काठमाडौं । वैशाख १० को उपनिर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच तालमेलको प्रयास कसरत अन्तिम चरणमा भंग भएको छ । मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा दुई दलबीच सहमति पत्रमा हस्ताक्षर अन्तिम चरणमा रोकिएको हो ।
सहमतिपत्रमा देउवाको हस्ताक्षर लिएर कांग्रेस नेताहरु डा. मिनेन्द्र रिजाल र गोरखा १ बाट निर्वाचित सांसद समेत रहेको राजेन्द्र बजगाई बालकोट पुगेका थिए ।
सहमतिको मस्यौदामा एमाले उपाध्यक्ष बिष्णु पौडेल सहभागी थिए । बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपमहासचिव विष्णु रिमाल पनि राति बालकोट पुगेका थिए ।
देउवा र ओलीबीचको संवादपछि चितवन २ मा कांग्रेसले एमालेलाई सघाउँने र तनहुँ १ मा एमालेले कांग्रेसलाई सघाउने सहमति भइसकेको थियो । बारा २ को बारे सम्झौतामा उल्लेख थिएन ।
बारा २ को सन्दर्भमा भने कांग्रेसको उम्मेदवार नभएकाले सहमतिपत्रमा उल्लेख गरिएको छैन । दुई दलका प्रमुख नेताबीच कांग्रेसले बारा २ मा एमालेलाई सघाउने अनौपचारिक सहमति भएको स्रोतको दाबी छ।
देउवाले चितवनका जितनारायणलाई नजित्ने भन्दै एमालेलाई सघाउन आग्रह गरेका थिए तर, उनले मानेनन्। एमालेले तनहुँमा कांग्रेसलाई सघाउने सहमति नजिक पुगेको थियो।
देउवाको प्रयासा दुई महामन्त्रीले पनि सकारात्मक रेस्पोन्स दिएनन्। कांग्रेस र एमाले नमिल्दा व्यवस्थामाथि नै संकट उत्पन्न गर्ने खालका गतिविधिहरु भएको र अराजकतालाई राजनीतिक रुपमा दिन थालिएको विश्लेषण गर्दै शीर्ष तहमा यो सहमति आबश्यक भएको नेताहरुको जिकिर थियो ।
विगत तीन दिनदेखि एमाले उपाध्यक्ष पौडेल र कांग्रेसका नेता डा. रिजाल तथा राजेन्द्र बजागाई यो सहमति निर्माणमा खटिएका थिए । कांग्रेसले एमालेलाई सघाएसँगै चितवनमा माओवादीको समर्थन पनि एमालेलाई नै हुने कांग्रेस नेताहरुको दावी थियो ।
ओली र देउवाबीचको यो संवादको बारेमा प्रचण्ड पनि जानकार थिए । तर कांग्रेसभित्रै समस्या भएपछि अन्तिम चरणमा सहमति रोकिएको छ ।
कांग्रेसकै नेताहरुले उपचुनावमा एमालेसँग तालमेल सफल भए बैशाख १० पछि प्रचण्ड प्रधानमन्त्री नरहने भनेपछि माओवादी पंक्ति पनि तरंगित भयो । खासमा यो चलखेल कांग्रेसभित्रको थियो ।
कांग्रेस उपसभापति तथा उपप्रधानमन्त्री पुर्णवहादुर खड्काले एमालेसँग मिल्ने कुरामा कडा आपत्ति जनाए । कांग्रेस र एमालेको प्रयासमा प्रचण्डसहित माओवादी नेताहरु झल्किएका छन्।
गठबन्धन भत्काएर एमाले र कांग्रेसको सरकार बन्ने खतरा समेत यसमा समेटिएपछि बालकोटमा मध्यरातमा सहमति हुन नसकेको नेताहरु बताउँछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: