Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) बीच एकता हुँदै

खबरडबली संवाददाता

काठमाडौं । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बास्तोला कन्चन नेतृत्वको नेकपा (बहुमत)बीच पार्टी एकता हुने भएको छ ।

क्रान्तिकारी माओवादीका महासचिव ‘किरण’ र बहुमतका संयोजक ‘कन्चन’सहितको वार्ता टोलीको अन्तिम बैठकले चैत २४ गते शुक्रवार जनआन्दोलन दिवसका दिन पत्रकार सम्मेलन गरेर पार्टी एकता गर्ने निर्णय गरेका हुन् ।

काठमाडौंको घट्टेकुलोमा रहेको सहिद इच्छुक प्रतिष्ठानको कार्यालयमा पत्रकार सम्मेलनकाबीच एकता घोषणा गरिने बहुमतका संयोजक धर्मेन्द्र बास्तोला कञ्चनले जानकारी दिए ।

उनका अनुसार दुई पार्टीको संयुक्त बैठकले एकता प्रक्रियालाई अघि बढाउन दुई पार्टीका ६-६ जना गरी १२ सदस्यीय संयोजन समिति गठन गरेको थियो ।

सहमतिपछि जारी संयुक्त वक्तव्यमा किरण र कन्चनले एकता प्रक्रियामा सामेल हुन पार्टी संगठन र नेता कार्यकर्तालाई आह्वानसमेत गरेका थिए । लामो छलफल पश्चात् पार्टी एकतामा पुगेको कञ्चनको भनाई छ ।

समितिमा क्रान्तिकारी माओवादीको तर्फबाट पार्टी महासचिव किरण, सिपी गजुरेल गौरव, हरिभक्त कँडेल, परि थापा, इन्द्र मोहन सिग्देल र रामसिंह श्रिस र बहुमतबाट पार्टी संयोजक कन्चन, हेमन्तप्रकाश वली सुदर्शन, उदय बहादुर चलाउने दीपक, गुणराज लोहनी प्रवीण, कृष्ण धमला गम्भीर, देवकला अधिकारी र सदस्य रहेका थिए ।

गत असार १० गते कञ्चन नेतृत्वको नेकपा (बहुमत) र कृष्ण धमाला गम्भीर नेतृत्वको जनसमाजवादी मञ्च नेपालबीच पार्टी एकता भएको थियो ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...

इन्धन जोगाउने प्रयासमा श्रीलंका, अब सातामा तीन दिन बिदा

तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?

सार्वजनिक सवारीसाधनको भाडा बढाउने तयारी

काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ।  पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...

सरकार गठन केही दिन सर्‍यो, अब १५ चैतभित्र मात्रै प्रधानमन्त्री नियुक्त

काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...

देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...

बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...

प्रि-मनसुनः आज सामान्य, भोलिदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: