वीरगञ्ज । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सबै जातजाति, वेशभूषा र समुदायबीचको सामाजिक सद्भाव भड्काउने कार्य स्वीकार्य नहुने बताएको छन् ।
अम्बिका–ममता स्मृति प्रतिष्ठानद्वारा आज यहाँ आयोजित अम्बिका सिंह–ममता राजकर्णिकार स्मृति पुरस्कार तथा सम्मान कार्यक्रममा उनले नेपाल बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय मुलुक भएकाले सबैको सम्मान हुने गरी सामाजिक एकता अहिलेको आवश्यकता रहेको बताए ।
“कहिले जातजातिका नाममा त कहिले भाषाभाषीका नाममा सामाजिक सद्भाव भड्काउने काम हुने गर्छ”, उनले भने, “सामाजिक एकतालाई भड्काएर कसैको भलो हुँदैन, यो मुलुकका लागि दुर्भाग्यपूर्ण हुन्छ, यसले सामाजिक एकतालाई भड्काउने कार्यप्रति सबै सचेत हुनु आवश्यक छ ।”
राजनीतिक स्थिरता कायम गर्नु, आर्थिक विकास र समृद्धिको बाटोमा मुलुकलाई अघि बढाउनु तथा सामाजिक सद्भावलाई कायम राख्नु मुलुकको प्रमुख चुनौती भएको उल्लेख गर्दै पोखरेलले यसका लागि सबैको एकता र सहकार्य जरुरी रहेको बताए।
शिक्षा र स्वास्थ्यमा सुधार नभएसम्म मुलुकको विकास तथा समृद्धि सम्भव नरहेको जिकिर गर्दै उहाँले यसमा सुधार आवश्यक रहेको बताए । “मुलुकमा राजनीतिक परिवर्तन आए पनि शिक्षा र स्वास्थ्यमा परिवर्तन आएको अझै अनुभूति हुन सकेको छैन”, उनले भने, “शिक्षा र स्वास्थ्य क्षेत्र जनतासँग प्रत्यक्ष जोडिएको विषय हो, यसमा सबैलाई अनुभूति हुने गरी सुधार हुन जरुरी छ ।”
कार्यक्रममा शिक्षाप्रेमी अम्बिका सिंह र ममता राजकर्णिकारको स्मृतिमा स्थापित अम्बिका–ममता स्मृति पुरस्कारबाट शिक्षा क्षेत्रमा विशेष योगदान पु¥याउने चारजनालाई सम्मान गरियो ।
शिक्षा क्षेत्रमा विशेष योगदान पु¥याएबापत पूर्वप्रअ जीवछ मिश्र, पूर्वशिक्षिका मुनाबदन राजभण्डारी, शिक्षाप्रेमी तथा समाजसेवी रामनारायण कुर्मी र उर्मिला लामालाई नगदसहित वरिष्ठ उपाध्यक्ष पोखरेलले दोसल्ला ओढाएर सम्मान गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - १०:५८
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग भएको ७ बुँदे सहमतिअनुसार काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह संसदीय राजनीतिमा प्रवेश गर्ने भएका ...
पौष १३ गते, २०८२ - १०:४५
लुम्बिनी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाल र भारतबीचको सम्बन्धलाई थप बलियो बनाउन दुवै देशको पत्रकारिता क्षेत्रको योगदान महत्त्व...
पौष १३ गते, २०८२ - १०:३३
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने सम्बन्धमा सबै तयारी पूरा भएको निर्वाचन आयोगले जना...
पौष १३ गते, २०८२ - १०:१५
विराटनगर । मोरङको जहदा गाउँपालिकाको सीमावर्ती क्षेत्रमा गाँजा ओसारपसारमा संलग्न दुई भारतीय नागरिकलाई प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएको छ। शनिबा...
पौष १२ गते, २०८२ - १७:२४
काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारको बन्दसूची पेस गर्न राजनीतिक दललाई अनुरोध...
पौष १२ गते, २०८२ - १७:१२
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटार प्रमुख दलका शीर्ष नेतासँग छलफल गरेको छिन् । छलफलमा सहभागी नेतालाई सम्बोधन गर्दै उनले भनिन्, ‘यो ...
पौष १२ गते, २०८२ - १७:०३
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई निर्वाचनमा सहभागी हुन औपचारिक निम्तो दिएकी छिन्। शनिबार बालुवाटा...
पौष १२ गते, २०८२ - १६:५०
काठमाडौँ । नेपाली कांग्रेसले नियमित महाधिवेशन तोकिएको समयमै सम्पन्न गर्ने सुनिश्चितताका लागि महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने भएको छ। केही द...
पौष १२ गते, २०८२ - १६:३५
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले कसैको अस्तित्व समाप्त पारेर राजनीतिक एकता सम्भव नहुने स्...
पौष १२ गते, २०८२ - १६:२६
काठमाडौँ। नेकपा (एमाले)ले ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय बैठक बोलाएको छ। केन्द्रीय कार्यालय सचिव डा। भिष्म अधिकारीका अनुसार समानुप...




प्रतिकृया लेख्नुहोस्: