Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

चितवन २ मा निशाना साँध्दै कांग्रेस र एमाले, रवि लामिछानेको लोकप्रियता घटेको हो ?

खबरडबली संवाददाता

काठमाडौं । वैशाख १० गतेका लागि तय भएको उपनिर्वाचन अन्तर्गत धेरैको ध्यान चितवन निर्वाचन क्षेत्र नम्बर दुईमा चलिरहेको चुनावी अभियानले तानेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालको गृह जिल्लामा दोस्रो पटक उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सत्ता साझेदार नेपाली कांग्रेस र विपक्षी एमालेले चुनौती ठानेको पाइन्छ।

अघिल्लो चुनावमा लामिछानेले ४९ हजार भन्दा बढी मत ल्याउँदा कांग्रेस र एमालेका उम्मेदवार १४/१४ हजार मतमा सीमित भएका थिए।

छोटो समयमा नै राष्ट्रिय राजनीतिमा हलचल मच्चाउँदै लामिछानेले नेतृत्व गरेको दल चौथो ठूलो शक्तिका रूपमा संसद्‍मा प्रवेश गरेको छ।

नागरिकता विवादमा सर्वोच्च अदालतले सुनाएको एउटा निर्णयसँगै लामिछाने अचानक पदमुक्त भएपछि चितवन निर्वाचन क्षेत्र नम्बर दुईमा उपचुनाव गराउनुपर्ने परिस्थिति उत्पन्न भएको हो।

चुनावी चहलपहल

चितवन क्षेत्र नम्बर दुईमा विभिन्न दलका १२ जना र स्वतन्त्र १२ जना गरी २४ जना उम्मेदवार चुनावी मैदानमा छन्।

एक लाख २४ हजार भन्दा बढी मतदाता रहेको उक्त निर्वाचन क्षेत्रमा गएको मङ्सिर ४ मा सम्पन्न आम चुनावमा लामिछाने भारी मत अन्तरले विजयी भएका थिए।

उक्त क्षेत्रमा यस पटक पनि कांग्रेस र एमालेले उम्मेदवारी दिएका छन्। कांग्रेस उम्मेदवारलाई सत्ता गठबन्धनका माओवादी केन्द्र सहितका दलले सघाउने वाचा गरेका छन्।

सर्वोच्च अदालतले पुनः नागरिकता लिनुपर्ने आदेश दिएपछि लामिछानेको सांसद् तथा मन्त्री पद खारेज भएको थियो। अदालतको निर्णयका कारण चितवन क्षेत्र नम्बर दुईमा उपचुनाव हुन लागेको हो।

राजनीतिमा पाइला हाल्ने बित्तिकै लामिछानेलाई जिताएको प्रधानमन्त्रीको गृह जिल्लाको उपचुनावमा देशैभरीबाट चासो बढेको पाइन्छ। अघिल्लो चुनावमा लामिछानेलाई गएको भोट फर्काउन सत्ता गठबन्धनका उम्मेदवार जीत नारायण श्रेष्ठ र नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपाने लागि परेका छन्।

कांग्रेसका जीत नारायण श्रेष्ठले आफू स्थानीय उम्मेदवार भएकाले मतदाताको समर्थन पाउने विश्वास व्यक्त गरे। उनले भने, “म आम दाजुभाइ र दिदी बहिनीहरूको सुख दुखमा साथ दिएर हिँडेको मान्छे हुँ। हिजो एउटा हावाहुरी आएर के के भयो त्यो कुरा छाडिदिऊँ। अब हावाहुरी हावाहुरी नै रहन्छ। यो पालीको निर्वाचन हामीले जित्छौँ।”

एमालेका उम्मेदवार न्यौपानेले पनि मतदाताहरूको समर्थन आफूले पाउने बताए।

उनले भने, “जनतालाई हिजो जुन ढङ्गले भ्रम पारिएको थियो, व्यवहारबाट नै त्यस्ता खालका भ्रमपूर्ण कामहरू पुस्ट्याइँ भइसकेका छन्। उहाँले कुनै खालको काम गर्न सक्नुभएको छैन। भ्रमहरू चिरिएको हुनाले जनताहरू हामी तिरै फर्किनेछन्।”

मत घटाउन चुनौती

चुनावपछि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी गएको थियो। तर सर्वोच्च अदालतको निर्णयले आफ्ना सभापतिको सांसद पद खारेज भएपछि उक्त दल सरकारबाट बाहिरियो।

आफूलाई सुशासनको पक्षधर वैकल्पिक शक्तिका रूपमा उभ्याएको उक्त दल पछिल्लो समयमा आफ्ना एक जना सांसदले रकम मागिरहेको अडिओ टेप सार्वजनिक भएपछि विवादमा परेको छ।

ती सांसदलाई पदमुक्त गर्ने निर्णय सो दलले गरेको थियो। उपनिर्वाचन भइरहेका तीन वटै क्षेत्रमा आक्रामक चुनावी अभियान सञ्चालन गरिरहेको स्वतन्त्र पार्टीका उम्मेदवार लामिछानेले भने उपचुनावमा आफ्नो दलले थप सफलता पाउने बताउँदै आएका छन्।

आफ्नो मत घटाएर देखाउन विपक्षी उम्मेदवारहरूलाई चुनौती दिँदै उनले भने, “यस पटक रविको भोट घट्छ भनेर भनिरहेका छन्। कसरी भोट घट्दो रहेछ? काम गर्न चाहन्छु भन्ने मानिसको भोट घट्छ भने म त्यो स्वीकार गर्न तयार छु।”

आफ्ना निकटतम प्रतिद्वन्द्वीको तुलनामा सवा तीन गुना अर्थात् ४९ हजार भन्दा बढी मत ल्याएर चितवनमा लामिछाने मङ्सिरको आम चुनावमा विजयी भएका थिए।

त्यही भएर अहिलेको उपचुनावमा उनलाई हराउन सत्ता गठबन्धनका लागि सजिलो नहुने कैयौँको आकलन पाइन्छ।

सम्भावित अन्तर्घात रोक्न उम्मेदवारहरूले कोसिस गरिरहँदा आफ्नो गृह नगरमा गठबन्धनको प्रतिष्ठा जोगाउने चुनौती प्रधानमन्त्री प्रचण्ड र उनका सहयात्री दलहरूको काँधमा छ। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन  । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...

धोबीखोलामा भेटियो युवकको शव

काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ।  मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...

बाजुरामा सात मतदानस्थल थपिए

बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...

तीनकुने-जडीबुटीमा फ्लाइओभर र अन्डरपास बन्ने निश्चित, जापानसँग ३२ अर्बको ऋण सम्झौता

१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश १६ दिनदेखि शीतलनिवासमा ‘होल्ड’

काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...

कालीमाटीमा गोलभेँडाको मूल्य घट्यो, काउली र फर्सीको बढ्यो

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...

एनपीएलः आज पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाज, सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।  ...

चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...

काँकडभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending