Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

राष्ट्रियसभा बैठकः राजनीतिकर्मी मात्र सुध्रिएर हुँदैन, कर्मचारीतन्त्र पनि सुध्रिनुपर्छ

खबरडबली संवाददाता

काठमाडौ । सरकारले सुशासनको प्रत्याभूत गरी जनतालाई सहज तथा सहज रुपमा सेवा प्रवाह गर्ने भने पनि नागरिकले सुशासनको अनभूति गर्न नपाएको भन्दै संसद्मा आवाज उठेको छ । राष्ट्रियसभाको आजको बैठकमा सांसद कृष्णप्रसाद पौडेलले शिक्षा, स्वास्थ्य, यातायात, राहदानी, राजस्व तिर्ने स्थानमा नागरिकले सास्ती भोग्नु परेको भन्दै त्यसको समाधानका लागि सरकारको ध्यानाकर्षण गराए । उनले नेपाली समाज गरिबी, अशिक्षा, विसङ्गति र विकृतिले आक्रान्त भएको बताए । 

“नेपाली नागरिकले दुःख कष्ट पीडा कहिलेसम्म भोग्ने हो रु”, उनले प्रश्न गरे । सांसद पौडेलले राज्यले सुशासनको नारा दिए पनि नागरिकले अझै वास्तवमा सुशासनको प्रत्याभूति गर्न नसकेको बताए । “जुनस्तरमा नागरिकले सेवा सुविधा पाउँछन् भनिएको थियो, त्यो अवस्था अझै भएको छैन । हामी सुध्रिनुपर्छ राजनीतिकर्मी मात्र सुध्रिएर हुँदैन, कर्मचारीतन्त्र पनि सुध्रिनुपर्छ”, उनले भने ।

सांसद सिंगबहादुर विश्वकर्माले जातीय विभेद तथा छुवाछूत अन्त्यको विषय संविधानमा लेखिएको भए पनि अझै जातीय विभेदका घटनामा न्यूनीकरण हुन नसकेको बताए । पछिल्ला घटनाबाट दलित आन्दोलनबाट प्राप्त समावेशिता, समानुपातिक प्रतिनिधित्वको व्यवस्था नै धरापमा परेको उनको भनाइ छ । “संविधानमा लेखिएका दलित अधिकारसम्बन्धी विषयलाई कार्यान्वयन गर्न आवश्यक छ, राष्ट्रिय दलित आयोगलाई संवैधानिक आयोग बनाउनुपर्छ”, उनले भने ।

सांसद नारायणप्रसाद दाहालले मुलुकको विद्यमान समस्या समाधानका लागि राष्ट्रिय सहमति कायम गर्न सक्नुपर्ने बताए। परिवर्तन पक्षधरको एकताबाट नै अहिलेको आर्थिक समस्या समाधान, शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्न सकिने उनको भनाइ थियो । “सरकारले नागरिकमा विश्वास पैदा गर्न सक्नुपर्छ”, उनले भने, “निर्णय गर्ने तर कार्यान्वयन नहुने प्रवृत्तिले नागरिकमा अविश्वास पैदा हुन्छ ।”

शान्तिप्रक्रियाका बाँकी कार्यभारलाई तत्काल पूरा गर्नुपर्नेमा जोड दिँदै उनले सङ्घीयता कार्यान्वयनमा तीन तहका सरकारबीच देखिएका अन्योल हटाउन अत्यावश्यक सङ्घीय ऐन निर्माणमा गम्भीरतापूर्वक सोच्नुपर्ने बेला आएको बताए। सांसद सुरेश आले मगरले कोशी प्रदेशको नामकरणका विषयमा पहिचानको पक्षधरको भावना नसमेटिएको बताए ।  

सांसद इन्दु कडरियाले वर्तमान सरकार गठन भएको एक सय दिन पुगिसक्दा पनि अझै सरकारले पूर्णता पाउन सकेको छैन भन्नुभयो । सरकारले सदनलाई बिजनेस दिन नसक्दा नीति निर्माण तथा जनताले उठाएका विषयमा छलफल हुन नसकेको बताउनुभयो । “देशको व्यवस्था परिवर्तन भयो, तर जनताको अवस्था समयानुकूल परिवर्तन हुन सकेन”, उहाँले भन्नुभयो । 

सांसद अनिता देवकोटाले सरकारले सबै जनताको भावना सम्बोधन गर्न सक्नुपर्ने भन्दै उहाँले युवालाई कृषि, पर्यटन र उद्योगमा जोड्नुपर्ने बताउनुभयो । उहाँले बर्खाको समय आउन लागेको उल्लेख गर्दै कृषिका लागि मल, बीउबिजनको प्रबन्ध गर्न सरकारलाई सुझाव दिनुभयो । सांसद गोमादेवी तिमिल्सिनाले बजारमा अखाद्य वस्तुको बिगबिगी बढेको भन्दै तत्काल नियमन गर्न माग गर्नुभयो । “ खाद्यवस्तु विषाक्त छ, तर हामी चुप लागेको छौँ”, उहाँले भन्नुभयो, “खाद्यवस्तुको मूल्य पनि अस्वाभाविक छ, उपभोक्ता तोकिएभन्दा बढी मूल्य तिर्न बाध्य छन् ।”

सांसद रामचन्द्र राईले कोरोना सङ्क्रमण बिस्तारै बढ्न थालेको भन्दै महामारी नियन्त्रणको पूर्वतयारीका बारेमा सदनलाई जानकारी गराउन माग गर्नुभयो । “कोरोना सङ्क्रमण बढिरहेको छ, यो बारेमा सरकार के गरिरहेको छ, सदनलाई जानकारी दिनुपर्छ”, उहाँले भन्नुभयो । जनताले सुशासनको अनुभूति गर्न नपाएको भन्दै उहाँले मुलुकको बिग्रँदो अर्थतन्त्रलाई सकारात्मक दिशातर्फ लैजानुपर्ने बताउनुभयो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। यो मन्त्रिपरिषद्को नियमित बैठक भएको जनाइएक...

रवि र बालेन मिलेपछि मात्रै कुलमानसँग छलफल हुने, सहमतिपत्रको पहिलो मस्यौदा स्वीकृत

काठमाडौँ । आगामी निर्वाचनमा सहकार्य कसरी गर्ने भन्नेबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बा...

राज्यका मुख्य अङ्गहरु कमजोर बन्दैछन् : महासचिव पोखरेल

बाँके। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रको प्रमुख अङ्गहरु कमजोर बनाउन विभिन्न तहबाट प्रयास गरिएको बताएको छन् ।   राष्ट्रिय बाणिज्य बै...

ट्रकको ठक्करबाट वृद्धको मृत्यु भएपछि लालबन्दीमा तनाव

सर्लाही। नवलपुर–मलङ्गवा सडक अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीमा शुक्रबार दिउँसो ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएपछि अवस्था तनावग्रस...

बीपीएलको पहिलो खेलमा सन्दीप लामिछानेले लिए दुई विकेट

काठमाडौं । ङ्गलादेश प्रिमियर लिग (बीपीएल)को पहिलो खेलमा नेपाली लेग स्पिन सन्दीप लामिछानेले दुई विकेट लिएको छन् ।  सन्दीप आबद्ध टिम राजशाही वारियर्स...

रवि, बालेन र घिसिङबीच पार्टी एकताको लागि आजै हस्ताक्षर हुने

काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टी संरक्षक तथा ऊर्जा म...

सर्वोच्चले खारेज गर्याे गौरीबहादुर कार्कीलाई पदमुक्त गर्न माग गरिएको रिट

काठमाडौँ । जेनजी घटनाको छानबिन गर्न गठन गरिएको आयोगका अध्यक्ष पूर्वन्यायाधीश गौरीबहादुर कार्की र अन्य सदस्यलाई पदमुक्त गर्न माग गरिएको रिट सर्वोच्च अद...

प्रचण्ड कहाँ–कहाँबाट उम्मेदवार सिफारिस भए ?

काठमाडौँ । नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न क्षेत्रहरूबाट सिफारिस भएका छन्। तर उनी कुन...

१२ जिल्लाका सीडीओ र कारागार विभागका महानिर्देशक हेरफेर

काठमाडौँ । गृह मन्त्रालयले शुक्रबार १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र कारागार व्यवस्थापन विभागका महानिर्देशकमा हेरफेर गरेको जानकारी दिएको छ।...

पूर्वरथी बालानन्द शर्माले लिए परराष्ट्रमन्त्री पदको शपथ

काठमाडौँ । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्रमन्त्री पदमा पद तथा गोपनीयताको शपथ लिएका छन्। उनले राष्ट्रपति कार्यालयमा आज आयोजित शपथ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending