Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

मधेसका मुख्य राजनीतिक प्रतिस्पर्धी उपेन्द्र यादव र सीके राउत मात्र हुन् ?

खबरडबली संवाददाता

काठमाडौं । गत मंसिरको आम निर्वाचनमा सप्तरी-२ बाट पराजित भएका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव वैशाख १० गतेको उपनिर्वाचनमा बारा-२ बाट निर्वाचित भएका छन्। निर्वाचन आयोगका अनुसार उनले जनमत पार्टीका शिवचन्द्र कुशवाहालाई ५,०८१ मतले पछि पार्दै सांसद बनेका हुन्।

उपनिर्वाचनको रोचक पक्ष के छ भने मंसिरमा यादवलाई जनमत पार्टीका अध्यक्ष सीके राउतले पराजित गरेका थिए भने उपनिर्वाचनमा यादवले जनमतकै शिवचन्द्रप्रसाद कुशवाहालाई हराए।

कतिपयका विश्लेषणमा पछिल्लो आम चुनाव र उपनिर्वाचनलाई हेर्दा अब मधेसमा यादव र राउतबीच प्रतिस्पर्धामा बढ्ने र ती दुई दलकै वरिपरी त्यहाँको राजनीति घुम्ने जस्तो देखिएको छ।

आम निर्वाचन र अहिलेको उपनिर्वाचनमा ती दलहरूले प्राप्त गरेको मतको विवरणले पनि ती दुई दलबीच नै मधेसमा मुख्य प्रतिस्पर्धा हुने देखिन्छ।

जसपा र जनमतले प्राप्त गरेको मत

गत मंसिरमा चुनावको केही दिनअघि यादव र जनमत पार्टीका अध्यक्ष सीके राउत चुनावी मैदानमा उत्रिएको सप्तरी क्षेत्र नम्बर-२ पुग्दा समूहमा यादवको समर्थन गर्नेहरूले पनि एकान्तमा सीके राउतको समर्थन गरेका थिए।

बीबीसीको टोलीसँग त्यसबेला कैयौँ मतदाताले भनेका थिए, “मधेस आन्दोलनको नेताका रूपमा उपेन्द्रजीलाई सम्मान गरे पनि हामी यसपालि नयाँ अनुहार खोजिरहेका छौँ।”

चुनावी नतिजाले पनि मतदाताको सोही मनस्थितिलाई प्रतिबिम्बित गर्‍यो। उक्त क्षेत्रबाट आम निर्वाचनमा ६१ वर्षका यादवलाई १८ हजार मतले पछि पार्दै ४५ वर्षे राउत विजयी भए।

त्यसबेला राउतले ३५,०४२ मत पाउँदा यादवले १६,९७९ मत ल्याएका थिए। कैयौँ विश्लेषकले विसं २०६२/६३ यता मधेसको राजनीतिमा निरन्तर छाइरहेका यादवलाई टक्कर दिएर एकाएक राष्ट्रिय दलका रूपमा दरिन पुगेको जनमतलाई जसपाको मुख्य प्रतिस्पर्धीका रूपमा व्याख्या गरेका थिए।

त्यसलाई उपनिर्वाचनको नतिजाले थप पुष्टि गरेको कतिपयको भनाइ छ। आफूलाई मधेस केन्द्रित दलका रूपमा नचिनाउने जसपाले प्राप्त गरेको समानुपातिक मत र जनमतले ल्याएको मतले पनि मधेशमा ती पार्टीबीच नै प्रतिस्पर्धा रहेको देखाउँछ।

पछिल्लो कम निर्वाचनमा सङ्घीय संसद्‌तर्फ जनमत पार्टीले जसपाभन्दा २६,६५९ मात्र कम मत ल्याएको थियो।  तर मधेश प्रदेशसभातर्फ भने उसले जसपालेभन्दा पनि ३०,४०३ बढी मत ल्यायो।

यो आँकडाले पनि जनमत पार्टीको मताधार बलियो बनेको देखाउँछ। सङ्घीय संसद्‌तर्फ आम निर्वाचनमा समानुपातिकतर्फ कुल ४,२१,३१४ मत प्राप्त गरेको थियो भने जनमतले ३,९४,६५५ मत ल्याएको थियो।

त्यस्तै मधेस प्रदेशसभामा जनमतले ३,२९,१७७ मत ल्याउँदा जसपाले २,९८,७७४ मात्र मत प्राप्त गरेको थियो। यद्यपि प्रत्यक्षतर्फ सीके राउतले मात्र जित्न सफल भएका थिए भने जसपाले सात स्थानमा जित हासिल गरेको थियो। मधेस प्रदेशमा चाहिँ प्रत्यक्षतर्फ जसपा ९ र जनमत ६ स्थानमा विजयी भएका थिए।

पुराना दललाई चुनौती

गएको चुनावले नै जनमत पार्टीलाई तराईँका परम्परागत भनिएका कतिपय शक्तिभन्दा बलियो हैसियतमा स्थापित गराइदिएको थियो। सङ्घीय संसद्‌मा जनमतको हैसियत पुरानै दल लोकतान्त्रिक समाजवादी पार्टी लोसपा भन्दा ठूलो बनिसकेको छ।

महन्थ ठाकुर नेतृत्वको दल लोसपाले प्रत्यक्षतर्फ ४ सिट मात्र जित्न सफल भएको थियो भने समानुपातिकमा तीन प्रतिशत मत कटाउन नसक्दा उसले थप सिट पाउन र राष्ट्रिय दल बन्न सकेको थिएन।

उपनिर्वाचनमा उक्त दलका उम्मेदवारले जित हासिल नगरे पनि त्यो दलको लोकप्रियतामा कमी नआएको देखिएको विश्लेषण गर्नेहरू धेरै छन्। यद्यपि कतिपयका विचारमा जनमतप्रति देखिएको लहर पुराना दलप्रतिको निराशाको अभिव्यक्ति भएकाले त्यो अर्को चुनावसम्म दिगो होला कि नहोला भन्ने चुनौती देखिन्छ।

त्यस्तै चुनावलगत्तै सरकारमा सामेल हुने निर्णय गरेकाले पनि उक्त दललाई कतिपयले पुरानै राजनीतिक प्रवृत्तिको पुनरावृत्ति गर्ने नयाँ दलका रूपमा हेर्न थालेको केही विश्लेषकको भनाइ छ।

उपेन्द्र-राउत टकराव

वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा अध्यापन गराएका तथा हाल सप्तरीमा बसोबास गर्ने राजनीतिशास्त्री प्राध्यापक हरेराम ठाकुरका बुझाइमा मधेस आन्दोलनबाट उदाएका उपेन्द्र यादवलाई टक्कर दिने नेताका रूपमा अब सीके राउत देखापरेका छन्।

उनी भन्छन्, “तराईको राजनीति पहिले जमिनदारी र ठालु प्रवृत्तिको थियो। त्यसमा विस्तारै परिवर्तन आएको छ, जनता सुझबुझयुक्त भएका छन्। अब यहाँ विरासतको राजनीति चल्दैन भन्ने देखिएको छ।”

यद्यपि तराईमा अझै पनि जातीय राजनीति हुने गरेकाले यसपालि बारामा उपेन्द्र यादवको जित सम्भव भएको उनको भनाइ छ। “तर अब उपेन्द्रजीलाई टक्कर दिने नेताका रूपमा सीकेजी नै देखिनु भएको छ। जनताले उहाँलाई पढेलेखेको विद्वान नेताका रूपमा पनि हेर्ने गरेका छन्।”

विखण्डनकारी अभियनबाट राजानीतिक यात्रा सुरु गरेका भए पनि राउत आफैँले अहिले उक्त मुद्दा छाडेर राजनीतिक मूलधारलाई समाएकाले उनको आकर्षण बढेको र परम्परागत दलहरूको घटिरहेको उनको बुझाइ छ।

उनी भन्छन्, “मधेस आन्दोलनपछि जुन अपेक्षा गरेर जनताले उपेन्द्रजीहरूलाई पठाए त्यसमा उहाँहरूले जनताको आशा, अपेक्षा पूरा गर्नुभएन र सत्तामा मात्र केन्द्रित हुनुभयो। त्यो निराशाले सीके राउतलाई फाइदा पुगेको देखिन्छ।”

ठाकुरका भनाइमा समाजले परम्परागत शक्तिप्रति वितृष्णा जागेपछि “नयाँ नायकको खोजी” गर्ने प्रवृत्ति देखापर्छ। र, अहिले मधेसी जनताले त्यस्तो नायकको रूप सीके राउतमा खोजेको र उपेन्द्र यादवलाई उनका प्रतिद्वन्द्वी ठानेको जस्तो देखिएको छ।

राउतको राजनीति कति टिकाउ?

राजनीतिशास्त्री ठाकुरका भनाइमा सीके राउतको दल राजनीतिक सिद्धान्त वा वादका हिसाबले अझै स्पष्ट भइनसकेको जस्तो देखिन्छ। त्यस्तै थोरै सांसदसहित संसद्‌मा पुग्दा पनि हतार गरेर सरकारमा गएको हेर्दा उक्त दल पनि “पुरानै शक्ति जस्तो बन्ने” खतरा देखिएको छ।

“त्यसलाई जनताले पनि हेरिरहेकै छन्। यदि पुरानै दलको प्रवृत्ति दोहोरिए सीके राउतलाई पनि जनताले बारम्बार अनुमोदन गर्दैनन्,” उनी भन्छन्।

अर्का एकजना विश्लेषक डम्बर खतिवडका भनाइमा पनि राउतको दल वैचारिक रूपमा स्पष्ट देखिएको छैन। उनी परम्परागत शक्तिको विकल्पका रूपमा उनी उदाएको तर त्यो उपेन्द्र यादवका लागि चुनौती र खतरा दुवै भएको बताउँछन्।

“कांग्रेस र एमालेजस्ता दलरू राष्ट्रिय शक्ति भए र त्यसको विकल्पको रूपमा जनताले रवि लामिछानेको पार्टीलाई रोजे, मधेसको शक्ति उपेन्द्र यादवहरू हुन् उनीहरूको विकल्पका रूपमा जनताले सीके राउतलाई रोजे,” उनी भन्छन्। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संसद्‌ ब्युँताउने रिट निवेदनमा देउवाको समर्थन छ ?

काठमाडौं । नेपाली कांग्रेसका केही पूर्व सांसदहरूले विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेपछि उक्त दलकै वर...

बयानमा नआउने ओलीको अडान, प्रहरी परिचालन गर्ने आयोगको तयारी

काठमाडौं । २३ र २४ भदौका घटना जाँचबुझ गर्न गठित आयोगले नीतिगत निर्णय गर्ने र निर्देशन दिने तहका अधिकारीहरूको बयान लिन थालेको छ । तर तत्कालीन प्रधानमन्...

एमाले महासचिवमा ६ जना आकांक्षी, कसले मार्ला बाजी ?

काठमाडौं । शनिबारदेखि सुरु हुने नेकपा (एमाले) को एघारौँ महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा तय भइरहेका बेला महासच...

विश्व उड्डयन बजार पुनः सशक्त बन्दै

जेनेभा । अन्तर्राष्ट्रिय हवाई यातायात सङ्गठनका अनुसार विश्वभरका विमान कम्पनीहरूले विभिन्न आर्थिक तथा राजनीतिक चुनौतीका बाबजुद सन् २०२६ मा करिब पाँच अर...

निर्वाचन आउन ८५ दिन बाँकी: आयोगले केही मतदानस्थलको पुनरावलोकन गर्दै

काठमाडौँ । निर्वाचन आयोगले मतदाताको सहजताका लागि देशका विभिन्न मतदानस्थलको पुनरावलोकन गर्ने भएको छ । आयोगले एक सूचनामार्फत सहज रुपमा मतदान गर्ने प्रयो...

पूर्व–पश्चिम राजमार्ग विस्तार गर्न ६ हजार रुख काटिने

महोत्तरी । पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि महोत्तरी जिल्लामा ६ हजार २७ रुख कटान गरिने भएको छ ।  पूर्व–पश्चिम राजमार्ग विस्तारअन्तर्गत कमला–ढल्...

यस्तो रहने छ आजको मौसम

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव  छैन ।  आज दिउँसो कोशी  र गण्डकी प्रदेशका पहाडी ...

एनपीएलः एलिमिनेटरमा काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स भिड्दै

काठमाडौँ । त्रिभुवन  अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत इलिमिनेटरमा आज अपराह्न ४ः०० बजे काठमाडौँ गोर्खाज र लुम्...

बागलुङमा धान उत्पादनमा बढ्यो

बागलुङ । यसवर्ष बागलुङमा धान उत्पादन बढेको छ । समयमा वर्षा हुँदा उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत वर्षको तुलनामा यसवर्ष ८४ दश...

र्‍यापर स्यामुयलद्वारा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको स्वीकार

काठमाडौँ । चर्चित ब्रिटिस र्‍यापर क्लार्क स्यामुयलले आफूले चलाएको कारको ठक्करबाट एक नेपाली युवकको ज्यान गएको स्वीकार गरेका छन् । बेलायतको महानगरीय ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending