Khabar Dabali १ जेष्ठ २०८३ शुक्रबार | 15th May, 2026 Fri
Investment bank

‘स्वर्गकी अप्सरा’को छेउमा कष्ट सहनेहरू

खबरडबली संवाददाता

जुम्ला । रारा, डाँडैडाँडाको बीचमा पानीमय उपत्यका । जहाँ दिन ढल्दै गर्दा सूर्यको प्रकाशको चमकमा राराले आफ्नो रूप बदल्दै छ, अनि हावाको वेगमा गति पनि । पानीको छाल यति तेज छ कि कर्णालीको भेलजस्तै राराका छालहरू किनारामा मस्ती मारिरहेका छन् ।

बिहान ७ बजेबाट चलेका डुंगा दिउँसो १२ बज्दा किनारमा तैरिदै छन् । सन्तोषकुमार मल्लको डुंगा पनि किनारमा आइपुग्यो । ‘बिहानैबाट डुंगा चल्छ, ४५ मिनेट घुमाएको ५ सय रुपैयाँ लिन्छौं,’ उनले भने, ‘तीन किलोमिटर दूरी पार गर्दै अर्को किनारसम्म पुग्छु ।’

रारा नेपालकै ठूलो ताल, जसले आफ्नो गर्भमा असीमित सम्भावना लुकाएको छ । सबैले कर्णालीमा समृद्धिको ढोका राराले खोल्छ भनिरहेका छन् । तर, स्वर्गकी अप्सरा उपनाम पाएको राराको पर्यटनबाट यहाँका स्थानीयले लाभ लिन भने सकिरहेका छैनन् ।

सरकारका पर्यटन मन्त्रालय, विभाग र पर्यटन बोर्डहरू प्रचारप्रसारको नाममा महोत्सव, भ्रमण वर्ष, गन्तव्य वर्षका रूपमा वार्षिक बजेट विनियोजन गर्न निकै रुचाउँछन् । तर, राराजस्ता रमणीय र मनोरम प्राकृतिक सम्पदा भएर पनि दुःख कष्टको जीवन बिताउने कर्णालीवासीका पीडा र वेदना कति छन् भन्ने राज्य सँग हिसाब नै छैन ।

सन् २००८ मा पर्यटन बोर्डले रारा महोत्सव गरेको थियो । त्यसयता स्थानीय अग्रसतामा पनि पटकपटक कार्यक्रम भए तर व्यवस्थित मोटरबाटो र भरपर्दो हवाईमार्ग नभएपछि पर्यटकमा खासै वृद्धि भएन । राराले मुगुवासीको आर्थिक जीवनमा खासै अवसर दिएको छैन ।

मुगुवासीसँग नेपालकै ठूलो ताल रारा मात्रै छैन, दुःख कष्टका भारी पनि साना छैनन् । सरकारले बा¥है महिना पर्यटक पुग्ने वातावरण सिर्जना गरिदिनुपर्ने स्थानीयको माग छ । 

‘हामीसँग यति विशाल ताल रारा छ, तर हाम्रा दुःख कष्टका भारी पनि साना छैनन्,’ स्थानीय रमेश विकले गुनासो पोखे, ‘स्वर्गको काखमा नर्कको जीवन जिउँदा पनि राज्य बेखबर छ ।’ यो समाचार राजानी दैनिकमा छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending