Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

काभ्रेमा विपद- नौ महिनामा ५९ जनाको मृत्यु

खबरडबली संवाददाता

काभ्रे ।  चालु आर्थिक वर्षको नौ महिनामा काभ्रेपलाञ्चोकमा चार सय २४ जना विपद्मा परेका छन् । तीमध्ये ५९ को मृत्यु भएको छ भने तीन सय ७७ घाइते तथा सुरक्षाकर्मीले ३३ को उद्धार गरेको जनाइएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा अघिल्लो आर्थिक वर्ष २०७८/२०७९ मा चार सय ४३ विपद्मा परेकामध्ये ५६ को मृत्यु, तीन सय ५० घाइते तथा २८ को उद्धार गरिएको जिल्लास्थित कालीजङ्ग गणका गणपति प्रकाशबहादुर सिंहले जानकारी गराए । उनका अनुसार गत वर्षभन्दा चालु आवमा मनसुन बाँकी रहेकाले विपद्बाट जिल्लामा अझै थप नागरिक पीडित बन्ने प्रक्षेपण गरिएको छ । 

चालु वर्षको नौ महिनामा पहिरोबाट तीन, आगलागीबाट २५, चट्याङमा परेका चार, हावाहुरीमा परेका एक र करेन्ट लागेका एकको उद्धार गरिएको छ । यस्तै नौ महिनामा पहिरोबाट चार, आगलागीबाट दुई, बाढीबाट दुई, हावाहुरीबाट तीन र करेन्ट लागेर तीन तथा सडक दुर्घटनामा ४६ को मृत्यु भएको हो । 

बर्सेनि विपद्का घटना बढ्दा थप नागरिक पीडित बन्ने भएपछि समितिले चालु वर्षमा मनसुन सक्रिय हुन अझै बाँकी रहेकाले थप उद्धार तथा खोज कार्यलाई प्रभावकारी बनाउन दोलालघाटस्थित सुनकोशी नदीमा वैशाख तेस्रोसाता विपद् प्रतिकार्य संयुक्त अभ्यास आयोजना गरेको छ । उक्त विपद् प्रतिकार्य संयुक्त अभ्यासलाई गणले ‘मनसुन–३’ नामकरण गरेको छ । 

संयुक्त अभ्यासमा बगेको र डुबेको, पहिरोमा फसेको व्यक्तिको उद्धार गरिने छ । नेपाली सेनाका पृतनापति, बाहिनीपति, सबै स्थानीय तहका प्रमुख, उपप्रमुखसहित वडाध्यक्ष, जिल्लास्थित एनसिसी तालिम प्राप्त विद्यार्थी, स्थानीय युवा, भूतपूर्व सैनिक तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहने जनाइएको छ । 
यस्तै बैठकले सहायक प्रमुख जिल्ला अधिकारी महेश पोखरेलको संयोजकत्वमा जिल्लास्थित १३ स्थानीय तहको प्रतिनिधित्व हुने गरी विपद् व्यवस्थापनका लागि सूचना तथा अन्य सहकार्यका लागि समितिसमेत गठन गरिएको छ । 

समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलको अध्यक्षतामा बसेको समन्वयात्मक बैठकले मनसुन तथा अन्य विपद्का घटनामा खोज तथा उद्धार तथा विपद् प्रतिकार्यका लागि अपनाउनुपर्ने पूर्वतयारीमा सरोकारवाला निकाय सक्रिय हुने निर्णय गरेको छ । 
पौडेलले सबै स्थानीय तह, रेडक्रस, उद्योग वाणिज्य सङ्घ, राजनीतिक दल तथा सञ्चारकर्मी, सङ्घ संस्था तथा युवाको समेत विपद् न्यूनीकरणमा सक्रियता हुने गरी योजना निर्माण तथा आवश्यक तयारी गरिएको बताए ।

आफ्नो क्षेत्रको भौगोलिक बनावट र प्रत्येक वर्ष मनसुनको समयमा उत्पन्न हुने बाढी, पहिरो तथा डुबानको दौरान प्रभावित सर्वसाधारण नागरिकलाई विपद्का घटनाबाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न विपद् व्यवस्थापनका क्षेत्रमा कार्य गर्ने सबै तहका निकायले समन्वयात्मक रुपमा विपद्को तयारी तथा प्रतिकार्य योजना बनाई प्रभावकारी ढङ्गले परिचालन हुने कार्यलाई निरन्तरता दिइने भएको हो । 

साथै, समितिले सरोकारवाला निकायको जिम्मेवारी अनुसारको समन्वय बैठक सञ्चालन गर्ने, जिल्ला, स्थानीय तहको सम्पर्क व्यक्ति र जिम्मेवारी अद्यावधिक गर्ने, तालिम सञ्चालन गर्ने, विवरण सङ्कलन गर्नेलगायतका योजना निर्माण गरी कार्यान्वयन सुरु गरेको जनाएको छ ।

बैठकमा स्थानीय तहका प्रमुख तथा प्रतिनिधिले विपद्का क्षेत्रमा स्थानीय तहको जिम्मेवारीभित्र पर्ने आवश्यक दायित्व पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

व्यावसायिक गाईपालनबाट आयआर्जन गर्दै वडाध्यक्ष तामाङ

भोजपुर । पौवादुङमा गाउँपालिका–१ श्यामशिलाका वडाध्यक्ष राजेन्द्र तामाङ जनताको सेवासँगै व्यावसायिक गाईपालनमा व्यस्त छन् । उनी जनप्रतिनिधिको जिम्मेवारीका...

बजारमा कृतिम अभाव- फागुनमा पछिल्लो ३ महिनाकै उच्च ग्यास आयात

काठमाडौं । फागुन महिनामा विगत तीन महिनायता कै सबैभन्दा धेरै एलपी ग्यास आयात भए पनि उपभोक्ताले बजारमा अभावको सामना गर्नुपरेको छ। बढ्दो माग र आपूर्ति अस...

होर्मुज स्ट्रेट खोल्न इरानलाई ४८ घण्टे अल्टिमेटम दिएका ट्रम्पको बेलायतका प्रधानमन्त्रीलाई फोन

काठमाडौं । डोनाल्ड ट्रम्पले ऊर्जा ढुवानीका लागि अत्यन्तै महत्त्वपूर्ण जलमार्ग स्ट्रेट अफ होर्मुज खोल्न इरानलाई ४८ घण्टाको अल्टिमेटम दिएका छन्। यसैबीच ...

के गर्दै छन् बालेन ?

काठमाडौं । पार्टीका नवनिर्वाचित सांसदहरूका लागि आयोजना गरिएको परिचयात्मक तथा अभिमुखीकरण कार्यक्रममा समेत अनुपस्थित भएपछि व्यापक रूपमा खोजी गरिएका राष्...

राष्ट्रपतिले किन ‘होल्ड’ गरे अर्यालको नाम ?

काठमाडौं । राष्ट्रिय सभा सदस्यमा सिफारिस गृहमन्त्री ओमप्रकाश अर्यालको नाम राष्ट्रपति रामचन्द्र पौडेलले एक सातादेखि ‘होल्ड’ मा राखेका छन् । प्रधानमन्त्...

७ अर्ब करछली मुद्दामा वर्ल्डलिंकलाई उन्मुक्ति दिने महान्यायाधिवक्ता भण्डारीको निर्णय

काठमाडौं । जिम्मेवारीबाट बिदा हुन एक साता पनि बाँकी नरहँदा चुनावी सरकारकी महान्यायाधिवक्ता सविता भण्डारीले सात अर्बभन्दा बढी करछलीसम्बन्धी मुद्दा नचला...

नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

काठमाडौँ । विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवं गैर आवासीय नेपालीहरुका लागि अब त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आगमन तथा प्रस्थान कक्षमा एउट...

‘फ्लोरा एक्स्पो’ : एक करोड २२ लाखभन्दा बढीको कारोबार

काठमाडौँ । पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै आइतबार सम्पन्न भएक...

सुदूरपश्चिममा वन व्यवस्थापनको नीतिगत अन्योल : करोडौँको काठ जङ्गलमै कुहिँदै

कैलाली । विसं २०७७ सालमा 'वैज्ञानिक वन व्यवस्थापन' कार्यविधि खारेज भएपछि सुदूरपश्चिमका सयौँ सामुदायिक र साझेदारी वनहरू नीतिगत अन्योलको भुमरीमा...

सूर्यविनायक-धुलिखेल सडक विस्तारः तीन वर्षमा ६७ प्रतिशत भौतिक प्रगति

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलान्चोकको धुलिखेलसम्म छ लेनमा सडक विस्तार भइरहेको छ । तीन वर्षअघि सुरु गरिएक...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: