Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

मुस्ताङमा स्याउ संकलन तथा चिस्यान केन्द्र निर्माण हुँदै

खबरडबली संवाददाता

मुस्ताङ । मुस्ताङमा स्याउ सङ्कलन तथा चिस्यान केन्द्र बन्ने भएको छ । स्याउको राजधानीको रुपमा परिचित मार्फामा पर्याप्त मात्रामा स्याउ भण्डारण गर्नको लागि एक करोड ४१ लाख लागतमा सङ्कलन तथा चिस्यान केन्द्र बन्न लागेको हो । 

घरपझोङ गाउँपालिका–२ सामग्री टोल नजिकै बन्ने उक्त केन्द्रको निर्माण तत्काल सुरु गरिने फलफूल तथा स्याउ ग्रेडिङ मेसीन उपभोक्ता समितिका सचिव सकबहादुर लालचनले जानकारी दिए । 

उनका अनुसार आर्थिक वर्ष ०७९÷८० को लागि केन्द्रका लागि गण्डकी प्रदेश कृषि विकास निर्देशनालयबाट रु एक करोड ४१ लाख बिनियोजन गरिएको छ ।  सरकारको ८५ र कृषकको १५ प्रतिशत अनुदानमा यसको निर्माण हुनेछ । 

चिस्यान केन्द्र बनेसँगै स्याउको पकेट क्षेत्र थासाङ गाउँपालिका–१ टुकुचे– झोङोदेखि घरपझोङ गाउँपालिकाअन्तर्गतका गाउँ मार्फा, धमाङ, सबि, चिमाङ, छैरो, तिब्बतीयन क्याम्प, शीतोष्ण बागवाणी केन्द्र, स्याङ, जोमसोम, ठिनी, ढुम्बा आदि लाभान्वित हुनेछन् । यी ठाउँमा व्यक्तिगत एकाध ठाउँबाहेक हालसम्म ‘कोल्ड स्टोर’ बनेका छैनन् । 

मुस्ताङमा  ठूलो लगानीमा बन्न लागेको चिस्यान केन्द्र पहिलो भएको सचिव लालचनले बताए । पछिल्लो समय जिल्लामा स्याउ भण्डारणको लागि प्रदेश सरकार र अन्य निकायबाट जे जति पहल भए पनि पर्याप्त मात्रामा चिस्यान केन्द्रको अभाव रहेको कृषक बताउँछन् । 

यसअघि जिल्लामा भित्रिएका प्रायः चिस्यान केन्द्र आम सर्वसाधारणको पहुँचभन्दा बाहिर रहेको घरपझोङ गाउँपालिका–१ छैरोका कृषक सिंहराज लामाले बताए । अहिले ती चिस्यान केन्द्र पनि कतिपय प्रयोगविहीनै जस्तै देखिएको उनको भनाइ छ । बनेका कतिपय चिस्यान केन्द्र उचित स्थानमा पनि नबनेका कारण भण्डारणमा समेत समस्या पर्ने गरेको जनाइएको छ । 

ठूलो क्षमताको चिस्यान केन्द्र निर्माण हुने भएसँगै यहाँका कृषक उत्साहित बनेका छन् । चिस्यान केन्द्रमा भण्डारण गरी बेमौसममा पनि बिक्री वितरण गरी राम्रो मूल्य आर्जन गर्न सकिने भएकाले यो अत्यन्तै लाभदायक बन्ने कृषक सिंहरमज लामाले बताए । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending