जाजरकोट । जाजरकोटमा लगातारको वर्षापछि तासुघाट खोलामा आएको बाढीले ठूलो क्षति पुर्याएको छ। बाढीले नलगाड नगरपालिका–१० रोलीमा घर तथा टहरा बगाउनुका साथै झोलुङ्गे पुलमा क्षति पुर्याएपछि भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डसमेत अवरुद्ध भएको छ।
प्रहरीका अनुसार तासुघाट खोलामा पानीको बहाव अत्यधिक बढेपछि सडकमा आवागमन रोकिएको हो। सडक अवरुद्ध भएपछि तत्काल वैकल्पिक मार्गसमेत उपलब्ध नरहेको जनाइएको छ।
बाढीका कारण रोलीमा रहेको झोलुङ्गे पुलसमेत बगाएपछि घटनास्थलको अवस्था बुझ्न खटिएको प्रहरी टोली तत्काल त्यहाँ पुग्न सकेको छैन। इलाका प्रहरी कार्यालय रग्दाबाट घटनास्थल करिब एक किलोमिटर पश्चिममा पर्छ।
इलाका प्रहरी कार्यालय रग्दाले बिहान करिब साढे ६ बजे घटनाबारे जानकारी पाएपछि प्रहरी सहायक निरीक्षक दिनेश सुनारको कमाण्डमा चार सदस्यीय टोली घटनास्थलतर्फ पठाएको थियो। तर, झोलुङ्गे पुल बगिसकेका कारण प्रहरी टोली बाटोमै रोकिएको प्रहरीले जनाएको छ।
घटनास्थलमा उद्धार तथा सुरक्षा व्यवस्थापनका लागि थप नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीसमेत परिचालन गरिएको छ। बाढीबाट भएको क्षतिको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।
पाँच परिवार प्रभावित
प्रारम्भिक विवरणअनुसार बाढीले नलगाड नगरपालिका–१० रोलीका केही घर तथा संरचनामा क्षति पुर्याएको छ।
स्थानीय पृथ्वीबहादुर विकको दुईतले ढुंगा–माटोले बनेको ढुंगाले छाएको घर बाढीले बगाएको छ। उक्त घरमा बस्दै आएका नौ जनाको परिवार भने सुरक्षित स्थानमा सारिएको छ।
त्यस्तै, सोही ठाउँका खैते विकको दुईतले ढुंगा–माटोले बनेको ढुंगाले छाएको घरमा समेत क्षति पुगेको छ। घरमा रहेका १० जनाको परिवारलाई सुरक्षित स्थानमा राखिएको प्रहरीले जनाएको छ।
नरबहादुर विकको तीनतले ढुंगा–माटोले बनेको ढुंगाले छाएको घरमा पनि बाढीले क्षति पुर्याएको छ। त्यहाँ रहेका १० जना सुरक्षित स्थानमा रहेको जनाइएको छ।
हस्तबहादुर विकको दुईतले ढुंगा–माटोले बनेको टिनले छाएको घरमा समेत क्षति पुगेको छ। उक्त घरमा रहेका आठ जनालाई सुरक्षित स्थानमा सारिएको छ।
यसैगरी, स्थानीय वीरबहादुर विकको जग्गामा सुन्तली विकले सञ्चालन गर्दै आएको टिनको टहरा तथा नास्ता पसलसमेत बाढीले बगाएको छ।
बाढीका कारण सडक र पुलमा क्षति पुगेपछि त्यस क्षेत्रमा आवतजावत प्रभावित भएको छ। प्रहरी तथा सुरक्षाकर्मीले घटनास्थलको अवस्था बुझ्ने र थप क्षतिको विवरण संकलन गर्ने प्रयास गरिरहेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २९ गते, २०८३ - १२:१९
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएपछि नेकपा नेता खगराज भट्टले आफूले पाएको जिम्मेवारीसँगै चुनौतीको भारीसमेत महसुस गरेको बताएका छ...
श्रावण २९ गते, २०८३ - ११:५९
स्याङ्जा। स्याङ्जामा अविरल वर्षासँगै आएको बाढीले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले बिहीबार राति ग ११ प ८१८३...
श्रावण २९ गते, २०८३ - ११:२७
काठमाडौं । पत्रकार किशोर श्रेष्ठको पक्राउसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले उनलाई बरामद गरिएका सामग्रीसहित सोमबार अदालतमा उपस्थित गराउन आदेश दिएको छ। ...
श्रावण २९ गते, २०८३ - ११:०८
जाजरकोट । जाजरकोटमा लगातारको वर्षापछि तासुघाट खोलामा आएको बाढीले ठूलो क्षति पुर्याएको छ। बाढीले नलगाड नगरपालिका–१० रोलीमा घर तथा टहरा बगाउनुका साथै झ...
श्रावण २९ गते, २०८३ - १०:५३
काठमाडौँ । इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने नुवाकोटका ३४ वर्षीय सुरेन्द्रप्रसाद खनाल गत असार २६ गते पक्राउ परे । सामाजिक सञ्जा...
श्रावण २८ गते, २०८३ - १७:२९
काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँस्थित 'होटल रेडिसन'मा अनुगमन गर्...
श्रावण २८ गते, २०८३ - १७:२३
रोल्पा। रोल्पाको थबाङमा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुर्दा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ। दुर्घटनामा परि दुई जना घाइते भएका छन् भने ...
श्रावण २८ गते, २०८३ - १७:०८
काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहको सम्पर्क कार्यालयमा ‘सभापति शेरबहादुर देउवा’ लेखिएको बोर्ड राखिएको छ। करिब पाँच महिनाको स्वास्थ्य उपचार...
श्रावण २८ गते, २०८३ - १६:५६
दमौली। अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले नेपालकै आन्तरिक आम्दानीबाट देशको विकास गर्ने लक्ष्यका साथ नयाँ बजेट ल्याइएको बताएको छन्। आफ्नो निर्वाचन क्...
श्रावण २८ गते, २०८३ - १६:४६
काठमाडौं । बुधबार राति पक्राउ परेका पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले हतकडी लगाएर काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको छ। अदालतमा उपस्थित गराउनुअघि ...



प्रतिकृया लेख्नुहोस्: