प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हामी फेरि एकचोटी गर्जियौं भने यो ३२ सिट बहुमत सिटमा बताएका छन्। उनले शनिबार पार्टी निकट नेपाल दलित मुक्ति मोर्चाले काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी कमजोर नभएको बताएका हुन् ।
‘अहिले पनि एक थरी मान्छेले सपना देखेका होलान्। माओवादी अब कमजोर भएको छ, ३२ सिटे, हाम्रो नाम त्यस्तो भएको छ क्या ३२ सिटे। अब हामी फेरि एकचोटी गर्जियौं भने यो ३२ सिट बहुमत सिटमा पुग्छ र नेपाल कब्जा हुन्छ,’ उनले भने।
यस्तै भुटानी शरणार्थी प्रकरण सुरूवातमात्रै भएको बताएका छन्। यो प्रकरण ट्रेलरमात्रै भएको बताएका हुन्।
‘अस्ती मजदुरहरूको महाधिवेशनमा मैले घोषणा गरेको थिएँ। अब भ्रष्टाचारीहरूको फाइल खोलिन्छ। कुनै पनि हालतमा भ्रष्टाचारीलाई छुट दिन सकिँदैन। अहिले त्यो प्रक्रिया सुरू भएको छ, यो सुरूवात मात्रै हो। यो ट्रेलरमात्रै हो। हेर्दै जानु, सिंगै फिल्म देखिन्छ। सिंगै फिल्म देखिनेवाला छ,’ उनले भने।
आफू भ्रष्टाचारविरूद्ध लाग्दा ठूलाठूला घेराबन्दीहरू हुने तर जनताको साथ भएमा दबाब र धम्कीको पनि सामना गर्ने उनले बताए।
‘त्यसपछि पक्कैपनि ठूल्ठूला घेराबन्दी होलान्। ठूल्ठूला दबाब आउलान्। धम्कीहरू होलान्। धेरै चिजहरू हुनसक्छ यो बिचमा, तर हाम्रो उत्पीडित वर्ग समुदाय, हाम्रो श्रमजिवी समुदाय साथमा भयो भने जतिसुकै ठूला घेराबन्दी दबाब र धम्कीको सामना गरिनेछ,’ उनले भने।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - १६:०४
काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...
पौष ४ गते, २०८२ - १५:४२
एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन
पौष ४ गते, २०८२ - १५:२४
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...
पौष ४ गते, २०८२ - १५:१०
चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...
पौष ४ गते, २०८२ - १४:५०
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...
पौष ४ गते, २०८२ - १४:४२
काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...
पौष ४ गते, २०८२ - १४:३०
ढाका। इन्किलाब मोन्चोका नेता सरिफ उस्मान बिन हादीको निधनको विरोधमा ढाकामा प्रदर्शन निरन्तर जारी रहेको छ । डेली स्टार र प्रथम आलो जस्ता प्रतिष्ठित मिडि...
पौष ४ गते, २०८२ - १४:१८
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज रुपन्देही जान लागेका छन्। उनी भैरहवास्थित भरतपुर विमानस्थल हुँदै रुपन्देही प्रस्थान गर्...
पौष ४ गते, २०८२ - १३:५५
काठमाडौँ । जेनजी अभियन्ता पुरुषोत्तम सुप्रभात यादव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा सक्रिय हुने भएका छन्। सोअनुसार उनलाई पार्टीले समानुपातिक उम...
पौष ४ गते, २०८२ - १३:४८
काठमाडौं । सरकारले २३ र २४ भदौको जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएकाहरूलाई मासिक रूपमा जीवन निर्वाह भत्ता उपलब्ध गराउने भएको छ। घाइतेहरूको अपाङ्गत...




प्रतिकृया लेख्नुहोस्: