सेका अनुसार आदर्श लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य छ दशमलव ०७, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको तीन दशमलव ८६, ग्लोबल आइएमई ब्यालेन्स फण्ड –१ तीन दशमलव ८२, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था तीन दशमलव ७१ र विशाल बजार कम्पनीको शेयर मूल्य तीन दशमलव ६४ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट कम्पनी शीर्ष स्थानमा छ । कम्पनीको रु पाँच करोड ५८ हजार, हिमालयन डिष्टिलरीको रु तीन करोड १२ लाख ३६ हजार, जीवन विकास लघुवित्त वित्तीय संस्थाको रु दुई करोड १४ लाख १२ हजार, एनआइसी एसिया बैंकको रु दुई करोड १३ लाख ५७ हजार र नविल बैंकको रु दुई करोड चार लाख ५३ हजार बराबरको शेयर कारोबार भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - १७:१९
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र जेन–जी अगुवाहरूबीच भेटवार्ता भएको छ। बिहीबार अपराह्न साढे ४ बजे उनीहरूबीच छलफल सुरु भए...
पौष १० गते, २०८२ - १७:०५
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), ऊर्जामन्त्री कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने...
पौष १० गते, २०८२ - १६:५०
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन–जी समूहबाट निरन्तर सरकार छोड्न दबाब आइरहेको गुनासो गरेकी छन्। बिहीबार बाह्रखरी कथा प्रतियोग...
पौष १० गते, २०८२ - १६:३६
काठमाडौं । काठमाडौंका मेयर बालेन शाह र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। आज अपराह्न, भट्टराई ललितपुरस्थित छलफल स्थलमा अपराह्न...
पौष १० गते, २०८२ - १६:२९
काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले आफू जाँचबुझ आयोगमा बयान दिन जाने तयारीमा रहेको बताएका छन्। बिहीबार केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर...
पौष १० गते, २०८२ - १६:२०
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग रास्वपा नेता शिशिर खनालले भेट गरेका छन्। नेता खनाल भेटका लागि ललितपुरको ज्वागलस्थित मेयर शाहका सह...
पौष १० गते, २०८२ - १६:१५
चितवन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललाई चितवन क्षेत्र नं. ३ बाट आगामी निर्वाचनका लागि सर्वसम्मत उम्मेदव...
पौष १० गते, २०८२ - १६:०७
काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच फेरि राजनीतिक छलफल हुने भएको छ। आगामी निर्वाचनमा सहकार्य गर्ने ...
पौष १० गते, २०८२ - १५:३४
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले काठमाडौंका मेयर बालेन शाहसँग वार्ता गरेका छन्। यो वार्ता ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको ...
पौष १० गते, २०८२ - १५:१३
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले शिक्षामा लगानी बढाउनु जरुरी रहेको बताएको छिन्। बिहीबार त्रिभुवन विश्व विद्यालयको दीक्षान्त समारोहलाई सम्बोध...




प्रतिकृया लेख्नुहोस्: