काठमाडौं । काठमाडौं महानगरपालिकाले शनिबारदेखि शीतल निवास, सिंहदरबार र प्रधानमन्त्री कार्यालयको फोहोर संकलन र ढुवानी बन्द गरेको कारण ती क्षेत्रमा करिब १२ टन फोहोर थुप्रिएको छ ।
देशको राष्ट्र प्रमुख तथा सरकार प्रमुखको कार्यालय र आवासमा फोहोर थुप्रिँदा गृह मन्त्रालय भने रमिते भएको बसेको छ । जबकि, गृह मन्त्रालय आफैंले जारी गरेको आवश्यक सेवामा निषेध गर्न नपाइने २५ बुँदे सूचीकोे १४औँ बुँदामा फोहोरमैला, संकलन र ढुवानीमा अवरोध गर्न नपाइने उल्लेख छ ।
सिंहदरबारभित्रै रहेको गृह मन्त्रालयले आफ्नै परिसर नजिकैको पुतली बगैंचामा फोहोर थुप्रिँदा पनि कुनै प्रतिक्रिया जनाउन सकेको छैन ।
तीन दिनअघि चितवनमा पत्रकारसँग कुरा गर्दै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले वार्ताबाटै समस्या समाधान गर्ने बताउनुभएको थियो । तर, अहिलेसम्म यस विषयमा गृह र कामपाबीच औपचारिक वार्ता हुन सकेको छैन ।
कमपाका प्रवक्ता नवीन मानन्धरले हालसम्म सरकार र कमपाबीच कुनै वार्ता नभएको जानकारी दिँदै भने, ‘आज चार दिन भयो, सरकारले वार्ता गर्ने विषयमा कुनै खबर गरेको छैन । तर, मेयर बालेन्द्र साह र गृहमन्त्री श्रेष्ठबीच सोमबार अनौपचारिक छलफल भएको थियो । छलफलको क्रममा मेयर साहले आफूले सार्वजनिक गरेको १४ बुँदे सम्बोधन नभएसम्म शीतल निवास वालुवाटार र सिंहदरबारको फोहोर नउठाउने स्पष्ट पार्नुभएको थियो ।’
फोहोर संकलन हुन नसक्दा सिंहदरबार परिसरमा ६, शीतल निवासमा ४ र प्रधानमन्त्री निवास वालुवाटारमा २ टन गरी १२ टन फोहोर थुप्रिएको छ । फोहोरको कारण सिंहबारमा दुर्गन्ध फैलन शुरू भएको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: