Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

चीनको सामना गर्न थप क्षेप्यास्त्र खरिद् गर्दै अस्ट्रेलिया

खबरडबली संवाददाता

काठमाडौं । अस्ट्रेलियाले चीनबाट बढ्दो खतराको सामना गर्न लामो दूरीको क्षेप्यास्त्र खरिद् गर्ने प्रयासलाई तीव्र बनाउने एक महत्त्वपूर्ण रक्षा मामिला सम्बन्धी समीक्षाले बताएको छ।

समीक्षामा उक्त देश भौगोलिक रूपमा एक्लिएको भए पनि "क्षेप्यास्त्रको युग"मा सुरक्षित रहन नसक्ने चेतावनी समेत दिएको छ। सरकारले उक्त प्रतिवेदनले सिफारिस गरेका केही सुविधा तत्काल उपलब्ध गराउन एक करोड नब्बे लाख अस्ट्रेलियन डलर खर्च गर्नेछ।

११० पृष्ठ लामो अध्ययनलाई दोस्रो विश्वयुद्ध पछि अस्ट्रेलियाली रक्षाको सबैभन्दा ठूलो परिमार्जनको रूपमा व्याख्या गरिएको छ। द डिफेन्स स्ट्राटेजिक रिभ्यू (डीएसआर), ताइवानबारे चीनको अडान, बढ्दो क्षेत्रीय तनाव र आवश्यक परे बल प्रयोग गर्ने पटक पटकको धम्कीबिच आएको हो।

चिनियाँ नौसेनाले साउथ चाइना सीमा आफ्नो व्यापक उपस्थिति स्थापित गरेको छ र अन्तर्राष्ट्रिय कानुन उलङ्घन गर्दै यसको केही भागलाई आफ्नो क्षेत्र भएको दाबी गरेको छ।

"चीनको सैन्य विस्तार दोस्रो विश्वयुद्धको अन्त्य पछि कुनै पनि देशको सबैभन्दा ठूलो र सबैभन्दा महत्त्वाकाङ्क्षी हो। यो वृद्धि इन्डो-प्यासिफिक क्षेत्रमा चीनको रणनीतिक उद्देश्यको पारदर्शिता वा आश्वासन बिना भइरहेको छ," प्रतिवेदनमा भनिएको छ।

प्रधानमन्त्री एन्थोनी अल्बानीजले रक्षा समीक्षाले "भविष्यले हामीलाई आकार दिनका लागि पर्खनुको साटो हामीले भविष्यलाई आकार दिने" र यसमा गरिएका सिफारिसहरूले अस्ट्रेलियालाई "अधिक आत्मनिर्भर, थप तयार र थप सुरक्षित" बनाउने बताएका छन्।

यसले अस्ट्रेलियाको सशस्त्र बलहरूलाई उनीहरूको ध्यान भूमि केन्द्रित सुरक्षा अस्त्रहरूको सट्टा "अस्ट्रेलियामा निर्मित लामो दूरीमा प्रहार गर्न सक्ने क्षमता सहितका अस्त्रहरू"मा केन्द्रित गर्न सिफारिस गरेको रक्षा मन्त्री रिचर्ड मार्ल्सले बताए।

"हामीसँग 'प्रभावकारी प्रक्षेपण' मा संलग्न हुन सक्ने क्षमताको रक्षा बल हुनु आवश्यक छ," मार्ल्सले पत्रकारहरूसँग भने। उनले ५०० किलोमिटर भन्दा बढी दायरा भएका "सही निसाना प्रहार गर्न सक्ने क्षेप्यास्त्र" को अधिग्रहणले सेनालाई "भविष्यमा आवश्यक आक्रमण क्षमता र गतिशीलता" दिने बताए।

सन् २०२२ को एक विज्ञ समूहको प्रतिवेदनले अस्ट्रेलियाली सेनाका लागि "सबैभन्दा नराम्रो अवस्था" को चेतावनी दिएको थियो जसमा चीनले ताइवानमाथि सम्भावित युद्धको क्रममा नजिकैको क्षेत्रको नियन्त्रण लिनसक्ने उल्लेख गरिएको थियो।

अस्ट्रेलियाको नयाँ प्राथमिकताहरूमा लगानी गर्नका लागि सेनाको लागि नयाँ स्व-चलित बन्दुक र सवारी साधनहरू आपूर्ति गर्ने योजनासहित धेरै परियोजनाहरू स्थगित गरिने जनाइएको छ। मार्ल्सका अनुसार समीक्षाले "यस देशमा निरन्तर जहाज निर्माण गर्ने क्षमता"को महत्त्वलाई पनि प्रकाश पारेको छ।

यसले लडाकु विमानका लागि लामो दूरीको जहाज प्रतिरोधी क्षेप्यास्त्र किन्नको लागि पनि सिफारिस गरेको छ। तर नयाँ यूएस बी-२१ राइडर स्टिल्थ बम्बर हालको लागि "उचित विकल्प नभएको" जनाएको छ।

गत महिना अमेरिकी विदेश मन्त्रालयले अस्ट्रेलियालाई २२० क्रुज क्षेप्यास्त्रहरू बेच्न स्वीकृति दिएको थियो जसको मूल्य ८५ करोड ५० लाख अमेरिकी डलर हो। गैर पारमाणविक क्षेप्यास्त्रहरू भर्जिनिया-क्लास पनडुब्बीहरूले प्रयोग गर्नेछन् जुन अस्ट्रेलियाले अस्ट्रेलिया, बेलायत र अमेरिकाले सहमति गरेको ‌ओकस रक्षा सम्झौता अन्तर्गत अमेरिकाबाट प्राप्त गर्नेछ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस-एमाले गठबन्धन ब्यूँताउने गृहकार्य, राष्ट्रियसभा चुनावमा मिलेर जाने तयारी

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनपछि कमजोर बनेको नेपाली कांग्रेससँगको सम्बन्ध पुनः जोगाउने प्रयास थालेका छन्। आन्दोलनपछि...

वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन

वीरगञ्ज । वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल बजार  सञ्चालनमा ल्याएको छ । वीरगञ्जमा थोकबजारको अभावलाई यसले परिपूर...

मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या पत्ता लगाउन अध्ययन सुरुआत गरिएको छ । बायोकोस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, ...

निर्वाचनमा होमियो प्रलोपा, तीन समिति गठन

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले निर्वाचन परिचालन समिति गठन गरेको छ ।  तीनकुनेस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टीको अध्यक्ष...

नागढुङ्गा-नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौँ । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको छ ।  भौतिक पूर्...

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि रिलायन्सको साधारण शेयर

काठमाडौँ। वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आजदेखि साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले एक लाख १५ हज...

सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

काठमाडौँ । सार्वजनिक संस्थानमा गरिएको करिब रु ४७ अर्ब सरकारी लगानीको हिसाब नमिलेको देखिएको छ । अर्थ मन्त्रालय र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनु...

एमालेले महाधिवेशन प्रतिनिधिलाई नेता कार्यकर्ताको घर र कोठामा राख्ने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमालेले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरूका लागि बसोबासको व्यवस्थापन मिलाएको छ। यसपट...

चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन  । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending