काठमाडौ । उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई संघीय सरकार वा प्रदेश सरकारको सहयोग चाहिए प्रक्रियागत रूपमा अघि बढ्नुपर्र्ने जवाफ दिएका छन् ।
सोमबार चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै गृहमन्त्री श्रेष्ठले सरकारहरूबीच कुनै कामका लागि समन्वय हुनका लागि औचित्य पुष्टि हुने गरी तथ्यसंगत रूपमा आउनुपर्ने पनि बताए।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले संघीय सरकारले स्थानीय सरकारसँग समन्वय नगरेको आरोप लगाएपछि त्यसबारे गृहमन्त्री श्रेष्ठले समन्वय गर्न प्रक्रियागत रूपमा आउनुपर्ने बताए।
‘प्रदेश सरकार र स्थानीय सरकारमा समन्वय गरेर संविधानले दिएको जिम्मेवारीलाई पूरा गर्न संघीय सरकार मद्दत गर्न प्रतिबद्ध छ,’ गृहमन्त्री श्रेष्ठले भने।
बल प्रयोग गर्न अनुरोध मात्र गरेर समन्वय नहुने गृहमन्त्रीको भनाइ छ।
‘स्थानीय वा प्रदेश सरकारले म यसो गर्छु भन्ने अनि बल प्रयोग गर्न अनुरोध मात्र गर्ने जानकारी दिएर त हुँदैन। यसबारे महानगर मेयरलाई प्रष्ट भनेको छु,’ श्रेष्ठले भने, ‘तपाईंले गर्न खोजेको कामको औचित्य पुष्टि हुने गरी अलिकति निष्कर्षमा त पुग्न पर्यो नि। तपाई आफैँले मात्र गर्न सक्ने काम छ भने हस्तक्षेप गर्दैनौं। तर संघीय सरकार वा प्रदेश सरकारको सहयोग चाहिए त प्रक्रियागत रूपमा अघि बढ्नुपर्छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ६ गते, २०८३ - १३:२८
काठमाडौं। रसुवा भन्सार कार्यालयबाट विद्युतीय सवारीसाधनको जाँचपास प्रक्रियामा अनियमितता भएको निष्कर्षसहितको अनुगमन प्रतिवेदनका आधारमा तत्कालीन कार्यालय...
आषाढ़ ६ गते, २०८३ - १३:१६
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक एक घण्टा पर सारिएको छ। दिउँसो १ बजेका लागि तय गरिएको बैठक अब २ बजे बस्ने भएको म...
आषाढ़ ६ गते, २०८३ - १२:५३
काठमाडौं। नेकपा (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा नेता प्रदीप ज्ञवालीलाई प्रतिनिधिका रूपमा पठाउने भएको छ। चितवनमा ...
आषाढ़ ६ गते, २०८३ - १२:३५
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा नेता वर्षमान पुनलाई प्रतिनिधिका रूपमा पठाउने भ...
आषाढ़ ६ गते, २०८३ - १२:११
काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको बैठक आज (शनिबार) बस्दै छ। बैठक दिउँसो १२ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा हुने भएको छ। दलका प्रमुख स...
आषाढ़ ६ गते, २०८३ - ११:४०
उदयपुर। महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको स्कुल बस उदयपुरमा दुर्घटना हुँदा ३२ जना घाइते भएका छन्। बा।२ ख ६४३८ नम्बरको बस आज बिहान करिब ९ बजे उदयपु...
आषाढ़ ६ गते, २०८३ - ११:२४
काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले मकालु बेस क्याम्प ट्रेकसम्बन्धी जानकारी समेटिएको भिडियो सार्वजनिक गरेका छन्। बालेन्द्र शाहले...
आषाढ़ ६ गते, २०८३ - ११:०२
लमजुङ। लमजुङको मर्स्याङ्दी गाउँपालिकाले पालिकाबासीलाई ५० युनिट विद्युत नि:शुल्क दिने घोषणा गरेको छ । गाउँपालिकाले शुक्रबार प्रस्तुत गरेको आगामी आर्थिक...
आषाढ़ ५ गते, २०८३ - १७:४२
काठमाडौँ। राष्ट्रिय सभाले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ लाई बहुमतले स्वीकृत गरेको छ । शुक्रब...
आषाढ़ ५ गते, २०८३ - १७:२८
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध लगाइएको सङ्गठित अपराधसम्बन्धी अभियोग फिर्ता लिन ...



प्रतिकृया लेख्नुहोस्: