Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

हिट फिल्मको 'ह्याट्रिक' दौडमा दयाहाङ र मिरुना

खबरडबली संवाददाता

काठमाडौं । नायक दयाहाङ राई र नायिका मिरुना मगरको जोडी फिल्म क्षेत्रमा चर्चित बनेको छ । ‘कबड्डी ४’मा पर्दा सेयर गरेपछि दया र मिरुनाको जोडीलाई दर्शकले खुबै रुचाए । यो फिल्मले बक्स अफिसमा ब्लकबस्टर व्यापार समेत गर्यो । 

फिल्मले बम्पर कमाई गरेपछि उत्साहित बनेका दया र मिरुना फिल्म ‘जारी’मा पनि एकैसाथ देखिए । यो फिल्म त यी दुईको प्रेम कथाको वरिपरी नै घुमेको छ । फिल्म हेरेपछि अधिकांश दर्शकले दया र मिरुनाको जोडीको प्रशंसा गरेका छन् । फिल्म भित्र दया र मिरुनाले नबोली नबोली व्यक्त गरेको प्रेमको भावहरुले दर्शकको मन छोएको छ । 

फिल्म ‘जारी’ वैशाख १ गतेबाट रिलिज भइरहेको छ । यो फिल्मले बक्स अफिसमा निर्मातालाई राम्रै रकम नाफा दिइसकेको छ । फिल्मको लाइफ टाइम कलेक्शन अहिले नै आकलन गर्न सकिँदैन । तर, फिल्मले रिलिजको ४ दिनमा करिब ६ करोड आसपासको व्यापार गरेको छ । 

अब, यी दुईले नै अभिनय गरेको नयाँ फिल्म ‘नांगो गाउँ’ केही महिनामै रिलिज हुनेछ । दीपेन्द्र लामाको निर्देशनमा तयार भइरहेको फिल्मको प्रदर्शन मिति तय गरिएको छैन । तर, फिल्म ‘नांगो गाउँ’ पनि दया र मिरुनाको जोडीकै कथामा घुमेको छ । 

यसरी हेर्दा, दया र मिरुनाले काम गराइको हिसाबले त ह्याट्रिक गरिसकेका छन् । तर, बक्स अफिसमा पनि उनीहरू ह्याट्रिक गर्ने दाउमा छन् ।

केही दिन अगाडि फिल्म ‘जारी’ हेरेपछि समीक्षक सामिप्यराज तिमल्सिनाले दया र मिरुनाको जोडीलाई बलिउडका साहरूख खान र काजोलको जोडीसँग तुलना गरेका थिए । फिल्म क्षेत्रमा आगामी दिनमा दया र मिरुनाको जोडीको माग अझै बढ्ने निश्चित छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन  । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...

धोबीखोलामा भेटियो युवकको शव

काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ।  मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...

बाजुरामा सात मतदानस्थल थपिए

बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...

तीनकुने-जडीबुटीमा फ्लाइओभर र अन्डरपास बन्ने निश्चित, जापानसँग ३२ अर्बको ऋण सम्झौता

१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश १६ दिनदेखि शीतलनिवासमा ‘होल्ड’

काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...

कालीमाटीमा गोलभेँडाको मूल्य घट्यो, काउली र फर्सीको बढ्यो

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...

एनपीएलः आज पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाज, सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।  ...

चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...

काँकडभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending