काठमाडौं । पछिल्लो समय नेपाली चलचित्र विदेशी भाषामा स्वराङ्कन भएर प्रदर्शन हुने क्रम बढेको छ । गतवर्ष ‘प्रेम गीत ३’ को प्रदर्शन हिन्दी भाषामा भएसँगै अन्य निर्माताले छिमेकी राष्ट्र भारतमा नेपाली चलचित्रको बजार विस्तार गर्न प्रयास गरिरहेका छन् ।
अभिनेता हुँदै निर्देशक बन्नुभएका सुरज पाण्डेले आफ्नो पहिलो निर्देशकीय चलचित्र ‘परस्त्री’ को प्रदर्शन हिन्दी भाषामा गरिने जानकारी दिए ।
“हामीले भारतमा बजार पाउन सक्यौँ भने हाम्रो निर्माणमा अझैँ भव्यता थप पाउनेछौँ । हामीले विदेशी भाषामा चलचित्र ल्याएर दर्शक बढाउने प्रयास र ‘ओभर दी टप’ (ओटिटी) प्लेटफर्ममा सम्भावना खोजिरहेका छौँ”, निर्देशक पाण्डेले भने।
आगामी असार १५ गतेबाट प्रदर्शनमा आउने चलचित्रमा कलाकार कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, अलिसा क्षेत्री, आशान्त शमाले अभिनय गरेका छन्।
विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक सङ्कटको कथावस्तुमा निर्माण भएको चलचित्रको प्राविधिक कार्य भारतकै मुम्बईमा भइरहेको छ । डीएस डिजिटलको ब्यानरमा निर्माण भएको सिनेमामा शर्मिला पाण्डे र दीपेन्द्र के खनालले निर्माणमा सहकार्य गरेका छन्।
हिन्दी भाषामा नेपाली चलचित्रले दर्शक पाएमा यहाँ निर्माणका लागि बजेट समेत भित्रिने वितरक करण श्रेष्ठको भनाइ छ । “हामी कहाँ हिन्दी भाषामा बन्ने चलचित्रको बजार राम्रो छ । यद्यपि भारतमा हामीले नेपाली चलचित्रलाई राम्रोसँग प्रदर्शन गर्न सकिरहेका छैनौँ । विस्तार भइरहेको प्रयाशले पक्कै एक दिन सफलता दिनेछ”, वितरक श्रेष्ठले भने।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: