काठमाडौं । वैशाख १० को उपनिर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच तालमेलको प्रयास कसरत अन्तिम चरणमा भंग भएको छ । मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा दुई दलबीच सहमति पत्रमा हस्ताक्षर अन्तिम चरणमा रोकिएको हो ।
सहमतिपत्रमा देउवाको हस्ताक्षर लिएर कांग्रेस नेताहरु डा. मिनेन्द्र रिजाल र गोरखा १ बाट निर्वाचित सांसद समेत रहेको राजेन्द्र बजगाई बालकोट पुगेका थिए ।
सहमतिको मस्यौदामा एमाले उपाध्यक्ष बिष्णु पौडेल सहभागी थिए । बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपमहासचिव विष्णु रिमाल पनि राति बालकोट पुगेका थिए ।
देउवा र ओलीबीचको संवादपछि चितवन २ मा कांग्रेसले एमालेलाई सघाउँने र तनहुँ १ मा एमालेले कांग्रेसलाई सघाउने सहमति भइसकेको थियो । बारा २ को बारे सम्झौतामा उल्लेख थिएन ।
बारा २ को सन्दर्भमा भने कांग्रेसको उम्मेदवार नभएकाले सहमतिपत्रमा उल्लेख गरिएको छैन । दुई दलका प्रमुख नेताबीच कांग्रेसले बारा २ मा एमालेलाई सघाउने अनौपचारिक सहमति भएको स्रोतको दाबी छ।
देउवाले चितवनका जितनारायणलाई नजित्ने भन्दै एमालेलाई सघाउन आग्रह गरेका थिए तर, उनले मानेनन्। एमालेले तनहुँमा कांग्रेसलाई सघाउने सहमति नजिक पुगेको थियो।
देउवाको प्रयासा दुई महामन्त्रीले पनि सकारात्मक रेस्पोन्स दिएनन्। कांग्रेस र एमाले नमिल्दा व्यवस्थामाथि नै संकट उत्पन्न गर्ने खालका गतिविधिहरु भएको र अराजकतालाई राजनीतिक रुपमा दिन थालिएको विश्लेषण गर्दै शीर्ष तहमा यो सहमति आबश्यक भएको नेताहरुको जिकिर थियो ।
विगत तीन दिनदेखि एमाले उपाध्यक्ष पौडेल र कांग्रेसका नेता डा. रिजाल तथा राजेन्द्र बजागाई यो सहमति निर्माणमा खटिएका थिए । कांग्रेसले एमालेलाई सघाएसँगै चितवनमा माओवादीको समर्थन पनि एमालेलाई नै हुने कांग्रेस नेताहरुको दावी थियो ।
ओली र देउवाबीचको यो संवादको बारेमा प्रचण्ड पनि जानकार थिए । तर कांग्रेसभित्रै समस्या भएपछि अन्तिम चरणमा सहमति रोकिएको छ ।
कांग्रेसकै नेताहरुले उपचुनावमा एमालेसँग तालमेल सफल भए बैशाख १० पछि प्रचण्ड प्रधानमन्त्री नरहने भनेपछि माओवादी पंक्ति पनि तरंगित भयो । खासमा यो चलखेल कांग्रेसभित्रको थियो ।
कांग्रेस उपसभापति तथा उपप्रधानमन्त्री पुर्णवहादुर खड्काले एमालेसँग मिल्ने कुरामा कडा आपत्ति जनाए । कांग्रेस र एमालेको प्रयासमा प्रचण्डसहित माओवादी नेताहरु झल्किएका छन्।
गठबन्धन भत्काएर एमाले र कांग्रेसको सरकार बन्ने खतरा समेत यसमा समेटिएपछि बालकोटमा मध्यरातमा सहमति हुन नसकेको नेताहरु बताउँछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १९ गते, २०८२ - ०९:१५
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...
मंसिर १९ गते, २०८२ - ०९:१२
चितवन । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...
मंसिर १९ गते, २०८२ - ०९:०६
काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ। मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...
मंसिर १९ गते, २०८२ - ०८:५७
बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...
मंसिर १९ गते, २०८२ - ०८:१९
१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत
मंसिर १९ गते, २०८२ - ०८:१५
काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...
मंसिर १९ गते, २०८२ - ०८:०८
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...
मंसिर १९ गते, २०८२ - ०७:४०
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । ...
मंसिर १९ गते, २०८२ - ०७:३७
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...
मंसिर १९ गते, २०८२ - ०७:३४
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...




प्रतिकृया लेख्नुहोस्: