कञ्चनपुर । महाकाली लोकमार्गअन्तर्गत पर्ने वन क्षेत्रको रुख कटानीको आदेश आएपछि निर्माणको बाटो खुलेको छ । यसअघि रुख काट्न अनुमति नपाउँदा कञ्चनपुरको ब्रह्मदेवदेखि डडेलधुराको जोगबुढासम्म लोकमार्गको ट्रयाक खोल्न सकिएको थिएन ।
उक्त क्षेत्रमा पर्ने रुख कटानको आदेश नहुँदा वर्षौँदेखि लोकमार्ग निमार्ण अघि बढ्न सकेको थिएन । महाकाली लोकमार्ग दार्चुला–तिङ्कर सडक योजनाका प्रमुख लक्ष्मणदत्त जोशीले मन्त्रिपरिषद्को निर्णयबाट डिभिजन वन कार्यालय कञ्चनपुरलाई रुख कटानको आदेश प्राप्त भएपछि सडक निमार्णको बाटो खुलेको बताए ।
“वन विकास कोषमा रु २० करोड जम्मा गर्न नसक्दा समस्या भएको थियो, रकम कोषमा पछि जम्मा गर्ने निर्णय भएपछि रुख कटानको आदेश पाइएको छ”, उनले भने । आदेशपछि सडक निमार्णको कामले तीव्रता पाउने जोशीको भनाइ छ । सडक निर्माणका लागि ठकेदारसित सम्झौतासमेत भइसकेको अवस्था छ ।
महाकाली लोकमार्गको शून्य विन्दु कञ्चनपुरको ब्रह्मदेवदेखि डडेलधुराको जोगबुढासम्म १५ किलोमिटर ट्रयाक खोल्न दिवा–सनिदेवसँग काम २०८० असार मसान्तसम्म सम्पन्न गर्ने गरी रु पाँच करोड ५० लाखमा ठेक्का सम्झौता भएको थियो ।
लोकमार्गको उक्त खण्डमा पहिलो चरणमा ब्रह्मदेव क्षेत्रमा एक हजार नौ सय ५१ रुख कटान गर्नुपर्ने जोशीले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १० गते, २०८२ - ०९:२१
काठमाडौं । भारतको उत्तराखण्ड राज्य सरकारका अधिकारीले छ वर्षको अन्तरालपछि यसै वर्षबाट भारत र चीनले लिपुलेक पास हुँदै सीमा व्यापार गर्ने धारणा राखेको वि...
चैत्र १० गते, २०८२ - ०९:१५
रौतहट । गत शुक्रबार र शनिबार परेको बेमौसमी वर्षाले रौतहटमा सञ्चालित विभिन्न इँटा उद्योगको लाखौँ मूल्यबराबरका काँचो इँटामा क्षति पुर्याएको छ । यहाँका ५...
चैत्र १० गते, २०८२ - ०९:१२
काभ्रे । जिल्ला विपद् व्यवस्थापन समितिले बाढीपहिरोले क्षति पुर्याएको डेढ वर्षपछि स्थायी आवास निर्माणार्थ पीडितको नामावली सिफारिस सुरुआत गरेको छ । समित...
चैत्र १० गते, २०८२ - ०९:०८
काठमाडौं । महोत्तरीको सदरमुकाम जलेश्वरस्थित दुई वटा होटलबाट अनैतिक गतिविधिमा संलग्न रहेको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा...
चैत्र १० गते, २०८२ - ०८:११
काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १३ चैतमा वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीसहित अन्य मन्त्रीहरूको एकै...
चैत्र १० गते, २०८२ - ०७:५६
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ। पार्टीले राजीनामा अस्वीकृत गरेपछि सभापति गगन थापा आजको बैठकमा सहभागी हुने भएका ...
चैत्र १० गते, २०८२ - ०७:५१
तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति
चैत्र १० गते, २०८२ - ०७:४७
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी, मधेस र लुम्बिनी प्रदेशलगायत देशका पहाडी र हिमाली भागमा साध...
चैत्र १० गते, २०८२ - ०७:४६
डोटी । यहाँको आदर्श गाउँपालिका–६ रौसेल्ला खोला नजिक मौवा–गिरीचौकको कच्ची सडकमो बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ब...
चैत्र १० गते, २०८२ - ०७:४२
मोरङ । जिल्लामा आर्थिक वर्ष २०८१/८२ मा क्षयरोगका कारण ३५ जनाको मृत्यु भएको छ । विश्व क्षयरोग दिवसका पूर्व सन्ध्यामा स्वास्थ्य कार्यालय मोरङ र वाग्मती ...


प्रतिकृया लेख्नुहोस्: