काठमाडौ । वायु प्रदूषण कम गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाले १० वटा वडालाई समेटेर वायु प्रदूषण व्यवस्थापन नागरिक समाज सञ्जाल गठन गरेको छ । समुदायस्तरमा वायु प्रदूषण नियन्त्रणसम्बन्धी जनचेतना जगाउने उद्देश्यले विष्णुमती नदीलाई छुने वडा नं. १२, १३, १४, १५, १६, १७, १८, १९, २० र २५ का जनप्रतिनिधि र नागरिक समाजका प्रतिनिधि सहभागिता रहेको बैठकमा कामपा वातावरण व्यवस्थापन विभागले निरु महर्जनको अध्यक्षतामा ११ सदस्यीय उक्त सञ्जाल गठन गरेको हो ।
सञ्जालमा १० वटा वडामध्ये वडा नं १६ बाट दुई र बाँकी वडाबाट एक/एकजना सहभागी गराइएको उक्त विभागका प्रमुख रवीनमान श्रेष्ठले जानकारी दिए ।
सञ्जालको उपाध्यक्षमा पपुल सापकोटा र सचिवमा पवनप्रसाद गोर्खाली हुनुहुन्छ भने सदस्यहरुमा गोविन्द श्रेष्ठ, स्विट थापा, सरिता बज्राचार्य, अनेश चित्रकार, नानीहीरा डङ्गोल, कमल काफ्ले र गौरी देवकोटा हुनुहुन्छ ।
स्टेट अफ ग्लोेबल एअरले सन् २०२० गरेको अध्ययनअनुसार विश्वमा श्वासप्रश्वासका कारण ४० प्रतिशत, फोक्सोको क्यान्सरका कारण १९ प्रतिशत, फोक्सो तथा श्वासप्रश्वास प्रणालीमा हुने सङ्क्रमणका कारण ३० प्रतिशत, मधुमेहका कारण २० प्रतिशत र इस्केमिक हृदय रोगका कारण २० प्रतिशत मानिसको मृत्यु हुने गरेको छ । वायु प्रदूषणकै कारण यस्ता समस्या बल्झिएको र यसैकारण २० प्रतिशत नवजात शिशुको पनि मृत्यु हुनाका साथै मानिसको औसत आयु पनि घट्दै गएको छ । वायु प्रदूषणका लागि ठूलाठूला कलकारखाना, आगलागी, इन्धनको प्रयोगमा जिम्मेवार छैनन्, व्यक्तिले घरभित्र र बाहिर गर्ने दैनिक व्यवहारका कारणले पनि प्रदूषण बढाउन सहयोग गरेको बताइएको छ ।
नागरिक समाज सञ्जालले के गर्छ ?
उक्त सञ्जालले फोहोर तथा प्लास्टिक बाल्न रोक लगाउन सहजीकरण गर्न, विशेष सरसफाइ अभियान सञ्चालन गर्न र घरभित्रको प्रदूषण कम गर्न घरघरमा गएर सचेतना फैलाउने काम गर्छ । यसैगरी वायु गुणस्तरको सवालमा नियमित छलफल गरेर नीति, मापदण्ड तथा अनुगमन गर्ने विषयमा सुझाव दिने, संरचना निर्माणमा थप छलफल गर्ने, सामाजिक जवाफदेहिताका काम गर्ने गर्छ । साझेदार सङ्घसंस्थाहरुले अहिले कामपासहित ललितपुर महानगरपालिका, चन्द्रागिरि, चाँगुनारायण र शङ्खरापुर नगरपालिकामा स्वच्छ हावाका लागि कार्यक्रम थालिसकेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २५ गते, २०८२ - १७:४४
काठमाडौँ । अन्तर्राष्ट्रिय वायु प्रदूषण मापन संस्था ‘आईक्यू एयर’का अनुसार काठमाडौँ विश्वकै सबैभन्दा बढी वायु प्रदूषण हुने सहरको सूचीमा पहिलो स्थानमा प...
फाल्गुन २५ गते, २०८२ - १७:२३
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ तीन लाख मत पार गर्दै आवश्यक थ्रेसहोल्ड पार गरेको छ। २१ फ...
फाल्गुन २५ गते, २०८२ - १६:५५
गोरखा । गोरखा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुधन गुरुङ विजयी भएका छन्। मतगणनाको अन्तिम परिणामअनुसार गुर...
फाल्गुन २५ गते, २०८२ - १६:४३
काठमाडौं । इलाम जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार निस्कल राई विजयी भएका छन्। त्रिपक्षीय प्रतिस्पर्धा भएको निर्वाचनमा र...
फाल्गुन २५ गते, २०८२ - १६:३३
काठमाडौँ । सर्वोच्च अदालतले निर्वाचन आयोगद्वारा उम्मेदवारी खारेज गरिएका धनुषा क्षेत्र नम्बर १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किश...
फाल्गुन २५ गते, २०८२ - १६:१२
काठमाडौँ । ओखलढुंगा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका क्रममा प्रत्यक्षतर्फ हराएका भनिएका मतपत्र समानुपातिकतर्फको ढ्वाङमा भेटिएका छन्। ...
फाल्गुन २५ गते, २०८२ - १५:२६
विराटनगर। झापाको गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीमाथि आइतबार साँझ अभद्र व्यवहारसहित हातपात भएको छ। प्रहरीका अनुसार, गौरादह–५, राजपति चोक, चप्...
फाल्गुन २५ गते, २०८२ - १५:०८
काठमाडौँ । माघ ११ गतेको राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा पद तथा गोपनीयताको ...
फाल्गुन २५ गते, २०८२ - १४:३८
काठमाडौँ । किशोरी साह कमलले राष्ट्रिय स्वतन्त्र पार्टी तर्फबाट धनुषा–१ मा उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट नि...
फाल्गुन २५ गते, २०८२ - १४:२२
काठमाडौँ । प्रत्यक्षतर्फ तीन सिट जितेको श्रम संस्कृति पार्टीले समानुपातिक मतमा करिब तीन लाख आठ हजार ६५६ मत प्राप्त गरेको छ। कुल ८८ लाख ४८ हजार १४८ मत ...



प्रतिकृया लेख्नुहोस्: