Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

बागमती पुल निर्माण आगामी वर्षबाट

खबरडबली संवाददाता
काठमाडौँ । पुरानो ठेक्का तोडेर नयाँ ठेक्कामार्फत प्रक्रिया अघि बढाइएको तीनकुनेस्थित बागमती पुलको काम आगामी आर्थिक वर्षबाट सुरु हुने भएको छ । झण्डै एक दशकपछि पुनः नयाँ ठेक्कामार्फत निर्माण अघि बढाउन लागिएको हो । चालु आवमा डिजाइन सकाएर अर्को वर्ष लाग्नासाथ निर्माणमा जाने योजना बनाइएको हो । केही समय पहिले ‘होल’ खोपेर माटो परीक्षण गरिएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । कस्तो पोल राख्ने भनेर माटो जाँच भएको आयोजनाका सूचना अधिकारी महानन्द जोशीले बताए । 
 
कस्तो पुल बनाउने, कुन कुन संरचना कहाँ र कसरी गर्ने भनी डिजाइन भइरहेको उनले बताए । काम सुरु गर्नुअघि यसअघि सो पुल निर्माणमा संलग्न निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सन कम्पनीले बनाएको संरचना भत्काउनुपर्ने उहाँको भनाइ छ । विसं २०७९ असार १० मा सम्झौता भएको सो ठेक्काको जम्मा अवधि ४२  महिना  छ । अहिले सञ्चालनमा रहेको बीचको पुलको दुवैतर्फ पुल बनाउने गरी एउटै निर्माण कम्पनीलाई जिम्मेवारी दिइएको छ । डिजाइन स्वीकृत भएसँगै निर्माण हुनेछ । करिडोर निर्माण गरिरहँदा बाधा पुग्ने भनेपछि केही समय कुरिएको सूचना अधिकारी जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले काम नसकाएसम्म होल खोप्न पाइँदैन भनेर रोकेर त्यो सकिएपछि नै होल खोपिएको छ ।” 
 
यो आवमा डिजाइनमा नै लाग्ने र त्यो सकिएपछि आगामी आवबाट मात्रै भौतिक काम हुनसक्ने देखिएको आयोजनाले जनाएको छ । डिजाइन सकिँदासम्म वर्षा सुरु हुने भएकाले खन्ने काम गर्न नहुने उनले बताए । 
 
कम्पनीले डिजाइन बुझाएपछि आयोजनाबाट क्षेत्रीय हुँदै विभाग पुगेर त्यहाँबाट स्वीकृत भएपछि मात्रै निर्माणमा जान सकिने छ । डिजाइनका क्रममा कुनै कुरा नमिलेको पाइएमा कहिले आयोजनाले फर्काउने, कहिले क्षेत्रीय त कहिले विभागले फर्काउने गरेका छन् । उनले भने, “डिजाइनको स्वीकृतिका लागि सँगै बसेर छलफल गर्ने चलन हुँदैन, कहिले के मिलेन भनेर फर्किरहँदा पनि डिजाइनमा बढी समय लाग्छ ।” 
 
आयोजनाले यसअघि नै विगतमा काम गरेको कम्पनीसँग भएको धरौटी र बैंक ग्यारेन्टी जफत गरिसकेको छ । कम्पनीसँग ठेक्का तोडिएपछि उसले बिगारेको संरचना भत्काउन र बनाउन लाग्ने लागत बोहर्नपर्ने हुन्छ । असुल हुन बाँकीलाई बाँकी असुल सरह गरी अर्थ मन्त्रालयअन्तर्गत कुमारीचोक तथा केन्द्रीय कार्यालय पठाइएको छ । 
 
पहिले पनि निर्माण कम्पनीले कहिले काम नगर्ने त कहिले डिजाइनभन्दा फरक निर्माण गर्दा लामो समयसम्म अलपत्र परेको सो आयोजनामा हाल कार्यरत निर्माण कम्पनी पनि अहिले कालोसूचीमा परेको छ । ठेक्का भएर पछि मध्यपहाडी राजमार्गमा पुल नबनाएर कम्पनी कालोसूचीमा परेको छ । पहिलो पटक निर्माण सुरु भएको झण्डै आठ वर्षपछि पुनःनयाँ प्रक्रियामार्फत निर्माण अघि बढाइएको हो । निर्माण व्यवसायी आफैँले डिजाइन गर्ने गरी (डिजाइन एण्ड विल्ड) मार्फत निर्माण गरी ठेक्का वाइ/पि/किरातेश्वर जेभीलाई दिइएको छ । सो ठेक्काको रकम रु २४ करोड ५९ लाख ६७ हजार रहेको छ ।
 
बिजुली बजारको पुल जस्तै यो पुल पनि नयाँ प्रविधि मानिने ‘आर्स एण्ड ब्रिज’ प्रविधिबाट निर्माण गर्न लागिएको हो । यस्तो डिजाइनको पुलले शहरी क्षेत्रको आकर्षण बढाउने हुँदा सडक विभागले मुख्य सडकमा निर्माण अघि बढाएको थियो । विसं २०७१ मा तीनकुने पुल र बिजुली बजारस्थित पुल एउटै समयमा सुरु गरेकामा बिजुली बजारस्थित धोबीखोला पुल तीन वर्ष पहिलेदेखि नै सम्पन्न भएर सञ्चालनमा छ ।
 
तीनकुने पुल पप्पु कन्स्ट्रक्सनसँग रु २१ करोडमा ठेक्का भएको थियो । विसं २०७१ पुसमा सडक विभागले सो कम्पनीसँग साढे तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । विसं २०७५ मा निर्माण सम्पन्न हुनुपर्ने पुल अहिले आएर पुनःनिर्माण सुरु गरिएको हो । अरु पुलमा तल्लो भागमा भार भए पनि यसमा भार माथिल्लो भागमा पर्ने विभागले जनाएको छ ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। यो मन्त्रिपरिषद्को नियमित बैठक भएको जनाइएक...

रवि र बालेन मिलेपछि मात्रै कुलमानसँग छलफल हुने, सहमतिपत्रको पहिलो मस्यौदा स्वीकृत

काठमाडौँ । आगामी निर्वाचनमा सहकार्य कसरी गर्ने भन्नेबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बा...

राज्यका मुख्य अङ्गहरु कमजोर बन्दैछन् : महासचिव पोखरेल

बाँके। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रको प्रमुख अङ्गहरु कमजोर बनाउन विभिन्न तहबाट प्रयास गरिएको बताएको छन् ।   राष्ट्रिय बाणिज्य बै...

ट्रकको ठक्करबाट वृद्धको मृत्यु भएपछि लालबन्दीमा तनाव

सर्लाही। नवलपुर–मलङ्गवा सडक अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीमा शुक्रबार दिउँसो ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएपछि अवस्था तनावग्रस...

बीपीएलको पहिलो खेलमा सन्दीप लामिछानेले लिए दुई विकेट

काठमाडौं । ङ्गलादेश प्रिमियर लिग (बीपीएल)को पहिलो खेलमा नेपाली लेग स्पिन सन्दीप लामिछानेले दुई विकेट लिएको छन् ।  सन्दीप आबद्ध टिम राजशाही वारियर्स...

रवि, बालेन र घिसिङबीच पार्टी एकताको लागि आजै हस्ताक्षर हुने

काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टी संरक्षक तथा ऊर्जा म...

सर्वोच्चले खारेज गर्याे गौरीबहादुर कार्कीलाई पदमुक्त गर्न माग गरिएको रिट

काठमाडौँ । जेनजी घटनाको छानबिन गर्न गठन गरिएको आयोगका अध्यक्ष पूर्वन्यायाधीश गौरीबहादुर कार्की र अन्य सदस्यलाई पदमुक्त गर्न माग गरिएको रिट सर्वोच्च अद...

प्रचण्ड कहाँ–कहाँबाट उम्मेदवार सिफारिस भए ?

काठमाडौँ । नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न क्षेत्रहरूबाट सिफारिस भएका छन्। तर उनी कुन...

१२ जिल्लाका सीडीओ र कारागार विभागका महानिर्देशक हेरफेर

काठमाडौँ । गृह मन्त्रालयले शुक्रबार १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र कारागार व्यवस्थापन विभागका महानिर्देशकमा हेरफेर गरेको जानकारी दिएको छ।...

पूर्वरथी बालानन्द शर्माले लिए परराष्ट्रमन्त्री पदको शपथ

काठमाडौँ । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्रमन्त्री पदमा पद तथा गोपनीयताको शपथ लिएका छन्। उनले राष्ट्रपति कार्यालयमा आज आयोजित शपथ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending