Ntc summer Offer
Khabar Dabali ११ आश्विन २०८१ शुक्रबार | 27th September, 2024 Fri
NIMB

गोरखानाथ मन्दिर परिसरमा रोट महोत्सव हुने

खबरडबली संवाददाता

गोरखा । गोरखानाथ मन्दिरमा २०औँ सवा लाख रोट महोत्सव हुने भएको छ । गोरखा दरबार परिसरमा गुरु गोरखनाथको मनपर्ने खाद्य परिकारका रूपमा लिइने रोट चढाउने परम्परालाई प्रचार–प्रसार गर्दै गोरखा जिल्लाभित्र धार्मिक पर्यटन प्रवद्र्धनका लागि यही वैशाख २२ देखि जेठ १ गतेसम्म महोत्सव हुने भएको हो ।

गोरखनाथ मन्दिरमा दिनहुँ रोट चढाउने प्रचलन रहे पनि गएको २० वर्षदेखि यसलाई महोत्सवकै रूपमा समेत अगाडि बढाउन थालिएको आयोजक सिद्धाश्रम शक्ति केन्द्र गोरखाका संयोजक किशोरकुमार अकेलाले जानकारी दिए। गोरखनाथ पृथ्वीमा पहिलोपटक गोरखाको पवित्रस्थल गोरख गुफामा प्रकट भएको धार्मिक मान्यताअनुसार यहाँको गोरखनाथ मन्दिरमा रोट चढाउने प्रचलन रहँदै आएको छ ।

रोट भुङ्ग्रे र तावा गरी दुई प्रकारका हुने उनले बताए । “एक प्रकारको खाद्य वस्तुका रूपमा रहेको रोट गुरुगोरखनाथलाई मनपर्ने वस्तुका परिकार हो”, उनले भने, “चामलको पिठोमा नरिवल, ल्वाङ, अलैँची, चिनीलगायतका ५२ प्रकारका मसला मिसाएर घ्यूमा पकाइने वस्तुलाई रोट भनिन्छ ।” साना–साना आकारमा तयार गरिने यो रोटलाई नाथ प्रजातिका व्यक्तिहरूले शुद्व भई मन्त्रजप गरी बीचको भाग उठाएर बनाइएको हुन्छ ।  तत्कालीन नेपाल एकीकरणको समयमा सेनालाई प्रसादका रूपमा एउटा रोट र एक माना पानी खुवाएपछि भोक नलाग्ने र लामो समयसम्म लडाइँ लड्न सकेको भन्ने भनाइ शिलालेखमा पाइन्छ ।

रोट महोत्सवमा सहभागी हुन आउने भक्तजनका लागि खाने, बस्नेलगायतका सवै सुविधा निःशुल्क उपलब्ध गर्ने व्यवस्था गरिएको अकेलाले जानकारी दिए। भक्तजनका लागि भजनकीर्तन गर्नसमेत विशेष ठाउँको व्यवस्था गरिएको छ भने रोट पकाउन लागि दाउरालगायतको समेत विशेष व्यस्थापन गरिएको उनले बताए । महोत्सव गर्न करिब रु २५ लाख खर्च लाग्ने अनुमान गरिएको संयोजक अकेलाले जानकारी दिए।

लाग्ने खर्च हरेक वर्ष शक्ति केन्द्र, साधक, भक्तजन, स्थानीय समाजसेवी तथा सङ्घसंस्थाबाट स्वेच्छिकरूपमा जुटाइन्छ । एघार दिनसम्म चल्ने महोत्सवका लागि गोरखा आउने श्रद्धालु भक्तजनको आवास र खानाको प्रबन्ध आयोजकले व्यवस्थापन गर्ने जानकारी दिएको छ । वैशाख २२ गते बाजागाजासहित गोरखा सदरमुकामबाट गोरखनाथ मन्दिरसम्म रथयात्रा गरिनेछ । रोट महोत्सवमा हरेक दिन साधक साधिकाबाट धार्मिक प्रवचन तथा भजनकीर्तनसमेत हुने केन्द्रले जनाएको छ ।

महोत्सवले गोरखाको प्रचार–प्रसार जिल्लाको आन्तरिक तथा बाह्य पर्यटन विकासमा टेवा पुग्ने आयोजकले विश्वास लिएको छ । यहाँको रोट महोत्सव अवलोकन र प्रसाद ग्रहण गर्नका लागि भारतलगायतका देशका विभिन्न जिल्लाबाट भक्तजन आउने गर्दछन् । महोत्सवमा एक लाख श्रद्वालु भक्तजनले सहभागिता जनाउने आयोजकको अनुमान छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दसैँ लगत्तै बस्ने माओवादीको केन्द्रीय बैठक पार्टीको लागि कोशेढुंगा साबित हुनेछः प्रचण्ड

विद्यार्थी संगठनलाई प्रचण्डको निर्देशनः तपाईँ सडकको बाघ भएर निस्कनोस्, म संसदमा सिंह भएर निस्केको छु

जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय समुदायले नेपाललाई सघाउनुपर्छ: स्वास्थ्यमन्त्री पौडेल

जकार्ता । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपाल जलवायु परिवर्तनको प्रभावबाट अत्यधिक प्रभावित भएको भन्दै यसका असर न्यूनीकरणका लागि अन्तर्...

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल बिरामीमैत्री बन्नुपर्छः कार्यवाहक प्रधानमन्त्री

चितवन। कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले क्यान्सरको उपचार, पहिचान, निदान र सचेतनामा सशक्त भएर लाग्न क्यान्सर अस्पतालका चिकित्सक एवम् कर्मचारीहर...

उपभोक्ता मुद्रास्फीति ४.१० प्रतिशतमा सीमित

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१-८२ को पहिलो महिना साउनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१० प्रतिशतमा सीमित रहेको तथ्यांक सार्वजनिक भएको छ ।...

टी-२० र टेस्ट क्रिकेट छोड्ने शकिब अल हसनको घोषणा

काठमाडौँ । बंगलादेशका अल राउण्डर शकिब अल हसनले टी-२० र टेस्ट क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । भारतविरुद्धको दोस्रो टेस्ट अघि मिडियासँग कुरा...

उड्डयन प्रशिक्षण प्रतिष्ठानको जग्गामा फिर्ता गर्न पहल गर्छु- मन्त्री पाण्डे

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल उड्डयन प्रशिक्षण प्रतिष्ठानको नाममा रहेको जग्गा फिर्ता ल्याउन पहल गर्ने बताएक...

सुस्ता पुल नागरिकको जोखिमपूर्ण यात्राको समाधानः राष्ट्रपति

नवलपरासी । राष्ट्रपति रामचन्द्र पौडेलले नदी तरितराउको अभावमा वर्षोदेखि सुस्ता क्षेत्रका नागरिकले आफ्नो दैनिक जीवन सञ्चालनका लागि डुङ्गाको भर परी जोखिम...

न्युयोर्कमा परराष्ट्रमन्त्री आर्जु राणको व्यस्त कार्यसूची

वासिङ्टन डिसी । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिनेक्रममा न्युयोर्क आउनुभएकी परराष्ट्रमन्त्री डा। आरजु राणा देउवा राष्ट्रसङ्घीय कार्यक्रमसहित...

गोरखामा सात सय ३३ जनामा डेंगु, तीन सय ७३ जनामा स्क्रब टाइफस

सुलीकोट। गोरखाामा सात सय ३३ जनामा डेंगु सङ्क्रमण देखिएको छ । जिल्लामा अत्यधिक मात्रामा डेंगु रोग सङ्क्रमण बढ्दै जाँदा साउन, भदौ र असोज १० गतेसम्म सात ...

दसैँ अगाडि सबै सडकलाई खाल्टाखुल्टी पुरिसक्छौंः भौतिकमन्त्री

ढल्केबर। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले दसैँ अगावै देशभरका सबै सडकलाई खाल्टाखुल्टी रहित बनाइ सक्ने बताएको छन् । सङ्घीय सरकार मा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy