Ntc summer Offer
Khabar Dabali २ कार्तिक २०८१ शुक्रबार | 18th October, 2024 Fri
Investment bank

सूचना व्यवस्थितरुपमा सार्वजनिक गर्दै जानुपर्छः प्रमुख आयुक्त गुरुङ

खबरडबली संवाददाता
काठमाडौ । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले सूचनाको हक नेपाली नागरिकलाई प्राप्त सबैभन्दा बलियो अधिकार भएको बताएको छन् ।
 
मध्यपुरथिमि नगरपालिकाको आर्थिक सहयोगमा सामुदायिक सारथीले आज यहाँ आयोजना गरेको ‘सूचनाको हक र सार्वजनिक निकायको भूमिका’ विषयक कार्यशालामा उनले संविधानले नागरिकलाई शक्तिशाली बनाएको बताए ।
 
देशका सबै सार्वजनिक निकायले पारदर्शीता, जवाफदेहिता, इमान्दारिता हुँदै भ्रष्टाचार नियन्न्त्रण गर्ने र सूचना व्यवस्थितरुपमा सार्वजनिक गर्दै जानुपर्ने बताए ।
 
विश्वमा एक सय ३५ राष्ट्रमा सूचनाको हकसम्बन्धी कानुन रहेको चर्चा गर्दै प्रमुख आयुक्त गुरुङले यो मानव अधिकारका रुपमा स्थापित बनेको बताए । सबै नागरिककोमा अधिकांश सूचना पु¥याउनै नसकिएको चर्चा गर्दै उनले भने, “आयोगमा नौ हजारभन्दा बढी पुनरावेदन परेको छ, अहिलेसम्म ३३ जनालाई कारबाही गरिसक्यौँ । सकेसम्म आयोगले कसैलाई सूचना नदिएकै आधारमा कारबाही गर्न नपरोस् भन्ने हो, त्यसका लागि कानुनले देऊ भनेका सूचना सहजरुपमा दिनुस् ।”
 
नगरपालिकाले कार्यालयको सबै निर्णयको अभिलेखीकरण राख्ने, दैनिक आफ्नो वेभसाइटमा सार्वजनिक गर्ने, तीन तीन महिनामा सबै सूचना सार्वजनिक गर्ने गरेमा सूचना माग्न आउनेको पनि कमी हुने उनको भनाइ थियो । 
 
 
कार्यक्रममा फ्रिडम फोरमका अध्यक्ष एवं वरिष्ठ पत्रकार तारानाथ दाहालले लामो समयको आन्दोलनपछि आएको सूचनाको हकसम्बन्धी कानुनको सबैले प्रयोग गर्नुपर्ने औँल्याए ।
 
सूचनाको हक आफैँमा स्थानीय तहदेखि सबै सार्वजनिक निकायलाई अनुगमन गर्ने कार्य पनि हो भन्दै उहाँले यसले प्रत्येक नागरिकलाई प्रश्न सोध्ने अधिकार रहेको बताउनुभयो । कार्यक्रममा सामुदायिक सारथीका प्रमुख ताराबहादुर भण्डारीले सूचनाको हक कार्यान्वयन र यसको आवश्यकतासम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै विश्वमा रहेको यसको अभ्यास र नेपालमा सूचनाको हकको प्रयोगका बारेमा जानकारी गराउनुभएको थियो ।
 
कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजयराज सुवेदी, नगरपालिकाका महाशाखा प्रमुख एवं सूचना अधिकारी केशव सिलवाललगायतले सूचनाको हकको कार्यान्वयनले सार्वजनिक निकायको पनि जिम्मेवारी बढेको बताउनुभयो ।(
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अदालतको अपहेलना मुद्दा: बार अध्यक्ष घिमिरेविरुद्धको रिटमा कारण देखाउ आदेश

काठमाडौं । नेपाल बार एशोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध सर्वोच्च अदालतमा दायर भएको अदालतको अवहेलना मुद्दामा कारण देखाउ आदेश जारी भएको छ । ...

बीपी राजमार्गमा राति आवागमन बन्द

सिन्धुलीमाढी। बाढीपहिरोका कारण क्षतिग्रस्त बिपी राजमार्गअन्तर्गत सिन्धुली जिल्लामा पर्ने नेपालथोक–बर्षेखोला खण्डमा रातको समयमा सवारी सञ्चालन बन्द गरिए...

नेपाल र अमेरिकाबिच टी–२० सिरिज शुक्रबारदेखि

काठमाडौँ । आइसिसी एक दिवसीय विश्वकप लिग–२ सिरिज खेल्न अमेरिका पुगेको नेपाली टोलीले सिरिजअघि अमेरिकासँग टी–२० क्रिकेट खेल्ने भएको छ । लिग–२ अघि नेपा...

बालुवाटार बैठक : सर्च कमिटीलाई पूर्णता दिने विषयमा शीर्ष तीन दल सहमत

काठमाडौँ । शीर्ष तीन राजनीतिक दल शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन गठन हुने भनिएको सर्च कमिटीलाई तत्काल पूर्णता दिने विषयमा सहमत भएका छन्। बिह...

आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएका व्यक्तिको विवरण, मतदाता सूचीबाट हटाइने

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनको मतदाता नामावली अद्यावधिक गर्न गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिको उक्त नागरिकता प्राप...

वीरगन्ज नाकाबाट हुने आयात लयमा फर्कियो, व्यापार र उद्योग अझै फर्किएन

पर्सा। मधेश आन्दोलनको क्रममा भएको वीरगन्ज भन्सार लक्षित धर्ना र भारतीय अघोषित नाकाबन्दीले वीरगन्जका दुईवटा भन्सार नाकाबाट हुने आयातमा निकै ठुलो सङ्कुच...

सेयर बजार २७४५ अंकमा, बढ्यो कारोबार

काठमाडौँ । विहिबार नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ । आज नेप्से २.४७ अंकले बढेर २७४५. ३६ विन्दुमा बन्द भएको छ । आज कुल ३१६ कम्पनीका एक करोड ८...

पार्टीलाई दिएको जग्गाबारे भ्रम नछरौं : महासचिव पोखरेल

कोहलपुर। नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टी केन्द्रीय कार्यालय बनाउन जग्गा दान लिएको विषयलाई लिएर भ्रामक प्रचार नगर्न आग्रह गरेको छन् । बिही...

आगामी मङ्सिरमा हुने निर्वाचनमा महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेश गर्न आयोगको निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी मङ्सिरमा हुने स्थानीय तहको उपनिर्वाचनमा महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेश गर्न राजनीतिक दलहरुलाई निर्देशन दिएक...

भारतमा विषाक्त मदिरा सेवन गर्दा २० जनाको मृत्यु

बिहार। भारतको उत्तरी राज्य बिहारमा विषाक्त मदिरा सेवन गर्दा कम्तीमा २० जनाको मृत्यु भएको छ । बिहारको सिवान जिल्लाका एसपी अमितेश कुमारले बिहीबार दिएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy