काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले देशको अर्थराजनीति विचौलियाको कब्जामा गइरहेको बताएका छन्।
उद्यमी व्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को राष्ट्रिय सम्मेलनको संघारमा रणनीतिक र संरचनात्मक रूपान्तरणका विषयमा विमर्श गर्न आह्वान गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्।
बिहीबार ट्विट गर्दै उनले भनेका छन्, 'देशको अर्थतन्त्र र राजनीति विचौलियाहरूको कब्जामा गैरहेछ! हाम्रा छोराछोरी देशमा सपना देख्न छाडेर किशोर अवस्थामै विदेश पलायन भैरहेछन! यो कहिलेसम्म?'
रणनीतिक र संरचनात्मक रूपान्तरणको काम गर्नुपर्ने बताउँदै उनले अर्थतन्त्रका चार समस्या उठाएका छन्।
१. हाम्रो औसत प्रतिव्यक्ति जीडीपी विश्वको भन्दा दश गुना कम छ। यसलाई विश्वको हाराहारीमा पुर्याउन केही दशक निरन्तर दुइ अंकको वृद्धिदर चाहिन्छ तर हाम्रो ४० बर्षको औसत वृद्धिदर ४% वरपर मात्र छ। जबकि हाम्रा छिमेकी र अरू एशियाली देशले यो वीचमा ठूलो फड्को हानिसके।
२. सुगौली सन्धीयता हाम्रो वैदेशिक व्यापार घाटा निरन्तर बढ्दै गएर पन्ध्र गुना नाघेकोछ।
३. खुला सीमानाबाट झण्डै आधा अर्थतन्त्र चुहिँदै आएको छ। सस्तो श्रमनिर्यात र महँगो निर्मितवस्तु आयातको असमान सम्बन्धले राष्ट्रिय अर्थतन्त्र पूरै पराश्रित बनेको छ। बाच्छाले सॉढेसंग जुध्न नसके झैं हिजो औद्योगिक वस्तुमा परनिर्भर भएका हामी अब कृषिजन्य वस्तुमा पनि परनिर्भर बन्दैछौं।
४. हाम्रा उद्यमीव्यवसायी उत्पादनशील क्षेत्रमा प्रतिस्पर्धा गर्न नसकेर क्रमशःअरूको विचौलिया बनेर बाँच्ने बाध्यात्मक अवस्थामा पुग्दैछन्।देशको अर्थतन्त्रराजनीति र राज्य विचौलियाहरूको कब्जामा गैरहेछ। हाम्रा छोराछेरी देशमा सपना देख्न छाडेर किशोर अवस्थामै विदेश पलायन भैरहेछन! यो कहिलेसम्म?
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २५ गते, २०८२ - ०८:२७
काठमाडौं । नेपाली कांग्रेसका केही पूर्व सांसदहरूले विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेपछि उक्त दलकै वर...
मंसिर २५ गते, २०८२ - ०८:२१
काठमाडौं । २३ र २४ भदौका घटना जाँचबुझ गर्न गठित आयोगले नीतिगत निर्णय गर्ने र निर्देशन दिने तहका अधिकारीहरूको बयान लिन थालेको छ । तर तत्कालीन प्रधानमन्...
मंसिर २५ गते, २०८२ - ०८:१७
काठमाडौं । शनिबारदेखि सुरु हुने नेकपा (एमाले) को एघारौँ महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा तय भइरहेका बेला महासच...
मंसिर २५ गते, २०८२ - ०७:३९
जेनेभा । अन्तर्राष्ट्रिय हवाई यातायात सङ्गठनका अनुसार विश्वभरका विमान कम्पनीहरूले विभिन्न आर्थिक तथा राजनीतिक चुनौतीका बाबजुद सन् २०२६ मा करिब पाँच अर...
मंसिर २५ गते, २०८२ - ०७:३५
काठमाडौँ । निर्वाचन आयोगले मतदाताको सहजताका लागि देशका विभिन्न मतदानस्थलको पुनरावलोकन गर्ने भएको छ । आयोगले एक सूचनामार्फत सहज रुपमा मतदान गर्ने प्रयो...
मंसिर २५ गते, २०८२ - ०७:३२
महोत्तरी । पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि महोत्तरी जिल्लामा ६ हजार २७ रुख कटान गरिने भएको छ । पूर्व–पश्चिम राजमार्ग विस्तारअन्तर्गत कमला–ढल्...
मंसिर २५ गते, २०८२ - ०७:३०
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी ...
मंसिर २५ गते, २०८२ - ०७:२६
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत इलिमिनेटरमा आज अपराह्न ४ः०० बजे काठमाडौँ गोर्खाज र लुम्...
मंसिर २५ गते, २०८२ - ०७:२२
बागलुङ । यसवर्ष बागलुङमा धान उत्पादन बढेको छ । समयमा वर्षा हुँदा उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत वर्षको तुलनामा यसवर्ष ८४ दश...
मंसिर २५ गते, २०८२ - ०७:१८
काठमाडौँ । चर्चित ब्रिटिस र्यापर क्लार्क स्यामुयलले आफूले चलाएको कारको ठक्करबाट एक नेपाली युवकको ज्यान गएको स्वीकार गरेका छन् । बेलायतको महानगरीय ...




प्रतिकृया लेख्नुहोस्: