Khabar Dabali २७ बैशाख २०८३ आईतवार | 10th May, 2026 Sun

भुम्लुका पूर्जाविहीनका समस्यामा मन्त्री रञ्जिता श्रेष्ठको चासो

खबरडबली संवाददाता
काभ्रेपलाञ्चोक । भुम्लू गाउँपालिकास्थित दुई वडाका करिब एक हजार दुई सय बासिन्दा ४७ वर्षदेखि लालपूर्जाविहीन समस्याबारे भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको ध्यानकर्षण गराइएको छ । 
 
मन्त्री रञ्जिता श्रेष्ठलाई बाग्मती प्रदेशसभा सदस्य रुकू चौलागाई, गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेललगायतको एक टोलीले मङ्गलबार भेट गरी उक्त समस्याको समाधानका लागि ध्यानाकर्षण गराएको हो । 
 
भेटमा मन्त्री श्रेष्ठले गाउँपालिकाको लालपूर्जाविहीन समस्याबारे विशेष चासो राख्नुभएको थियो । उहाँले मन्त्रालयले अध्ययन तथा स्थलगत अनुगमन, निरीक्षण गरी समाधानका उपायको खोजी गरिने बताएको हो । “हामीले लालपूर्जाको समस्याबारे विस्तृत रुपमा जानकारी गराएका छौँ, उहाँले हाम्रो ध्यानाकर्षणलाई गम्भीरतापूर्वक लिई स्थलगत नै अनुगमन, निरीक्षण गरी समस्याको समाधानतर्फ लाग्ने भन्नुभएको छ”, अध्यक्ष भुजेलले भने । 
 
उक्त टोलीले जिल्ला मालपोत कार्यालयमा यही चैत १ गतेदेखि सुरु गरिएको वडा नं ७ र ८ को जग्गाको ‘लिखत उतार्ने’ काम दुई हप्तापछि रोकिएको विषयसमेत ध्यानाकर्षण गराएको हो । जिल्ला नापी कार्यालयले भुम्लुका दुवै वडाको जग्गाको लिखत माग गरेपछि मालपोतले थालेको उक्त काम प्रमुख मालपोत अधिकृतको सरुवा हुने भएपछि रोकिएको बताइन्छ । 
 
“हामीले मन्त्री ज्यूसँग जिल्ला मालपोतमा रोकिएको कामलाई नियमितता दिनसमेत माग गरेका छौँ, यसप्रति उहाँ सकारात्मक देखिनुभएको छ”, भुजेलले भने । गत फागुन अन्तिमसाता चैत १ गतेदेखि दुई वडामा जग्गाधनीबारे लिखत छानविन अघि बढाउन गाउँपालिका, जिल्लास्थित नापी कार्यालय र मालपोत कार्याल्यबीच सहमती भएको थियो । 
 
यसका लागि तीनै पक्षबीचको सहमतिअनुसार कार्यालयबाहेक र बिदाका दिनमा समेत कर्मचारी खटाइ लिखत उतार्ने काम भइरहेको थियो । प्रमुख मालपोत अधिकृत ऋषिकुमार दाहालका अनुसार दुई हप्ताको समयमा विसं २०३६ देखि २०६९ सम्मको लिखत खोज्दा करिब आठ सय लिखत फेला परेका छन् । 
 
विसं २०३२ मा जग्गा नापी गर्दाका बखत साविकको पिपलटार गाविस र भुम्लुटार गाविसबीच टारको खेतीयोग्य जमिन कता राख्ने भन्ने विषयमा दुई गाविसका नेतृत्वबीच विवाद हँुदा तत्कालीन नापी टोली फर्किएको थियो । तत्कालीन नक्साङ्कनको अवस्थामा सीमा विवादका कारण आफ्नै जमिन आफ्नो नाममा नभएपछि करिब एक हजार दुई सय लालपूर्जाविहीनले फिल्डका नापी र मालपोतको दुवै कार्यालयमा २०७७ माघ महिनासम्म लालपूर्जा प्राप्तिका लागि ७ नम्बर वडास्थित कार्यालयमा नौ सय ३२ र ८ नम्बरमा तीन सय १७ निवेदनसमेत दर्ता गरेका थिए । 
 
यसअघि लालपूर्जा अभावमा रसिदका आधारमा किनबेच हुँदै आएकाले मालपोत कार्यलयको फिल्डबुक र हालको रसिदबाहक जग्गाधनीबीच मेल नहुँदा छानविनमा सकस भएको जनाइँदै आइएको थियो । स्थलगत छानविन गर्न गएको जिल्लास्थित मालपोत तथा नापी कार्यालयका दुई टोली पनि गत असारमा फिर्ता आएका थिए । त्यसयता उक्त समस्यामा कुनै पनि प्रक्रियामा चासो दिइएको थिएन । 
 
टोलीले स्थलगत रुपमा गरेको छानविन र मालपोतको रेकर्डमा कतिपय जग्गाधनीको नाम फरक–फरक भएका कारण थप समस्या उत्पन्न हुँदा लिखत उतार्ने काम सुरु गरिएको भुजेलले बताउनुभयो । “यसअघिको अनुगमनमा मालपोतको फिल्डबुकमा लगत मिल्दैन, लालपूर्जा नहुँदा रसिदका आधारमा किनबेच गरेकाले निकै कित्ताको नाम फरक–फरक आइरहेको थियो, त्यसैले हाल थप समस्या उत्पन्न भएकाले लिखत उतार्ने काम सुरु गरेका थियौँ”, उहाँले भन्नुभयो । 
 
रसिदका आधारमा किनबेच हुँदा पछिल्ला केही वर्षदेखि जग्गाधनीको सङ्ख्यासमेत बढ्दै गएको छ । दुवै वडामा विसं २०७६ पुसमा नापी र मालपोतका दुई कार्यालय स्थापना गरिएको थियो । ती कार्यालय हाल कर्मचारीविहीन अवस्थामा छन् । जग्गा विवाद छानविन गरी लालपूर्जा वितरण गर्ने उद्देश्यले पटक–पटक मालपोत र नापी कार्यालयको टोली फिल्ड कार्यालयमा पठाइएका थिए ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बारम्बार ट्राफिक नियम उल्लङ्घन गर्ने ३१ चालकको लाइसेन्स निलम्बन सिफारिस

काठमाडौं । काठमाडौं उपत्यकामा पटक(पटक ट्राफिक नियम उल्लङ्घन गर्ने ३१ जना चालकको सवारीचालक अनुमतिपत्र ९लाइसेन्स० निलम्बनका लागि सिफारिस गरिएको छ। का...

सुनचाँदीको मूल्य ह्वात्तै घट्यो, तोलाको कति छ ?

काठमाडौँ । गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । सुन तोलामा रु एक हजारले घटेको छ भने चाँदीको मोल भने रु...

एसइई नतिजा एसएमएस, आईभीआर र वेबसाइटबाट सार्वजनिक हुने

भक्तपुर। राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत कक्षा १० परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को नतिजा एसएमएस, आईभीआर तथा वेबसाइट...

हिल्सा नाकाबाट चिनियाँ मदिरा भित्रिन रोक्ने सहमति

हुम्ला। वर्षेनी ठुलो मात्रामा चीनको ताक्लाकोटबाट हिल्सा नाका हुँदै हुम्ला भित्रिने चिनियाँ मदिरा यस वर्ष नेपाल भित्रिन नदिने सहमति भएको छ । नेपाली सुर...

विधि मिच्ने स्वार्थ प्रेरित कार्यले निरंकुशताको संकेत दिन्छ : सपना प्रधान मल्ल

काठमाडौं । कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले विधि र वैधानिक परम्परालाई कमजोर बनाउने स्वार्थ प्रेरित गतिविधिले निरंकुशताको संकेत दिने बताए...

नेकपा एमालेद्वारा २१ सदस्यीय संसदीय बोर्ड गठन

काठमाडौँ । नेकपा एमाले संसदीय दलको बैठकले दलको साङ्गठनिक संरचनालाई पूर्णता दिँदै २१ सदस्यीय ‘संसदीय बोर्ड’ गठन गरेको छ । शनिवार सिंहदरबारस्थित संसद...

कांग्रेसका क्रियाशील सदस्यले अन्य चुनाव चिन्हमा मतदान गर्नु अनुशासनविपरीत : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका आधिकारिक सदस्यले रूखबाहेक अन्य चुनाव चिन्हमा मतदान गर्न नपाइने बताएका छन्। कैलालीको धनगढीमा...

ताप्लेजुङमा बेमौसमी हिमपात

ताप्लेजुङ। ताप्लेजुङमा यतिबेला बेमौसमी हिमपात भएको छ । पाथीभरा डाँडासहित जिल्लाको उच्च हिमाली भेगमा बाक्लो हिमपात भएको हो ।  हिमाली जिल्ला ताप्लेजु...

छ लाख रुपियाँ अवैध भारुसहित दुई जना पक्राउ

नेपालगन्ज। भारतसँग सीमाना जोडिएको बाँके जिल्लाको नेपालगन्ज लगायत विभिन्न सीमावर्ती स्थानमा भारतीय र नेपाली रुपियाँको अवैध सटही कारोबार खुला रूपमा हुँद...

गगन थापासँग कमलबहादुर शाहको प्रश्न: देउवालाई टिकट नदिनुको कारण के ?

काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सभापति गगनकुमार थापा सँग शेरबहादुर देउवा लाई टिकट नदिनुको कारणबारे प्रश्न गरेका छन्। शन...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending