चितवन । चितवनको इच्छाकामना गाउँपालिकामा दादुरा रोगविरुद्धको खोप दिन लागिएको छ । गाउँपालिकामा दादुराका बिरामी भेटिएसँगै खोप लगाउने तयारी थालिएको हो । इच्छाकामना गाउँपालिका वडा नं ६ मा दादुरा देखिएको हो । स्वास्थ्य कार्यालयका अधिकृत जयराम दुबाडीका अनुसार इच्छाकामना गाउँपालिकामा पाँच वर्ष र १२ वर्षका बालबालिकामा यो रोगको सङ्क्रमण देखिएको हो । सङ्क्रमण देखिएसँगै जेठको पहिलो साता खोप लगाउने तयारी गरिएको उनले जानकारी दिए । पूर्णखोप नलगाएका बालबालिकामा यो रोग देखिएको उनले बताए । उनीहरू जाने बिद्यालय, सम्पर्कमा आउने वा घुलमिल हुने समुदायमा दादुराविरुद्धको खोप लगाउन लागिएको हो ।
इच्छाकामनामा दादुरा रोगको सङ्क्रमण देखिएसँगै कालिका नगरपालिकाको पहाडी क्षेत्रमा समेत जोखिम हुनसक्ने भन्दै उच्च सतर्कताका लागि अध्ययन सुरु गरिएको कार्यालयले जनाएको छ । पिछडिएको र सीमान्तकृत बस्तीमा यो रोग देखिने गरेको छ । दादुरा निकै छिटो सर्ने सरुवा रोग हो । यो रोग सामन्यतया पाँच वर्षमुनिका बालबालिकालाई धेरै लाग्ने गरेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । मिजल्ड भाइरसका कारण सर्ने यो रोगले छिट्टै महामारीको रूप पनि लिनसक्ने उनले बताए ।
दादुरा रोग लाग्दा निमोनिया, झाडापखाला, जलवियोजन र कुपोषणको कारणले बिरामीको मृत्युसमेत हुनसक्ने कार्यालयले जनाएको छ । यो भाइरस मानिसबाट मानिसमा मात्र सर्दछ । यो भाइरस सङ्क्रमण भएको व्यक्तिको नाक तथा घाँटीमा रहेर वृद्धि हुने र श्वास नली एवं अरु भित्री अङ्गमा सङ्क्रमण गर्दछ । दादुरा रोग सङ्क्रमण भएका व्यक्तिले खोक्दा, हाछिउ गर्दा निस्कने छिटा एक व्यक्तिबाट अर्को व्यक्तिमा हावाको माध्यमबाट सर्दछ ।
ज्वरो आउनु र शरीरमा राता बिमीरा देखापर्नु दादुरा रोगका प्रमुख लक्षण हुन् । यसका साथै रुघाखोकी, नाकबाट पानी बग्ने, खोकी लाग्ने, आँखा रातो हुने, आँखा पाक्नेजस्ता लक्षण पनि देखिन सक्ने उनले बताए । रोगीको सम्पर्कमा आएको १०–१२ दिनपछि मात्र दादुराको लक्षण देखापर्ने गर्दछ । सङ्क्रमित व्यक्तिलाई चार दिन अगाडिदेखि र डाबर देखापरेको चार दिनपछिसम्म अर्को व्यक्तिमा सर्न सक्दछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक १ गते, २०८१ - १६:५६
काठमाडौं । नेपाल बार एशोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध सर्वोच्च अदालतमा दायर भएको अदालतको अवहेलना मुद्दामा कारण देखाउ आदेश जारी भएको छ । ...
कार्तिक १ गते, २०८१ - १६:४५
सिन्धुलीमाढी। बाढीपहिरोका कारण क्षतिग्रस्त बिपी राजमार्गअन्तर्गत सिन्धुली जिल्लामा पर्ने नेपालथोक–बर्षेखोला खण्डमा रातको समयमा सवारी सञ्चालन बन्द गरिए...
कार्तिक १ गते, २०८१ - १६:३८
काठमाडौँ । आइसिसी एक दिवसीय विश्वकप लिग–२ सिरिज खेल्न अमेरिका पुगेको नेपाली टोलीले सिरिजअघि अमेरिकासँग टी–२० क्रिकेट खेल्ने भएको छ । लिग–२ अघि नेपा...
कार्तिक १ गते, २०८१ - १६:३१
काठमाडौँ । शीर्ष तीन राजनीतिक दल शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन गठन हुने भनिएको सर्च कमिटीलाई तत्काल पूर्णता दिने विषयमा सहमत भएका छन्। बिह...
कार्तिक १ गते, २०८१ - १६:२६
काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनको मतदाता नामावली अद्यावधिक गर्न गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिको उक्त नागरिकता प्राप...
कार्तिक १ गते, २०८१ - १६:१४
पर्सा। मधेश आन्दोलनको क्रममा भएको वीरगन्ज भन्सार लक्षित धर्ना र भारतीय अघोषित नाकाबन्दीले वीरगन्जका दुईवटा भन्सार नाकाबाट हुने आयातमा निकै ठुलो सङ्कुच...
कार्तिक १ गते, २०८१ - १६:०४
काठमाडौँ । विहिबार नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ । आज नेप्से २.४७ अंकले बढेर २७४५. ३६ विन्दुमा बन्द भएको छ । आज कुल ३१६ कम्पनीका एक करोड ८...
कार्तिक १ गते, २०८१ - १५:५५
कोहलपुर। नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टी केन्द्रीय कार्यालय बनाउन जग्गा दान लिएको विषयलाई लिएर भ्रामक प्रचार नगर्न आग्रह गरेको छन् । बिही...
कार्तिक १ गते, २०८१ - १५:३८
काठमाडौँ । निर्वाचन आयोगले आगामी मङ्सिरमा हुने स्थानीय तहको उपनिर्वाचनमा महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेश गर्न राजनीतिक दलहरुलाई निर्देशन दिएक...
कार्तिक १ गते, २०८१ - १५:२९
बिहार। भारतको उत्तरी राज्य बिहारमा विषाक्त मदिरा सेवन गर्दा कम्तीमा २० जनाको मृत्यु भएको छ । बिहारको सिवान जिल्लाका एसपी अमितेश कुमारले बिहीबार दिएको ...
प्रतिकृया लेख्नुहोस्: