Khabar Dabali १ जेष्ठ २०८३ शुक्रबार | 15th May, 2026 Fri
Investment bank

युक्रेन युद्धबारे चुहिएका गोप्य अमेरिकी दस्तावेजमा के छ ?

खबरडबली संवाददाता

काठमाडौं । इन्टरनेटमा अहिले छताछुल्ल अमेरिकी रक्षा मन्त्रालयका नक्सा, चार्ट र तस्बिरहरू सहितका दर्जनौँ गोप्य दस्तावेजहरूबाट हामीले के बुझ्न सक्छौँ?

समयरेखा र दर्जनौँ क्लिष्ट सैन्य शब्दावलीयुक्त पूर्ण दस्तावेजमा केहीमा "अतिगोप्य" समेत लेखिएको छ। यसले युक्रेन युद्धको विस्तृत चित्र देखाउँछ।

तिनले दुवैतर्फ हताहत भएका मानिसको सङ्ख्या, प्रत्येक पक्षका सैन्य कमजोरी र युक्रेनले अब वसन्तयाममा गर्ने अपेक्षा गरिएको प्रत्याक्रमणका बेला उसको सामर्थ्यबारे बताउँछन्।

ती दस्तावेजहरू कति यथार्थपरक हुन्? अनि तिनले हामी वा क्रेम्लिनलाई अहिलेसम्म थाहा नभएको विषयमा के भन्छन्?

युक्रेन युद्धबारे ठूलो अमेरिकी सूचना

सबैभन्दा ठूलो कुरा के हो भने १४ महिनाअघि रुसले युक्रेनमा अतिक्रमण सुरु गरेयता यो गुप्त अमेरिकी सूचनाको सबैभन्दा ठूलो चुहावट हो। केही दस्तावेजहरू केवल साताअघिका हुन्। तर त्यसबाट पर्ने प्रभाव निकै ठूलो छ।

पेन्टागनका अधिकारीहरूलाई उद्धृत गर्दै ती ती दस्तावेजहरू वास्तविक रहेको भन्दै बताइएको छ। कम्तीमा एउटा दस्तावेजमा भएका जानकारी त्यसको नयाँ संस्करणमा फेरिएको छ। तर १०० वटा दस्तावेजको चाङमा त्यो खासै ठूलो कुरा हैन।

बीबीसीले २० वटाभन्दा बढी ती दस्तावेज हेरेको छ। तिनमा युक्रेनलाई दिइएका तालिम र उपकरणहरूबारे विस्तृत विवरण समाविष्ट छ। केही साताभित्रै सुरु हुनसक्ने प्रत्याक्रमणका लागि युक्रेनले दर्जनौँ नयाँ ब्रिगेडहरू बनाएको छ।

दस्तावेजमा ती ब्रिगेडहरू कहिले तयार हुन्छन् भन्नेदेखि पश्चिमा साझेदारहरूले युक्रेनलाई दिने ट्याङ्क, बख्तरबन्द गाडी र गोलाबारुदको सूची पनि उल्लिखित छ। तर त्यसले "उपकरण आपूर्तिको समयले तालिम र तयारीमा असर गर्ने" जनाएको छ।

एउटा नक्सामा "माटो जमेको क्षेत्रको समयरेखा" देखाइएको छ जसले वसन्तयाम सुरु हुँदै गर्दाको पूर्वी युक्रेनको अवस्था मूल्याङ्कन गरेको छ।

युक्रेनको हवाई प्रतिरक्षाको क्षमता परीक्षण गरेको हिउँदपछि त्यहाँ युक्रेनको कमजोर बनिरहेको हवाई प्रतिरक्षाको गम्भीर समीक्षा समेत छ।

किएभले यतिखेर आफ्नो सीमित स्रोतलाई नागरिक, महत्त्वपूर्ण पूर्वाधार र अग्रमोर्चामा परिचालित फौजका लागि व्यवस्थापन गर्नु परिरहेको अवस्थामा त्यस्तो समीक्षा गरिएको छ।

कति कुरा नयाँ हुन्?

अधिकांश विवरणहरू थाहा भएकै विषय हुन्। तिनमा धेरै कुरा छ र ती एकैठाउँ छन्। हताहत भएका सैनिकहरूको सङ्ख्या हेरौँ।

अमेरिकाको अनुमानमा त्यहाँ १,८९,५०० देखि २,२३,००० बीचमा रुसी सैनिकहरू मारिएको वा घाइते भएको हुनसक्ने थाहा हुनु कुनै आश्चर्यको विषय होइन।

युक्रेनतर्फको क्षति १,२४,५०० र १,३१,००० बीचको छ जुन पछिल्ला साताहरूमा पत्रकारहरूलाई बताइएको विवरणकै नजिक छ।

पेन्टागनका अनुसार सूचनामा रहेको अपूर्णता, गोप्य सूचना असम्बन्धित पक्षबाट जोगाउन गरिने सुरक्षा र अरू भ्रमित पार्न दुवै पक्षले गरेको नियोजित प्रयासलाई औँल्याउँदै क्षतिको विवरणलाई उसले पूरै विश्वास गर्न सकेको छैन।

अर्थपूर्ण ढङ्गले दस्तावेजमा परिवर्तन गर्दै युक्रेनले सबैभन्दा नराम्रो मानवीय क्षति बेहोरेको देखाउने प्रयास गरिएको छ। 

रुस पक्षधर एउटा टेलिग्राम साइटमा उपलब्ध विवरणमा "लडाइँमा मारिएका" युक्रेनीहरूको सङ्ख्या ( १६,००० देखि १७,५००) लाई रुसले बेहोरेको भन्ने देखाइएको छ भने सङ्ख्या अदलबदल गरेर युक्रेनी पक्षतर्फ ६१,००० देखि ७१,५०० जनाको ज्यान गएको देखाइएको छ।

यस्ता कुराहरूका कारण कसले कुन उद्देश्यले यी दस्तावेजहरू सार्वजनिक गर्‍यो भन्ने प्रश्न उठाउँछ।

कसरी चुहाइयो विवरण?

सन्देशहरू पठाइने प्ल्याटफर्म 'डिस्कर्ड'देखि 'फोरचान' र टेलिग्रामसम्ममा ती दस्तावेज कसरी फैलिए भनेर बेलिङक्याट भनिने इन्भेस्टिगेटिभ ओपन सोर्स इन्टेलिजन्स ग्रूपका एरिक टोलरले बताएका छन्।

टोलरका अनुसार अझै यो सुरुमा कहाँबाट चुहियो भनेर थाहा पाउन सम्भव भएको छैन। तर मार्च महिनाको सुरुमा गेमर्सहरूमाझ लोकप्रिय सन्देश प्ल्याटफर्ममा चुहिएका सूचनाहरू देखा पर्न थालेका थिए।

युक्रेन युद्धबारेको बहसपछि मार्च ४ मा डिस्कर्डको सर्भरमा धेरै देखा परेका कम्प्युटर गेम 'माइनक्राफ्ट'का प्लेअरहरूमध्ये एक जनाले "यहाँ केही चुहिएका दस्तावेजहरू छन्" भन्दै १० वटा दस्तावेज राखे।

गोप्य सूचना चुहाउने त्यो अस्वाभाविक तरिका हो। सन् २०१९ मा यूकेमा भएको निर्वाचनअघि अमेरिका-यूके व्यापार सम्बन्धसँग सम्बन्धित दस्तावेजहरू रेडिट, फोरचान र अन्य साइटमा देखा परेका थिए।

त्यस बेला रेडिटले ती प्रशोधित विवरणहरू रुसबाट उत्पन्न भएको जनाएको थियो। अर्को घटनामा गत वर्ष, अनलाइन गेम 'वार ठन्डर'का प्लेअरहरूले बारम्बार संवेदनशील सैन्य दस्तावेजहरू पोस्ट गरेका थिए। त्यसो गर्नुलाई उनीहरूबीच भएको बहसमा जित्ने प्रयास मानिएको थियो।

अहिलेको यो चुहावट निकै संवेदनशील र सम्भवतः क्षति पुर्‍याउने खालको छ। किएभका अधिकारीहरूले रुसले दुष्प्रचार अभियान चलाएको हुनसक्ने आशङ्का व्यक्त गरेका छन्। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending