काठमाडौं । नायक दयाहाङ राई र नायिका मिरुना मगरको जोडी फिल्म क्षेत्रमा चर्चित बनेको छ । ‘कबड्डी ४’मा पर्दा सेयर गरेपछि दया र मिरुनाको जोडीलाई दर्शकले खुबै रुचाए । यो फिल्मले बक्स अफिसमा ब्लकबस्टर व्यापार समेत गर्यो ।
फिल्मले बम्पर कमाई गरेपछि उत्साहित बनेका दया र मिरुना फिल्म ‘जारी’मा पनि एकैसाथ देखिए । यो फिल्म त यी दुईको प्रेम कथाको वरिपरी नै घुमेको छ । फिल्म हेरेपछि अधिकांश दर्शकले दया र मिरुनाको जोडीको प्रशंसा गरेका छन् । फिल्म भित्र दया र मिरुनाले नबोली नबोली व्यक्त गरेको प्रेमको भावहरुले दर्शकको मन छोएको छ ।
फिल्म ‘जारी’ वैशाख १ गतेबाट रिलिज भइरहेको छ । यो फिल्मले बक्स अफिसमा निर्मातालाई राम्रै रकम नाफा दिइसकेको छ । फिल्मको लाइफ टाइम कलेक्शन अहिले नै आकलन गर्न सकिँदैन । तर, फिल्मले रिलिजको ४ दिनमा करिब ६ करोड आसपासको व्यापार गरेको छ ।
अब, यी दुईले नै अभिनय गरेको नयाँ फिल्म ‘नांगो गाउँ’ केही महिनामै रिलिज हुनेछ । दीपेन्द्र लामाको निर्देशनमा तयार भइरहेको फिल्मको प्रदर्शन मिति तय गरिएको छैन । तर, फिल्म ‘नांगो गाउँ’ पनि दया र मिरुनाको जोडीकै कथामा घुमेको छ ।
यसरी हेर्दा, दया र मिरुनाले काम गराइको हिसाबले त ह्याट्रिक गरिसकेका छन् । तर, बक्स अफिसमा पनि उनीहरू ह्याट्रिक गर्ने दाउमा छन् ।
केही दिन अगाडि फिल्म ‘जारी’ हेरेपछि समीक्षक सामिप्यराज तिमल्सिनाले दया र मिरुनाको जोडीलाई बलिउडका साहरूख खान र काजोलको जोडीसँग तुलना गरेका थिए । फिल्म क्षेत्रमा आगामी दिनमा दया र मिरुनाको जोडीको माग अझै बढ्ने निश्चित छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: