काठमाडौं । नायक सविन श्रेष्ठले नयाँ फिल्मको घोषणा गरेका छन् । उनले, उतरगया म्युजिक एण्ड फिल्मस्सँग सहकार्य गर्दै निर्माण गर्न लागेको फिल्मको नाम ‘बाघचाल’ राखिएको छ । यो फिल्ममा राजिव गुरुङ्ग (दिपक मनाङ्गे)को प्रस्तुति रहनेछ ।
यो फिल्मकमो कथा शिवम् अधिकारीले लेखिरहेका छन् । सम्राट बस्नेतले यो फिल्मको निर्देशन गर्ने पक्का भएको छ । फिल्मलाई एक्सनप्रधान बनाउने तयारीमा निर्माणपक्ष छ ।
उसो त, ‘बाघचाल’ नाममा यसअगाडि पनि फिल्म बनिसकेको थियो । तर, एउटा फिल्म निर्माण भएको १० बर्षपछि सोही नाममा अर्को फिल्म बनाउन पाइने भएकाले पनि सविनले ‘बाघचाल’ बनाउन लागेका हुन् ।
सविनले यस अगाडि फिल्म ‘हिरो रिटन्र्स’ निर्माण गरेका थिए । तर, यो फिल्म रिलिजमा समस्या भयो । यसैले, यसपटक अगाडि गरेका सबै गल्तीहरुलाई हटाएर काम गर्ने सविनको तयारी छ ।
यो फिल्ममा ३ जना नायक र २ जना नायिका रहने पक्का भएको छ । सविन आफैले भने नायक वा खलनायकमा कुन भूमिका निर्वाह गर्ने पक्का भएको छैन । फिल्मका लागि एक जना नायिका मुम्बईबाट नेपाल ल्याउने तयारीमा सविन र उनको टिम छ । सविनका अनुसार, नायिकासँग साइन गर्न एक सातापछि फिल्मको टिम मुम्बई उड्नेछ ।
फिल्मलाई नेपाल र अष्ट्रेलियामा छायांकन गरिनेछ । चाडै नै फिल्मको छायांकन सुरु गर्ने सविनले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: